• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६३० - जगा जालसाजी

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२३ ८९

अभिलेख नं. ६३०/२०१०

रीट नं. २२५/८६९

नेपाल प्रधान न्यायालय डीभीजन बेञ्‍च

मुद्दा नं ८६९

मुद्दा: जगा जालसाजी


पश्चीं १ नं. न. ई गेरुवा गाऊ बस्ने वादी कमल बहादुर गुरुङ

पश्चीं १ नं. न. ई गेरुवा गाऊ वस्ने प्रतेवादी रण बहादुर गुरुङ स्मेत


इजलास


श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. वीयल

श्री मानीय न्यायाधीश भगवती प्रसाद सिं वी एस्सी वी यल

फैसला

वज्यै पुतलीले ७६।९।५ गते सेषपछीको वकसपत्र लेषी दीयेकी ९५।९६ साल के मा हो नीज वज्यै परलोक पछी नीजका ज्यूनीको वकसपत्रबाट मेरो हक भयेको भुसेस्थान भन्‍ने पाषो जगामा प्र रण बहादुरले षीचोला गरेकोले मेरो ऊजुर परेमा दाजु नर बहादुर स्मेतका लीषतवाट सो जगा मेरो हक भयेकोमा पनि कृष्ण बहादुरले मुदा गर्दा स्मेत मेरै ठहरी फैसला भयेकोले मेरै नाउमा दर्ता गरी भोगेको हुँ भन्‍ने नीज रण बहादुरको प्र वयां भयेको थाहा पायेकाले नालेस गरन आयेको छु तेस्तो नर हादुर स्मेतले जालसाजवाट गरेको ९७।२।२४ को लीषत १ कृष्णबहादुर र प्रतेवादी मिलेमतो भै गरायेको नं अं को ९७।३।८ को पर्चा १ र प्रतेवादीले चोरी दर्ता गरेको दर्ता स्मेत बदर गरी पाऊ भन्‍ने स्मेत वेहोराको कमलबहादुरको वादी रहेछ।

आमा  पुतली म संग वसी ९५ सालमा मरेवाट षर्च सवै मैले गरेकोमा सो षर्च भर्ना गर भनी बादीको वावु मेरो दाजु नर बहादुर स्मेतलाई भंदा आमाको ज्यूनी जगा तीमीले एकलौटी षानु षर्च पनी तीमीले नै गर्नु भनी ९७।२।२४ मा कागज गरी दीयेका र कृष्ण बहादुरले ऊजुर गर्दा पनी मेरै एकलौटी ठहरी फैसला भयेकोले स्मेत जालसाजबाट गरेको होइन भंने स्मेत वेहोराको रण बहादुर जीतबहादुरको प्रतेवादी रहेछ

कृष्ण बहादुरका नाउको ०६।७।९ को र नर बहादुरका नाउको ०६।८।४ को तामेली म्याद रहेछ।

बादी दावीको जगा १ साल प्र रण बहादुरका नाउमा दर्ता भयेको देखीयेको भोग दर्ता गरेको २ वर्ष भीत्र उजुर गर्न नसकी दान दातव्य १४ नं. ले म्याद नाघेपछी ऊजुर परेकोले इनै वी प्रतेवादीको जगा मुद्दा षारेज भयेको हुदा यो मुदा पनी षारेज हुने ठहर्छ भंने रा.का. देवानी पैलाको ०७।६।२० को फैसला रहेछ

 वकसपत्रवाट वादीको हक ठहरी आजै फैसला भयेको बादीका वावुका लीषतवाट वादीको हक जान नसक्ने भयेकाले प्र हरुले जालसाँज गरेको ठहर्छ भंने अपील दोश्रा फाटको ०८।१।२४ को फैसला रहेछ।

दान दातव्यका १४ जगापजनीको ३४ नं का म्याद भीत्रको उजुर नहुदा षारेज गर्ने गरेको सुरुको इन्साफ मनासीव छ भंने प्रधान न्यायालय तेश्रा फाटको ०९।३।२ को फैसला रहेछ

प्र.न्या. तेश्राले गरेको इन्साफमा चित्त बुझेन दोहराई पाउ भंने कमल बहादुरको वींतीपत्रमा मीसील झीकी इन्साफ जाँची अैं सवाल बमोजीं गर्नु भंने ०९।३।१२।४ को आदेस रहेछ

येस्मा उजुरवाला कमल बहादुर स्मेतलाई राषी पेस हुन आयेको बुझदा ईनै वादी प्रतेवादीहरुको जगा मुदामा वादीको दावी झुट्टा ठहरी आजै फैसला भयेको र म्याद नाघेपछिको यो ऊजुर हुदा इन्साफ प्रधान न्यायालय तेश्रा फाटले छीनेको मनासीव छ ईन्साफ दोहरायेमा वादी कमल बहादुरके सुरु कोर्ट फी मोरु १। को हाकीमका नाउमा कराउनेका ११ नं. वमवजीं सैक्रा १० ले मोरु ।१० थप डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु,

 

 

भगवती प्रसाद सिंह                                      हरिप्रसाद

 न्यायाधीश                                        प्रधान न्यायाधीश

इती संम्वत २०१० साल मार्ग २३ गते रोज ३ शुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563