• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६३७ - ठेका विगो दीलाई पाउ

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२८ १६६

637/2010

140/6816

नेपाल प्रधान न्यायालय फुल बेञ्च

तो नं 6816

मुदा ठेका विगो दीलाई पाउ

निवेदक- का.ई गैरी धारा शान्ती उपाध्याय

विपक्ष- का .ई कमल पोखरी बस्ने हरेराम नीकेतन वस्ने नरेन्द्र मणि आचार्य दिक्षीत प्रतेवादी

इजलास

श्री माननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम ए  वि. एल

श्री माननीय न्यायाधिस प्रदीप्त मान्यवर नेपाल तारा ले ज. प्रकाश सम्सेर जंग बहादुर राणा

श्री माननीय न्यायाधिस भैरवराज पन्तो पाध्याय

श्री माननीय न्यायाधिस महेन्द्र बाहादुर महत  छेत्री

श्री माननीय न्यायाधिस भगवतीप्रसाद सिंह विएस. सी  वि. एल

आदेश

    यसमा फीरादीले आफु फीरादको प्रतेवादी नेपाल सारकार लाई गराई नालेस दर्ता गर्न आएको छु भनि सर्कार उपरको दावीको विवरण मात्र दीयेको सो मुदाको विषय संग मेरो व्याक्तीगत सम्पर्क केही नभयेको औ फिराद वालाले मेरो व्याक्तिगत संपर्कको कुरा केही देखाउन नसकेकोले मेरो सर्कारी नोकरी राजीनामा भै सकेकोले सो नालेस देर्ता भएका अवस्था मेरो बाहाल टुटी सकेकोले फिरादको मेरा उपर नालेस लागनै नसक्ने मेरो व्यायक्तीगत नाममा नालेस दर्ता गर्ने गराउने लाई उचित कारवाही गरी पाउ भंने स्मेत नरेन्द्र मणिको रहेछ ।

     सो निवेदनपत्र पेस हुदा भएको आदेस वमोजीं वुझीयकोमा वुटौल मटर सभींस होत्री सालोका मैले लीयेकोमा सो मोटर टीप वाट नेपाल सर्कारका आदेश बाट भारतीय घाइते मेलेटरी ज्वांहरु वसारेको भाडा दां नपायेकोले नेपाल सरकार स्मेत जोबाट पाउने  ठहर्छ पाउ भंनेस्मेत ठे हरेरामको नालेस सर्कार प्रतेवादी गराई विभागीय सेक्रेटरीका नाउमा रीतपूर्वकको नालेस दीये लीदीनु भंने डीभीजन बेञ्चका आदेस अनुसार नालेस दर्ता भै वाडफाड भै अपील दोश्रा फाटमा परेको देखीन्छ भन्ने सो अडाको ज्वाफ रहेछ ।

विभागीय सेक्रेटरीका नाउमा रीत पुर्वकको नालेस दीये लीदीनु भन्ने डीभीजन बेञ्चका आदेसानुसार नालेस दर्ता भयेको भन्ने अपील श्रेस्ताले ज्वाफ दीयेकाले बेहोरा साचो भए सरकार प्रतेवादी गराई मुदा चलाउने जनताले अधिकार पाएको कलममा नालीस दीदा लीदा सर्कार मार्फत जुन विभागको हो उसै विभागका सेक्रेटरीले आफै अथवा एटर्नि जनरल द्वारा जवाफदेहि पुर्पक्ष गर्नुपर्ने हुनाले यो नालेसमा सेक्रेटरी वाट राजीनामा गरी  सक्नु भएको हाल सरकारी काममा बाहाल नरहेका  का नाउको नालेस भएकाले त्यस्तो बेरीतको नालेस ली कारवाई गर्नु अडाको गल्ती देखीएकोले उजुर गर्नुपर्छ भनि बादीलाई जनाउदी श्व नालेस खारेज गरी अैन सवाल अघिको आदेश बमोजीं गर्नु ।

 

 

न्यायाधिस      न्यायाधिस        न्यायाधिस          न्यायाधिस            प्रधान न्यायाधीस

सम्वत २०१० साल मार्ग २८ गते रोज १ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563