निर्णय नं. २५ - खानगी वालीपुर्जा आयेस्ता
नेपाल प्रधान न्यायलय सींगल बेञ्च
अ.नं. ७५६
मुदा खानगी वालीपुर्जा आयेस्ता
अपिलाट्- प्रतेवादी
धर्मसङकर श्रेष्ठ साख चलाखु टोल
विपक्ष- वादी
मु चक्रबहादुर कर्माचार्य काई कोहीटी
इजलास
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्री
फैसला
येस्मा साखु श्री माधवनारायणको चलं चाल साधु माल चलाउनु पर्ने सावीकबमोजिं यो सीव रात्रीमा साखुको लांमासर्या हुगी जगे गना केस्मेत जोगी प्रोको जलाई भै चलाई आयेकोले यो साल कांचलाउनु भनी श्री ५ गुठी बन्दोवस्तबाट मलाई पुर्जा गरी दीयेकाले २००५ सालको वाली धांमुरी ३।३ घ्यु १। दछीना मो रु २ स्मेत येस अडाबाट कोबाट दीलाई दीनुपर्ने हो सावीकस्मेत बुझीपाउँ र २००६ सालको हकमा यती मैले धर्म संकारबाट पाउनुपर्नेमा मोरु ३० मात्र पायेकोले अव सो दुवै सालको जींसीनै पाऊँ जींसी पाउदीन भने बजारमा चलेको मोरु १ को धां ।१।२ ले रुपैञा पाउ भंने उजुरी वयां।
सोमा भवनारायणको २००५ सालको कां चलाउन सक्दीन भनी सावीक ठेकेदारले राजीनामा गरी छाडेकाले आज देखि चलाउन पर्ने चलाउनु चलाउन नीमीत्त अडाबाट वाली आयेस्ता सबै उठाई नपुग भये ठेकदारबाट या नीकासा गर्नुपर्ने भये नीकासास्मेत गराई दीने कां रोका हुन नपाउने गरी अडाबाट दीलाईदिने भनी वाहालीपुर्जा गरीदीयेको सो बमोजीं नगरी दियाकाले सो बमोजीं गरीपाऊँ ६ सालका हकमा दसै पर्वस्मेत गरीसकी चतुर्थीका दीं लेखियाबमोजिं धाको उजुरवाला मंजुरी बमोजीं जींसी वा नगदी बुझाउने चलं भयेको हुदा ३० रुपैयाँ दीयेको हुँ वाकी दशै पर्व चतुर्थीका दींमा दीनेछु भंने नाइके धर्म संकरको वयां रहेछ।
माधवनारायणको गुठी कां चलाउन मैलेपायेको धर्मसंकर स्मेतबाट कां चलाउनु पर्ने नीजहरुले नगरी दीयेकाले यसै मोहीबाट उठायेको र उठाउन बाँकीको फाट गुठीमा दी सकेको छ मेरै मो
रु ४० बडी परेको हुन्छभने मैलाई फिर्ता पाऊँ भन्नेस्मेत ठेकेदार कृष्णबाहादुरको वयां।
कर्माचार्यके खानगीवाली यती भंने गुठी तहसिलका जपवाफबाट नदेखियेको गुठीयार नाइके धर्मसंकरले उजुरीबमोजिं दिनुपर्ने र दियेको हो भनेको २००५ सालको बाली अडाबाट उठाएको र ठेकदारले उठायेको निजै गुठियारहरुलाई बुझाई दी सकेको भर्पाईबाट देखीयेको वाकी वाली मोही सँग असुल तहसिल गरी दिनु भनी गुठियार नाइके धर्मसंङकरको नाउमा जनाउपुर्जी गरी दीने निज धर्मसंङकरबाट लिनुपर्ने लीनु भनी उजुरवालालाई सुनाईदिने ठहराई श्री ५ सरकार र गुठी वंदोवस्तबाट पर्चा भयाको रहेछ।
अपिलाट मु. चक्रबहादुरले कां गरेको छैन भंनेकुरा मिसिलबाट नदेखियाको र कां गरेपछि ज्याला सरहको खांगी पाउदैन भंननहुने हुँदा अडाबाट खटाई पठायेको बाली लीनु भनी मनाउन इन्साफ नपर्नेहुँदा विगो रु ७६।८५ धर्मसंङकरबाट भराउने ठहराई अपील दोश्राले फैसला गरेको रहेछ।
अपील दोश्राले गरेको इन्साफ चित्त बुझेन भंने धर्मसंकरको अपिल परेबाट निर्णयलाई पेशहुन आयेको येस मुद्दामा अपिल फैसलामा लेखीयेका बुदाप्रमाणबाटस्मेत इन्साफ अपिलको मनासीव ठहर्छ । इन्साफ पारी छींने हाकीं उपर अपिल गरेवापत सुरु अपीलले डण्ड नगरेकाले हा.का.१० ले तजवीज मोरु १ डण्ड हुन्छ रुजु हुँदा लगत दीनु
महेन्द्रबहादुर महत
न्यायधीश
इति संवत २०१० साल बैसाक २३ गते रोज ३ शुभम्