निर्णय नं. ६३३ - जगा षीचोला
अ .नं 633/2010
नेपाल प्रधान न्यायालय डीभीजन बेञ्च
मुद्दा नं 131
मुद्दा जगा षीचोला
पश्ची -1 नं. नू इ. गेरुवा गाउ बस्ने वादी कमल वहादुर गुरुङ्ग
पश्चीं १ नं नु. ई गेरुवा गाउ वस्ने प्रतेवादी रण वहादुर गुरुङ्ग
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम. ए. वी एल
श्री माननीय न्यायाधीश भगवती प्रसाद सींह विएसी वीएल
फैसला
यसमा वज्यै पुतलीले 76/5/9 गते देवानी चौथा मार्फत मलाई सेष पछीको वक्स पत्र लेषीदी नीज बज्यैलाई मैले पाल ताल गरी ९६ सालमा वज्यै परलोक हुदा मैलेनै काज क्रृया गरी ज्युनी को रु ।४२ तीराको भ्रमे थान भंने पाषो जगा भोग गरी आयकोमा 04/3/6 गतेका दीन अन्याय वालाले कोदो रोपी खीचोला गरेकोले षीचोला मेटाइ पाउ भंने समेत कमल वहादुरको वादी वयां रहेछ ।
हामी दाजुभाई भीन्न हुदा भ्रमे थान भंने रु ।२० तीराको पाषो जगा आमा पुतली लाई ज्यूनी राखेको नीज आमा म संग वसेकी र ९५ साल कार्तिक २४ गते आमा परलोक भयेको दागवत्ती काज कृया षर्च स्मेत मैलेनै लगायेकोले वादीका वावु दाजु नरवहादुर स्मेतलाई सो खर्च भर्ना गर भंदा अंसको ज्यूनी जगा तीमीलेनै षाउ षर्च पनी तीमीले नै गर्नु भनी वादीको वावु नर वहादुर स्मेतले 97/2/24 मा मलाइ लीषत गरी दीएका र यसै जगामा माहिलो दाजुको छोरा कृष्ण बहादुरले उजुर गर्दा मेरै एकलौटी हक ठहरी 97/3/8/6 मा नुवाकोट अदालत वाट फैसला रहेछ ।
वादी दावीको जगा प्रतेवादीले एकलौटी षानु भनी वादीका वावु स्मेतले कागज गरी दियेको कृष्ण बहादुरले उजुर गर्दा पनि प्रतेवादी कै एकलौटी हक ठहराई नुवाकोट अदालतवाट पर्चा भएको दर्ता पनि प्रतेवादीकै नाउमा देखिएको दान दातवयका १४ नं वमोजीं म्याद भीत्र उजुर गर्न समेत नसकेकाले वादी दावी षारेज हुने ठहर्छ भंने रा का देवानी पैलाको ०७/2/20/6 को फैसला रहेछ ।
वादीले अडा साछी राषी वक्स पत्र पायेको सो बक्स पत्र वदर भयेको छ भंने प्रतेवादीले नसकेको वादीका वावुका लेषत वाट सो जगा प्रतेवादीले पाउछ भंन नहुने हुदा प्रतेवादीले वादीको जगामा षीचोला गरेको ठहर्छ भंने अपील दोश्रा फाँट को 08/1/24 को फैसला रहेछ ।
वादीका वावुहरुले गरीदीएको कागज सद्देनै ठहरी आजै फैसला भएको सरजींमी वेहोरावाट र कृष्ण वहादुर संगको ज्यूनी जगा मुद्दा वाट स्मेत जगा प्रतेवादीकै भंने देषीयेकाले इन्साफ सुरुको मनासीव छ भंने प्रधान न्यायालय तेस्रा फाँटको 09/3/2 को फैसला रहेछ ।
प्रधान नयायालय तेस्राले गरेको ईंसाफमा चीत्त वुझेन दोहराई पाउ भंने कमल वहादुरको वींतीपत्रमा मीसील झीकी ईन्साफ जाची अइन सवाल वमोजीं गर्नु भंने 09/3/12 को आदेस रहेछ
येसमा उजुरवाला कमल वहादुरलाई स्मेत राषी पेस हुन आय को वक्स दान दातव्यका १४ नं का अैं वमोजीं म्याद भीत्र उजुर नगरेकोले समेत इन्साफ प्रधान न्यायालय तेस्रा फाटको मनासीव छ इन्साफ दोहोरायमा वादी कमल वहादुरले सुरुकोर्टफी मो रु ।25 को हाकीं का नाउमा कराउनेका ११ नं वमोजीं सैक्रा १० ले मो रु २/२ थप डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा वुझाइ दीनु ।
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २०१० साल मार्ग २३ गते रोज ३ सुभम