• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६३२ - लेनदेन

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२३ १२८

अ.द.नं.६३२-२०१०,

दे न. २६४/२३८

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं. १३८

मुद्दा लेनदेन


अपीलाट प्रतेवादीले विष्णु कुमार श्रेष्ठ का.ई. गोफले टवल फसि गाऊ

विपक्ष वादी कृष्ण वदं रंजितकार्नी का.ई. जैसि देवल न्हगल बहाल


इजलास

श्री माननीय न्यायाधीस भैरवराज पंतो पाध्याय

फैसला

     यस्मा शंकरको घर विष्णु कुमारले १८०२ मा पास गरी भोग वंधकी लिएकोमा रु १६११ म बाट ली विष्णु कुमारले लख वंधकि दिएको वहाल र घर चलं गर्न नदिएकाले सुरकारमा दु:ख पुकार गर्दा वक्स भएका प्रमांगी बमोजीं घर चलं चलाई दिने भंने फैसला भएकाले दर्खास्त दिने विचार गरेको त यव फैसला नहुदै सो घर रामप्रसाद र विष्णुलालको लेनामा लिलां भै सकेको रहेछ सो लेनामा शंकरले छत्र कुमार भनी नाउ गरी लिलां कारबाई गरेको सेवकर्नीको लिखतमा शंकर श्रेष्ठ भंन्‍ने र कही छञ कुमारी भनी नाउ संम परक पारी थर वतं घर सबै मिलेको र नीज शंकर र विष्णुकुमार मिलेमतो गरी बसेको सरासेरे देखिएको र मेरो असामी विष्णु कुमार हुदा तंसुकको मीती ०५।७।३० गतेदेखि आजतकको सैक्रा १० ले हुने याज मव रु ३०४ । स्मेत जम्मा मोरु १९१५।– अब फैसला हुने दिन सम्मको व्याज हिसाव गरी भराइ पाएँ भन्‍ने समेत वादीकव विन्तीपत्र वयां रहेछ।

सो घर मैले भोग वंधकी ली वादीलाई लख सारी दिएको हफ शंकर संग मिली लिलां गराएको हैन रुपैयाको हक्मा रजिष्टेसं पास गर्दा असामी कायम गराई दी सकेकाले वादीको म उपर रुपैञा राई पाउ भंने दावी पुग्न नसक्ने भंने समेत प्र विष्णु कुमारको वयां रहेछ।

शंकर भंने र छत्र कुमारले सुर म्यादै गुजारी बसेको  रहेछ।

शंकर भंने छत्र कुमार भंने मानीस एकै देखिएको वादीले विष्णु कुमारबाट लिएको घर जो हो सो घर राम प्रसादका लेनामा उजुर परि विगो फाटवाट ०७।४।४ गते लिलां भै सुझानाथले लिएको मुचुल्का नक्कल बाट देखिएकव सो बमोजिं शंकर भंने छत्र कुमारले नगरेको भए म्यादमा हाजिर भै आफ्नु सफाई लिन सक्नु पर्नेमा सुरु म्यादै गुजारी बसेको विष्णु कुमारले वादीलाई लख वंधक दिदामा सावितै भएको धनी वादीले घर भोग गर्न नपाउदै लीलां भै सकेको कचा ठहरे आसामीले तिर्नु वेहोर्नु पर्ने कुरा लिखतको वेहोराबाट देखिनाले सावा र आज सम्मको व्याज स्मेत प्र विष्णु कुमारवाट वादीले भरि पाउने ठहर्छ भनि ०७।१२।२२ मा सदर जंगी कोतवालीले गरेको इन्साफ सदर गरी ०८।६।३० गते अपील दोश्रावाट फैसला भएको रहेछ।

यस्मा अपीलाट्ले विष्णु कुमारको वारेस र झिकाई आएकी वादी कृष्ण वदं रंजितकार्नी समेत राखी इन्साफतर्फ विचार गर्दा पैले वादीलाई लख वंधकी दिदा पनी  ले विष्णु कुमार शंकर भंने छत्र कुमार २ जना रोहबरमा भै लख वंधकि दीए देखिएको पछि नीजै २ जनाको सो कुरा गं गरी सोही लख बंधकी घर तायदातीमा पारी लिलां गराई वादीको थैली भुस्याउने कारबाई गरेको देखिनाले इन्साफ सुरु र अपीलका फैसलामा लेखिडाका बुँदा प्रमाणबाट सुरुको सदर गरेको अपीलको मनासिव छ विगो भराउने तर्फ मुख्य असामी शंकर श्रेष्ठ हुदा नीजको जेथाबाट उपर भए नीजैवाट र उपर नभएकोले विष्णु कुमारबाट उपर गरी भराई दिन स्मेत तपसिल बमोजीं गरी लगत दी मिसिल मिसल फाटमा बुझाई दिनु।

तपसिल

वादी प्रतेवादीलाई सजाय गर्नु पर्छकी भंनलाई कोर्ट फि लागी डायर भएको मुद्दा हुदा कसैलाई केही गर्नु परेन।

कोर्ट फि भराउने तर्फ इन्साफ मनासिव भएकाले केही गर्नु परेन।

वादी का.ई. जैसी देवल बस्ने कृष्ण वदं रंजितकार्नीके का.ई. गोफले पसि गाउ बस्ने ले. विष्णुकुमार श्रेष्ठबाट विगो मोरु १९९७।४७ रि पाउने ठहर्छ भनि सुरु स. जं. कोतवालीबाट ०७।१२।२२ गतेमा फैसला गरी ०८।१।१३ मा लग दिएको सोही इन्साफ सदर गरी फैसला भउका मिति तकको व्याज भनि ०८।६।३० तकको ब्याज मोरु ८४।१३ समेत सोही विगोमा थप गरी भराइ दिने भनि ०८।६।३० मा अपील दोश्राबाट फैसला गरी ०८।७।२९ गते लगत दिएको र हाल यस अ८बाट सो जम्मा विगो मो रु २०८१।६० र ०८।७।१ गते देखि आजतकको सावा मोरु १६११ को व्याज सैक्रा १० ले मोरु ३४५।३७।३ समेत जम्मा विगो मोरु २४२६।७।३ चौविस सय छविस रुपैया सन्तानब्बे पैसा तिन दां का य गोफले फसि गाए बस्ने शंकर भंने छत्र कुमार श्रेष्ठको जाएजात देखाई दंड सजाएका ३६ नं. का एनका म्याद ५ वर्ष भित्र नीज वादी कर्ष्ण बदंनीको दरखास्त परे प्रतेवादीलाई सजाय भउकाले केही ली वादीबाट भराएका धनको कवर्ट फि सवाल बमोजिं सैक्रा २।। दस्तुर ली भराई दिनु निज भंने छत्र कुमारबाट उपर भऐ जति का.ई. गोफले पसि गाउ बस्ने नीजैले विष्णु कुमार श्रेष्ठबाट लभराई दि भराएका धंको वादीबाट २।। दस्तुर लिन प्रतेवादीलाई दंड भएकाले केहि नली भराइ दिन भनि सदर जंगी कोतवाली अमीनी तहसिललाई पुर्जी गर्न अ.त. विगो  फाटमालगत दिनु ।

 

 

                                    

                                                न्यायाधीश

इति सम्वत २०१० साल मार्ग २३ गते रोज ३ शुभ्म्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563