• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६३६ - जगा

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२८ १०१

अ नं 636/2010

514/423

नेपाल प्रधान न्यालय फुल बेञ्च

मुद्दा नं. 423

मुद्दा- जगा


जी- मोरङ प्र. लहरमट्टा मौजे बैखना बस्ने बादी गुछुवा धीमाल मरी सकार गर्ने मेचीलाल भीमाल

जी- मोरङ लहर भट्टा मौजे बैरबना बस्ने प्र.तारो धीमाल मटी सकार गर्ने कौवा धीमाल


ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ऐ बीयेल–––––––––––

श्री माननीय न्यायाधीश भैरवराज पंत

श्री माननीय न्यायधीश प्रदीप्त मान्यवर नेपाल तारा ले. ज. प्रकाश सम्सेर ज. व. रा.

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह वि. एस. सि. वी येल

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत छेत्री

फैसला

    येसमा अन्यायवालाको  आमा मेरो बावु संग पोइल आउदा नीज 12/13 वर्ष को भयेकाले नीज आमासंग साथ लागी आयेको बावुका नाउमा दर्ता भयेको बैरबनाको जगा वीगाहा 25।1।।।।1 अन्यायवालाले ७० सालमा आफ्ना नाउमा दर्ता गरेको रहेछ म नावालक छदै बाबु मरेकाले पछी  गाउ घरका मानीसले सो कुरा भनेवाट थाहा पाइ सो जगा मेरा नाउमा दाषील  दर्ता गरी देउ भंदा गरी नदीयेकाले पंच भलादमी राषी पंचायती गरायेमा सो जगा मध्यवाट जगा वीगाहा १२।१।।।३ नीजले मलाई दीने वाँकी नीजले षाने गरी ८८ सालमा पंच ले मीलायकाले सो बमोजींम भोग गरेमा मेरा जगाको वाली अन्याये वालाले चराइ दीदा ९२ सालमा मेरो नालेस परेकोमा अन्याये वालाले म वाट उल्टो ३ वीगाहा जगा ली वीसयेको मुदा डीसमीस गरी ९।१।।।३ जगा मैले भोगी आएकोमा ९४ सालमा वाली लगाउन नदी षीचलो गरेकाले खीचोला भेटाई पाउ भंने समेत गछुवा धीमालको बादी रहेछ ।

 वादी दावीको जगा बादीका बाबुका नाउमा  दर्ता भये पनी मालपोत वाँकी राषेवांट जीमीदारले ६५ साल देषी मलाई गछाई दीयेकाले ७० सालमा दर्ता गरी भोगी आयेकोमा यो  वादीका बावु मरी दुष पायेकोले सो मध्ये आधी जगाको पोत तीरी पाउ जगा मलाई  चाहीएको वषत छाडी दिनु भनी दीदाको ९२ सालमा सो जगा मैले वापस माग्दा म उपर  चरी चराउ मुद्दा दीयेता पनी  डीसमीस गरायेको छ सो जगा मेरै हुदा बादी झुट्टा हो भंने स्मेत तारो धीमालको प्रतीउत्तर रहेछ ७० साल देषी प्रतेवादीले दर्ता गरी भोगेमा बादी सावीत भयेको चरी चराउ मुद्दा डीसमीस गरायेको प्रतेवादीका लीषत वेगर नीजको नाउको जगा बादीको हुन्छ भंन नहुने हुनाले बादी दावी झुटा ठहर्छ भंने बीराटनगर अमीनीको 94।12।29 को फैसला रहेछ ।

  साविक दर्तावालाको हक छुटेको लीषत नभयेकाले अमिनीको इन्साफ मनासीव छ भन्ने वीराटनगर गोश्वाराको 95/2/17 को फैसला रहेछ ।

वादी दावीको जगा बादीका बावुको होईन भंन प्रतेवादीले नसकेको दर्तावालाको हक छुटेको लीषत नभयेको भंनालाई श्रेस्तामा दाखेल षारेज भयेको र मालपोत बुझायको जीमीदार पटवारीका भनाईबाट देषीयेको नीजका मंजुरी वेगर दाषील षारेज गरेको भये म्याद भीत्र उजुर गर्न सक्नु पर्ने जगा बादीको भोगमा भयेमा प्रतेवादी सावीतै भयेको मगनीको लीषत छ भंन नसकेकोले बादी दावी वमोजीं षीचोला गरेको ठहर्छ भंने भारादारी दोश्रा फाटको 95/10/3 को  जाहेरी फैसलामा  ९५ साल माघ ११ गते श्री कमांडर इन चीफबाट तोक सदर भयेको रहेछ ।

भारदारी दोस्राले छिनेको चीत्त वुझेन ईन्साफ दोहराई पाउ भंने कौवा धीमालको वींती पत्रमा यो मुदा जाहेर गर्नु भंने 04/6/27  को हुकुं प्रमागी रहेछ ।––––––

   यसमा उजुरवालाको वारेस राम वहादुर लाई स्मेत राषी पेस हुन आयेको बुझ्दा बादी दावीको जगा 92 साल देषी बादीले नै भोग गरी आयेकोमा प्रतेवादी सावीतै देषीयेकाले स्मेत भारादारी दोश्राले जगा बादीकै ठहराई जाहेर गरेकोमा 95/10/11  मा श्री कमांडर ईन चीफ बाट सदर भयेको ईनसाफ मनासीव छ ईन्साफ दीहरायेमा उजुरवाला कौवा धीमालके नीजलाई सुरु भारादारी दोश्रा फाटले गर्ने गरेको डंड कं रु 29।।3।। को हाकींका नाउमा कराउनेका ११ नं वमोजीं सैक्रा १० ले कं रु 2।।।3।। थप डंड हुन्छ वारेस हुदा अइन बमोजीं असुल गर्न तहसीलमा लगत दी मीसील फाटमा बुझाइदीनु ।

 

न्यायाधीश            न्यायाधीश           न्यायाधीश              प्रधान न्यायाधीश

इती सम्वत २०१० साल मार्ग २८ गते रोज १ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563