निर्णय नं. २६ - अंस
अभिलेख दर्ता नं.२6/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.18/710 नि.नं.........
नेपाल प्रधान न्यालय सींगल बेञ्च
मु.नं.७१०
मुदा अंस
वादी : हंसी तेलीनी जी. म. प्र. रेखा लोहार
वारेस पौन्डेन प्रतेवादी ऐं ऐं बस्ने विसुनी १
प्रभु साहु १, पुरन साहु १, राम रती १ सोनीया तेली १
इजलास
श्री माननीय न्यायाधीश महेन्द्रबाहादुर महत छेत्री
फैसला
यस्मा लोगने जेठाजु सासु ससुरा मरेपछी भतीजा हरुले मलाई पुरा अंस जेठा नदी ९ विगा चानचुन जीउनी दि छकाई झुक्याई ९५।८।७ गते अंशको लेषत पास गरी लीये जीउनी मलाई दीयेको जगा पनी भोग गर्न नदी दर्ता पनी नीजैहरुले गरे म वृद्ध म अरकाकोमा वसी मागी षान परेकोले जीउनी जगा दर्ता भोग हुन नदीयेको भये अैं बमोजीं गरी प्रतेवादीहरुवाट फाट ली ४ भागमा १ भाग अर्थात् १ भाग अंस चलं गरी पाऊ भंने स्मेत हंसी तेलीनीको फीराद प्रमादी वमोजीं वयान रहेछ ।
वादी अंसीयार हुं वादीका मन्जुरी भनाई वमोजीं वादीलाई ९।। वीगा जगा जीऊनी र अरु हामी ३ अंसीयारका सन्तानले अंस वंडा गरी ९५ सालमा पास भयेको हो वादीले जीऊनी पायेको जगा स्मेत बाकी रहे तीमीहरुले वाडी खानु भंने वंडापत्रमा वोली परेको हुनाले मेरो सगोलको नाती रामसरन राम रतनका नाऊमा र भगवे विसुनीका नाऊमा दर्ता भएको छ स्व जगाको मालपोत वादीवाट ली उठाई दीने गरेको छ स्व जगाको आयस्ता भोग वादीकै छ आयेस्ताले षान लाउंन दान पुन्ने गर्न पुगछ छोरी पटीको नाती खुवाउंन झुठा उजुर गरेको हो भंने स्मेत प्रतेवादी पुरन र जीउंनी जगा वादीले भोग गरेकी छं वादीले स्व ज्युनी जगा मेरा नाउंमा दर्ता गरी देउं भनेकी मैले दर्ता गर्न मंजुर गरेपनी पुरनले दर्ता गरी दीन मंजुर नगरेवाट झुठा ऊजुर गरेकी भंने स्मेत पुरनको मीलान विसुनी राम रती सोनीया तेलीको वयान रहेछ ।
जीउंनी जगा वादीले वन्दोवस्त गरी आयेस्ता षाई आएको छ झुक्याई वंडा गरेको हैन भंने प्रतेवादी पुरनको साछीको वकपत्र र ९५।८।७ पास भयेको वंडा पत्रको नकल मीसील सामेल रहेछ । जीउंनी भनी वादीलाई दीयेको जगा प्रतेवादीहरुले भोग तीरो गरेको दर्ता गरेकोले जीउंनी लीयेको भये र अंस वंडाको ४६ नलागने भै दावी बमोजीं । चार आना अंस वादीले पाउंने ठहर्छ भंने जलेस्वर अमीनीले ०७।११।१९ गते फैसला गरेको रहेछ ।
अमीनीले गरेको ईनसाफमा चीत्त वुझेन भंने प्रतेवादी पुरनको अपील परेमा जीउंनी अंस वंडापत्र षडा भै रजीष्टेसन पस भै हाल मात्र वादीको उंजुर परेको हुनाले जीउंनी ९।। वीगा जगा वाहेक अरुमा दावा नपुगने भै ।आना अंस पाउंने गरी अमीनीले गल्ती ईनसाफ गरेको ठहर्छ भनी महुत्तरी अपील का.हा. सुधा सीं वस्नेतको ०८।३।२८ गते फैसला गरेको रहेछ ।
जीउनी रहेको जगा प्रतेवादीका नाउंमा दर्ता राषने सर्त पनी वंडापत्रमा नभयको जीउंनी जगाको आयेस्ता र चलं गरेको सवुद प्रतेवादीले दिन नसकेकोले इनसाफ सुरु अमीनी कै मुनासीव गरी महुत्तरी अपिलका ख. संकर धोजले ०८।३।२८ गते राये पर्चा गरेको रहेछ ।
वादी सं चीरनजीवीको न्यायालयमा अपील पर्न आयेकोमा यो मुद्दा पेस हुदा प्रतिवादीहरूलाई छलफलमा झिकाउंनु भंने श्री माननीय न्यायाधीश प्रकाश सम्सेर जं वा. रा. वाट ०९।९।२२ मा आदेश भएको रहेछ ।
यो मुदा झीकायेका प्रतेवादीहरू हाजीर हुन नआयेकोले अपीलाटको वारेस मोतीराम र प्रतेवादी पुरनको वारेस सुर्जे वाहादुरलाई स्मेत राषी नीर्णये गर्दा ९५।८।७ मा ईनी वादीले देहायेमा लेखीयाको जगा वीगाहा ९।। ज्युनीली वंडापत्र रजष्टरी पास भयेको हुनाले स्व सवै वदर गरी अंस पाउं पादीन भनी अमीनीले र अपीलको असीष्टेंटले फैसला गरेको वेमुनासीव र अंस नपाउने ज्युनी पाउने भनेको कुरासंग महोत्तरी अपील का.हा. सुवा षीमानंदको ईनसाफ मुनासीव देषीये पनी स्व ज्युनी जगा भोग चलं दर्ता स्मेत प्रतेवादीहरुले गरे स्व मैले आफु षुसी गर्न पाईन भनेमा कस्तो कीसींले पाउंने हो प्रष्ट नलेषी दर्ता स्मेत प्रतेवादीकै कायं राषेको अपील अडाको हाकींको ईनसाफ पनी मनासीव नभै वादीले ज्युनी जगा वाहेक अरुमा दावी नगर्ने स्व ज्यनी जगामा प्रतेवादीले दावी नगर्ने स्मेत वादी रहेमा सवै अंसीयारले षान पाउंने भंने वंडापत्रमा लेषीयाको हुनाले स्व वमोजीं गर्न पाउने गर्नलाई वादीका नाउंमा दर्ता गरी दीनु पर्ने ठहर्छ स्व ठहर्नाले ९५।८।७ का वंडापत्रमा लेषीयाका देहायेका मानीसका नाउंको दर्ता लगत काटी वादी हंसी तेलोनीका नाउमा दर्ता गरी दीनु भनी जीमीदार पटवारीलाई पुर्जी गर्न र ज्युनी जगामा कुनै कुराको वाधा अडकाउ नपारी वादीलाई चलं गर्न दीनु भनी प्रतेवादीहरुलाई सुनाई नीसा मीसील सामेल राषनु भनी मीसील सुरु अमीनीमा पठाई दिनु अमीनी र अपील्का असीटैंटको इनसाफ उल्टी र सु. षीमानंदले अैं छाडेको देषीयेमा र अपीलवाट हंसी तेलीनीलाई अपील गरेमा जरीवाना गर्न पर्दैन नगर्नु अरु तपसील बमोजीं गर्नु ।
प्र.म.मौजे रेषा लोहारपट्टीको भागको दल साहु तेली नाउंको ९२।८।८।७ को वंडा वमोजीं
७९९ पीठ् लाल सो ऊतर ।।४।
८२२ संकर मीश्र सो दक्षीं १।।३।।।
८२३ नीज स्व पछीं १ऽ३।।।१
१२३ पैन स्व पछीं ।३।।। मध्ये विच से ऽ३।।।३
८३७ रघुनाथ सो उतर ।३।३
१४९ रघुनाथ साहु जयु नाथ सो पुर्व ।।३।।।
७४ रघुनाथ सो दछीं १ मध्ये विच से ।१।।३
मौजे अजगेवाको जमींको भगवं दल साहु नाऊको ९१।८।८।६ का वंडा वमोजीं
१९१ धर्मपुर सिवांन सो पुर्व ।।२
१९२ नीज सो दक्षीं ।।।।।१
२०६ पैन सो पछीं ।.।।२
२०९ नीज सो दछींन ऽ३०४
१।।१।।२
मौजे धर्मपुर वेला जमांको ९३।७।२३।१ मा लछमी धामी संग गराई लीयेको विसुनी नाऊको राजीनामा बमोजीं
१८४ राम प्रसाद सो दछीन ३।२।। मध्ये पसीं से १।.।। मध्ये पछीं ऊतर वाहेक पुर्व दछीन सो ।४.२
१९६ मुगालाल अमाट सो पछिं २।३।।२
२।।।२।।४
अंस वापतमा ज्युनी लियको वंडापत्रवाट देखीयाको चलं गर्न पाऊ भन्ने संम वादीको उजुर भयेको चलं चलाई पाउने भयेकोले चलं चलाउन र दसौद लीनु नपर्ने हुदा महोत्तरी अपीलका ०८।३।२८ का फैसला वाट वादी हंसी तेलीनीले ९।। वीगा जगा चलं चलाई पाउं भनी दर्षास्त दीये अंस वंडाको ५६ नं ले चलं चलाई दी दसौद लीने भनेको लगत काटी दीनु भनी महोतरी अपीललाई पुर्जी गर्न अ. तहसील विगो फाटमा लगत दिनु ।
महोतरी अपील अडाका एै मीतीका फैसलाले प्र. फुईसा विसुनीसा सोनीया रामरती र पुरनबाट वाट विसोद लीने भनेको पनी लगत काटी दिनु भनी म अपीललाई पुर्जी गर्न ऐ ऐ
न्यायाधीश
ईती सम्वत् २०१० साल वैसाष २५ गते रोज ५ सुभं ।