निर्णय नं. ६३४ - जगा
अ नं 634/2010
नेपाल प्रधान न्यायालय फुल बेञ्च
ठा नं ११४८
उजुरवाला -का ई प्रतेवादी का ई ग्यानेश्वर वन्ने पीताम्वर प्रसाद १ पाध्या
विपक्ष – वादी का मखन तोल वस्ने तुल्सा देवी उपाध्यायनी मरी मुद्दा सकाट गर्ने का. नरदेवी वस्ने राम चन्द्र सर्मा
मुद्दा जगा
ईजलाल
श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए.वी.एल
श्री माननीय न्यायाधीस प्रदिप्त मान्यवर नेपाल तारा ले. ज प्रकाश सम्सेर जङ्ग वहादुर राणा
श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या––––––––––––––
श्री माननीय न्यायाधीस महेन्द्र वाहादुर महत क्षेत्री–––––––––––––
श्री माननीय न्यायाधीस भगवती प्रसाद सींह राजपुत वी. एस. सी .वी. एल–––––––––––
फैसला
यसमा मेरा वुढा ससुरा सीव दत्तका नाउमा दर्ता भएको का. मखनको कुस्को लगतमा दर्ता भयको हींचो पाखो ७।। स्मेत पा.वे लगत फाटमा दर्ता भयेको खसं सीव प्रसाद छंज्याल सम्म भोग गरी आयको ९३ सालमा खसं परलोक भयेपछी सोही चो पाखो ७।। को आयस्ता वाली नल्याइ वेपत्ता भयेकाले मेरा नाउमा नाऊसारी गरी वुझ्दा प्रतेवादीले षायेको के परिवन्दबाट खाई आयेको भनी सोध्दा नवतायेकोले लेखत भये लेखत खीची नभये वेसरोकार जगा खायेमा सजाय गरी पाऊ अैले सम्मको वालीमा दावी गर्दैन भन्ने मेरा वादीको वींती पत्र रहेछ ।
पा.बं. लगत फाटमा कस्का नाऊमा दर्ता भयेको थाहा छैन वादीको लोग्ने रवी प्रसाद पाध्याले ६८।१२।५ मा रु १२०१।ली मेरा वावु नारायण प्रसादलाई फार्छेगरी दीयेकाले वावुका सेषपछी भ. पु ठीमी अमल मधे हीचु पाखो भन्या खेत रोपनी ९।। मोही वरमान सीं लाई कमाउन दी वालीमा भोग गरी आयेको छु जगा वादीको लोग्ने मरेपछी नामसारी गरी देऊ भन्न जादा नाऊ सारी गरी नदी ऊजुर गरेको भन्ने स्मेत प्रतेवादी वयां रहेछ ।
प्रतेवादीले फार्छे पत्र वीष्णु प्रसाद संग छ भनी प्रमाण दीयेकोमा नीज ले मदेस पहाडको घरमा परेको हुनु पर्छ भनी दाषील नगरेकोले फार्छे बाट पायेको भन्न जीकीर पुग्दैन लेखत वेगर खायेको ठहर्छ भनी राजधानी काठमाण्डौ देवानी पैल्हा फाँटवाट ०६।७।२९।१ मा फैसला गरेको रहेछ ।
फार्छे पत्रको साछी मीत्रलाल वच्पना नन्द मरीसके भनी र रामनाथको घरद्वार पत्ता नलागेको भनी म्यादमा जनी आयकोले सो फार्छेमा भयेको कारणीको र साछी को सै छाप भीडाउन सवुद वादीले दीन नसकेकोले लेखत सद्दे ठहर्छ अलि फार्छे वमोजीं प्रतेवादीले दर्ता गराउन नसकी वादी तर्फ दर्ता भै राषेको दर्ता उतारवाट देषिएकोले कुस विर्ता विसय सदर हकदर खानाका नाऊमा भयेको ......08 वैसाख सुदी 6/4 का सनदका दफाको दफाको उतारवाट फार्छे कायम नभै वन्धकी सह्रनै थैली वुझायकोमा नीखंन पाउछ भनी वादीलाई र नीषन्न दिनु भनि प्रतेवाददीलाई सुनाइ दिने फार्छे भनेको अलि फार्छे लेषत देखी जालसाजी भनेपनी अंक घटी वढी गरे भंन जिकीर नलियेकाले लेषिय देखी वाहेक भन्नु पनी कीर्ते कीर्ते कागजका .......ले तजविजी रु ५ वादीलाई दंड गर्ने स्मेत ठहर्याई अपिल तेस्रावाट मा फैसला गरेको रहेछ ।
५८ सालका सनदको २ दफामा विर्ताको लिनु दिनु गर्दा पौता वन्दोवस्त अड्डाको कितावमा दाषेल खारेज नगरे दर्तावालाकै सदर हुन्छ भन्य लेषीयको प्रतेवादीले दाखेल खारेज गराउन नसकेको ८० सालमा सर्वे नापी हुदा इष्टीयार वमोजीं नीस्सा ली आफु जगामा हाजीर हुनुपर्नेमा हाजिर भै दर्ता गराइको नदेखीयको अरु को नाउमा दर्ता भएमा ऊजुर लाग्ने छैन भन्य ईष्टीयार भयेको त्यस पछी पनी 04/11/28 मा तुल्साका नाउमा र त्यसपछी वक्सपत्र वाला राम चन्द्रका नाउको 2005/8/8 मा नाऊसारी दर्ता गरायेको देषिन आयको सो कुनै दर्ता पनी प्रतेवादीले वदर गराउन नसकेकोले प्रतेवादी तर्फ कानूनी रीत को भोग चलं भयेको भनी संझन न्यायमा बाधा परेको अलि फार्छे सदरै ठहरेपनि साहु असामी का ३३ नं का २ दफाले फा अइन ले वंधकी सदरै हुनै नसक्ने थैलीतर्फ वादी प्रतेवादीको दावी नहुदा वीचार गर्न नपर्नेमा वंधकी ठहराई गल्ती गरेको र वादीको हक ठहरायको इन्साफ देवानी फैसलाको मनासीव ठहराई 08/11/5/1 मा न्यायालय तेस्रा फाटमा फैसला गरेको रहेछ ।
ऊजुरवाला प्रतेवादी पिताम्वर प्रसादको वारेस दिल्ली प्रसाद ले दीयका विंतीपत्रमा भयेका आदेस वमोजिं दायर भयको षो मुद्दामा उजुर वालाको वारेस भुमी नन्दलाई र झीकाइ आयको रामचन्द्रलाई समेत राषीनु भन्दाः-
प्रतेवादीले जगा खाइ आयेको देखियेकाले के परिवन्दवाट खाई आयको भनी सोदा वतायन भन्ये वादीकै लेषाइ भयेको प्रतेवादीको वारेसले सर्भेको श्रेष्टा बुझीपाँउ भनी दिएका दरखास्त वमोजिं गोश्वारा तहशील वुझ्दा भन्दा आयको श्रेस्तावाट हीचो पाखो साविक खेत ।38 मा वंधकी माखा तारा प्रसाद भन्ने स्मेत लेखियको सर्भै को श्रेस्ता वाट देखियेका वादीको लोग्ने रवि प्रसादले गरी दियेको अलिफार्छे को लेखत पेस हुन आएकोले वेरीत संग भोग गरेको भंन नहुने भै जगा प्रतेवादी कै कायं गर्न अली फार्छे वमोजीं दाखेल खारेज गराइ लीन भक्तपुर शर्भेमा सो अली फार्छे देखाइ आफ्नो नाऊमा नापी दर्ता गराउन नसकी वंधकीमा खाएको भंन्य जनिएकाले सनद सवाल इष्टीयार वमोजिं रीत पुर्र्याइ दर्ता स्मेत नभयेका अली फर्छे वाट जगा प्रतेवादीकै सदर मान्न नहुने हुनाले हुनाले थैली तिरी निषंन पाउने प्रतेवादी कै सदर मान्न नहुने हुनाले थैली तिरी निषंन पाउने ठहरायको इन्साफ अपील तेस्रा फाटको मनासिव भएको श्रेष्तामा वंधकी जनियको जगा फार्छे भनि जिकिर लिएको प्रतेवादी वयांवाट वादीलाई भराइ दिने गरेको सदरै छ नापीका श्रेस्तावाट समेत जगा वंधकी ठहर्न आयकोले दोहोरायमा ऊजुरवालालाई दंड गर्न पर्दैन पछी बुझीयेका प्रमाण वाट वंधकी कायं भै केही उल्टी भयेको हुदा प्रधान न्यायालय तेस्रा फाटलाई जरिवाना नगर्नु ।
न्यायाधीस न्यायाधीस न्यायाधीस न्यायाधीस प्रधान न्यायाधीस
इति सम्वत् २०१० साल मार्ग २४ गते रोज ४ शुभम्