• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६३५ - जगा खीचोला

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/१५ १०४

अ.द.नं.६३५-२०१०,

दे न. ४५१/३८९

 नेपाल प्रधान न्यायालय डीवीजन बेञ्‍च

दा.नं. ३८९


अपीलट भ.पु ई कटुंज्ये बस्ने वा वी रीखीराम उपाध्याय

विपक्षी भ.पु. तीखाचो टोल वस्ने  हर्ष भुजु श्रेष्ठ


मुद्दा जगा खीचोला

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एमए वी एल

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्रृ

फैसला

यस्मा विचारी ढकना तीमी ज्सीना वगे वीर्ता कंमु वर्णपुर मौजाको चुरी भंने पानी खेत रोपनी ३। को साल्को धां.६। गहुँ ।१५ कुत बुजाइ आयाको ०३ साल कार्तिक २९ गते ढकनालालले मलाई डाकी खेत हर्षलाललाई विक्री गरे भनेको ०३ साल मार्गमा ढकनालाल परलोक भयेकोले २००४ साल जेष्ठमा गहुँको कुत बुझाई टिपं कागज गरी देउ भनि हर्षलाललाई भंदा धांको कुत बुझने पछी एकै पटक रसिद दीउला भनेको र मेरो कवुलीयत गराई लिदा घर फर्की आएको मौका गाउके कृस्न बहादुरले तंलसींको कुत बाहेक धां मुरि छोपा दिन्छु मलाई कमाउन देउ भनेकाले नीजलाई कमाउन दीयेको र ४ सालका धां बी हर्ष लाललाई नीज मार्फत बुझाउन पठाएकोमा धां झी लीयो रसीद दिने चलं छैन भन्यो भनी मलाई धान मुरि ३। छोपा ल्याइ दियेकोबाट ०५ साल्को गहु बाली सम्म मगनी वालबाट बुझाई ०५ सालको धां बाली लगाउन जगा छाडी देउ भंदा तलंसींले नै जगा कमाउ भनेकाले जगा छाड्दीन भनी कृष्नबहादुरले भनी जगा खिचोला गरेकाले खीचोला मेटाई तीरो भरव गरी मोहीमा भै खान पाउ भंने ०५।३।२२ को रीषीरायको वादी रहेछ।

भ.पु. अबाट बुझेको

वादी रिखीरामको दाखिल गरेको ०२।७।२२।४ को र ०३।७।२१।१ को सक्‍‍‍‍‍‍कल भर्पाई थां २ र राजीनामा नक्‍‍‍‍‍‍कल थां १ स्मेत थां ३ वादी प्रतिवादीलाई सुनाएको रहेछ।

वादीले दाखील गरेको रसीद थां २ राजिनामा नक्‍‍‍‍‍‍कल १ स्मेत थां ३ जालसाजी कीर्ते हो सजाये गरी पाऊ भंने प्रहर्षलालको ०५।९।२१ को वयां रहेछ।

मैले दाखिल गरेको कागज थां ३ जालसाजी कृते होइन सद्दे साचव हो भंने वादी रीखी रामको वा लक्ष्मीकान्त ०५।९।२१ को वयां रहेछ।

 बीर्ता जगा वी. ढकनालालले प्र हर्षलाललाई फार्छा गरी दि सकेपछी मोहीयानीहरु देखाई मोही गराऊनाका लागी जालसाजी गरी राखेको पछी हर्षलाललाई झुक्याई कागज गराएमा नाले परी प्रतेवादी गुजार्न नपाऊने ढकनालाल मरीसकेको र मुद्दामा पैरवी गरि मागदीनु भनी नीजैको स्वास्नी शुभद्रास्मेतले कायलनामा गरी दिये पछी सो कागजस्मेतका जरीया च्याती फटाली दिनु पर्ने उसतर्फ .................... उसतर्फका जरिया बाकी नै राखी जालसाजबाट बादीलाई ऊठाई उठी जालसाजी लेखत ली झुट्टै ऊजुर गरेको ठहर्छ भंन्ये भक्तपुर अदालतको ०६।७।१९ को फैसला रहेछ।

सुभद्रा स्मेतले ०३।९।२२ मा गरी दीयेको कागज प्र हर्षलालले अपीलमा दाखिल गरेको लेखत वादी प्रतिवादीलाई र कारणी सुभद्रा लेखक अन्तर साछी स्मेतलाई सुनायेको रहेछ। मोहीमा हक छोडी राजीनामा गरी नदियेका कुरामा साछी देखीयो दीयाका वा ढकना लालको स्वास्नी छोरा र प्र हर्षलालको मेल मिलाप भै अघीको मिति पारी लेखत खडा गरी खिचोला गरेका ०३ सालको मिति पारी पाछि प्रमाण खडा गर्नाका लागी जालसाज गरी ल्यायेमा सजाय गरी पाउ भन्ये रीखीरामको वा मेघ राजको ०७।८।२४ को वयां रहेछ।

बादी जिकिर बमोजिं सुभद्रा स्मेत भै जालसाजी कृते गरेको होइन कुत घटाई मोही यानी हात पारौला भंन्‍ये झुट्टा उजुर गरेको सो कागज मौकामा भयेको भंन्ये स्मेत प्र हर्षलालका ०७।८।१४।४ को बयां रहेछ।

वा ढकनालालले प्र. हर्षलाललाई झुक्याई कागज गरायेम ढकनालाल स्मेत उपर हर्षलालो भ.पु. अ.मा नालेस परी वी. ढकनालाल मरेको हुदामा भीडन सक्तैनौ भनी हर्षलालसंग भंदा फार्छामा मोही केही नखुलेकोले अर्को कागज गरी देऊ भनेबाट कागज गरी दीन केही बाधा नदेखी सो कागज बालकृष्नले लेखी हामी साछीले सो कागजमा सही गरेको सद्दे साचो हो कृते जालसाजी होइन भंन्ये वी ढकनालालका छोरा मीनलाल स्मेतको वा इन्द्रराज पाध्याको वयां रहेछ।

७।८ बर्ष भो वादी दावीको जगा रीखी रामलाई कमाउन दीयेको पछी सो जगा हामीलाई नै देउ भनेको दीयेन पछी वी ढकना हाल परलोक हुनु भये पछी येउटा कारणले नालेस गरेको मंसाये पुगेन पाईले प्रतिवादी दिनु पर्दैन जो परेको म गरुला भनी हर्षलालले भनेवाट चुपलागी बसेको क६ज्ये छोडी फलटोलमा गै बसेको श्रावणमा मा जग हामीलाई नै कमाउन दिने कुरामा त्ये येऊटा कागज  गरी दिनु पर्‍यो भनी सौतेनी छोराहरुले भंन आयेवाट लेखी ल्यायेको कागजमा स्ही छाप गरी दीञ्येको निजको कागज यही रहेछ ०३ सालको मीती हाली म स्वास्नी मानीसलाई झुक्याई स्ही छाप गरायेका रहेछन झुक्यायेमा सजाये गरी पाऊँ भन्ये सुभद्रा तिमिल्सिनाको ०७।११।१।२ को वयां रहेछ।

साविक वीर्तावारको स्वास्नी सुभद्राले प्रतेवादीलाई कागज गरी दीयेको भनेको ०३।९।२२ को लेखत झुक्याई गरायेको भन्ये सुभद्रा खुसी राजीसंग गरी दियाको भंन्ये निजको सौतेनी छोराहरुको बयां भएको साचै झुक्याई गरायको भये मौकै ऊजुर हुनुपर्ने सो नभै नीजहरुको वयां बाझीयको   म्यादै नाघी सकेको त्यस्तो कुराका भरले झुक्याई गराएको रहेछ भन्ये मुनासीव नभै लेखक र अन्तर साछी स्मेतको सद्दे साचो भनेकाले सव लेखत साचै भन्‍नु पपर्ने हुनाले वादीको दावी झुट्टा ठहरायको भ.पु. अदालतको इन्साफ मुनासीव ठहर्छ भंन्ये अपील पैल्हाको ०७।१२।२८। ४ को फैसला रहेछ।

म मोही ठहर्दैन भनि भक्तपुर अदालतको इन्साफ सदर गरी अपील पैल्हाले पैसला गरेको चित्त बुझेन भनी अपील पैल्हा उपर वादीको उजुर परी इन्साफ जाचीन आएको यो मुद्दा उजुरवाला स्मेतलाई राखी छलफल गर्दा २ वर्षको रसीद सीवाय वादी मोही भयाको कबुलीयत दोहोरी स्मेत अरु कुनै सवुद गुजार्न नसकेको सबुद वेगर २ वर्षको रसीदको भर्ले मात्र वादी मोही ठहराउनलाई जगा पटाछर्या ली सकेपछि ढकनलालसंग मीली गराई लीन सक्ने हुनाले इन्साफ सुरुको सदर गरी अपीलले छीनेको मुनासीव छ भन्ये प्रधान न्यायलय पैल्हाले ०८।४।११ मा फैसला गरेको रहेछ।

यन्साफ जाची पाउ भंन्ये स्मेत वेहोराको रीखीरामको वा मेघराजको वीन्तीपत्रमा इन्साफ जाच्ने वेहोराको श्री माननीय प्रधान न्यायाधीसका ०८।६।५।६ को आदेश भै झुट्टा दायर भयेको रहेछ। यो मुदा डीवीजं बेञ्चमा पेस हुदा वी ढकनालालले ०३।५।१४ गते रजिष्टेसन पास गरी दीयाको पत्तरली पत्तली आऊनु भनी प्र. हर्ष लाललाई जीकाउनु भन्ये १०।७।१३। ५ को आदेश रहेछ।

     यस्मा दुवैथर झगडीया राखि पेस हुन आयेको यो मुद्दा बुझदा १ वर्षको रसिद सीवाय षासै मोहीमा भयेको कबुलियत दवहवरी स्मेत कुने सबुद गुजार्न नसकेको सवुद वेगर १ वर्षको रसीदको भर्ले मात्र वादी मोही ठहराऊनलाई जगा विक्रि भै सकेपछी पनी वी ढकनालालसंग मीली त्यस्तो रसीद लीन सक्ने हुनाले ईन्साफ सुरुको सदर गरी अपीलले छीनेको मुनासीव छ मुद्दा दोहरायेमा वादी भ.पु.कटुंञ्‍ये बस्ने रीखीराम उपाध्याय के सुरु कोर्ट फी मोरु ५।– पाँच रुपैञ्या दंड हुन्छ वारेस रहेको हुदा असुल गर्नु भनी अ.त.दे.लगत दिने र यो मीसील अत मीसील फाटमा बुझाई दीनु।

 

 

           न्यायाधीस                               प्रधां न्यायाधीस

ईती सम्वत् २०१० साल मार्ग १५ गते रोज ५ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563