• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६९३ - अपुताली

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२२ १४०

अभिलेख दर्ता नं 693

२०१० सालको मि.नं 500/490

मुद्दाः-अपुताली जगा

नेपाल प्रधान न्यायालय डिभिजं बेच

ठा नं 490

मुद्दा- अपुताली


वादी पाल्पा माडी सीसने  पदमटारी बस्ने कोशलराज मरी मुद्दा सकार गर्ने नीजको भाई धर्मदत्त पाध्येको वारेस धजानंन्द पाध्ये

1


प्रतेवादी पाल्पा बर्तुङ्ग करंगा बस्ने हीरंयलाल पाध्ये ऐ वतुङ फुर्के आम बस्ने पं वीश्वराज पाध्ये हीरंयलालको छोरा यज्ञ प्रसाद पाध्ये नीवेदं वाला वीश्वराजको येका घरको छोरा सीवप्रसाद पाध्ये १ स्मेत––

 


इजलास

श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या

श्रीमाननीय न्यायाधीस महेन्द्रबहादुर महत छत्री

फैसला

यसमा मेरा आमा नाताको रेणुकालाई हेरचाह गरी आएको हुनाले ९७ सालमा भंदाचानी खेतस्मेत सेसपछीको वक्स पाई पालताल गरेको र नीज रेणुका 03/6/29मा  वनारसमा परलोक हुदा पनी मेरा येकाघरको भाई धानानंदस्मेत ले काज कृयास्मेत गरी अपुतालीवाट र वक्सबाटस्मेत मेरा हक भयाको जगाहरुमा कीचोला र वाली स्मेत लुटेकाले वीगो मोरु ७० भराई कीचोला मेटाई पाई मोहीहरुको कवुलीयत झुक्याको र ६३ सालको सोमदत्तले गरीदीये भनेको फार्छे कृते भंनेस्मेत वेहोराको कोसलराजको वादी रहेछ ।

नीज रेणुका हामीहरुको भाउजु वुहारी हुं वादी भंदा हामी नजीक हकदार भएकोले रेणुका मरेपछी 7901को राजीनामा वक्स गरीपाउँ भनी हामीहरुका नाउमा वादीले नालेस गरेकोले स्मेत वादी भंदा हामी नजीक हकदार देखिने रेणुकाको हेरचाह काज कृया पनी वादी तर्फवाट भएको नभै हामीहरुवाटै भएको वादी कारींदो भै वसेको पं पोषण नाथलाई रेणुकाले गरीदीएको वकस पत्रवाट पनी वादीहरुकै ले हेरवीचार गरेको नठहर्ने वकस पत्र वमोजीं कां नभएपछी वादीलाई रेणुकाले भंडन्यानी खेतको ९७ सालको वकसपत्र तेसै वदर हुने खेत १ भंडेनेनी खेतको वाली लुटे भंने हकलाई सो जगाको वकसपत्र वदर गरी पाँउ भनी तेस तर्फ हाम्रो उजुर परी रहेकोले इन्साफ उतैवाट पाउनेछौ अनैन्य वीर्ता अर्चले पाखोस्मेत अपुतालीवाट हाम्रो हक हुन आए को सो ७८ सालको वकसपत्र जालसाजी कृते र अर्चलेको घैया मुरी २ ऐ को वीर्ता वीरौटे खेत मुरी ।२० को हकमा रेणुकाको असं सोम दत्तले ६३ साल्मा मोरु ४०१ मा फाछैगरी दी भोगेको हुनाले ७६ साल्मा भाई भींन हुदा म वीश्वराज को भागमा परी भोगी राखेको ९६ सालमा ईस्तीहार वमो लेखाई देखाई गरेको छु सो जगा म तर्फवाट  मोही हरुले गरी दीयेको कवुलीयत वादीको भाई घानंदका हस्तावाट लेखेको छ  सीलंगी वीर्ता अपुताली हकवाट  भोग गरी आएको हुनाले वादीको दावी झुट्टा हो भंने पं वीश्वराज स्मेतको प्रतेवादी रहेछ ।

वुझीये सम्मवाट ७८ सालको वकसपत्र लीफावाट वकस खाडा गरेको कवुलीयत वादीले लेखेमा सावीतै भएको फार्छे दाखेल गर्न नसकेपनी अड्डाको छाप लागेको नक्कल प्रतेवादी तर्फवाट पेस भएकोले सो फार्छे  को सीम्ले जगा अपुताली भंने वादीले झुट्टै उजुर गरेको सीलंगी र हुंसरे जगाको हकमा रेणुका लाई घरैमा लगी पालताल गरेको भंन वादीले नसकेकोले सो गरेको भंने दावी झुट्टा देखीने वादी भन्दा प्रतेवादी नजीकको हकदार  देखीएकाले कृया गरेकै भए पनी अपुतालीका ११।...... नंले वादीको अपुतालीमा हक पुगन सकदैन ।

अपुताली तर्फ हक नपुगने वादीको उजुर अवं १०६ नं ले सुंन नपर्ने हुदा डंड सजायको ५३ नं ले खारेज हुने ठहर्छ भंने समेत व्येहोराको पाल्पा अदालतवाट 6/3/29 मा भयाको फैसला रहेछ ।

अपुतालीको ११ नंले ३ पुस्ता भीत्रको हकदार नभये जसले गर्छ उसले खान पाउछ भंने लेखेकामा पाल्पा अदालतले ठहराई गरेका पैसलामा चीत्त वुझेन भंने कोशलराज स्मेतको अपील रहेछ ।

पुछारमा लाएको ल्येप्चे माथीकै ल्पेप्चे संग मीलेकाले कागज नदीएमा सो माथवरको नाउमा नालेस परेकोमा प्रमां नलाग्ने भंने पनी नहुने ६३ साल्मा रेणुकाको लोगने सोमदत्तले मो रु ४०१ मा गरीदीयेको फार्छे दाखेल गर्न नसकेकोले प्रमानीत नहुने अरु जगापनी नदेखाएकोले प्र वीश्वराजको हक नपुगने प्रतेवादी हकदार नठहर्ने वादीनै हकदार ठहर्ने हुनाले जगामा स्मेत  किचोला गरेको ठहर्छ भन्येस्मेत प्रतेवादीले वाली लुटी जगामा स्मेत व्येहोराको पाल्पा अपीलको ६/9/1 को फैसला रहेछ ।

वादी भंदा हामी नजीक हकदार भएकोमा पाल्पा अपिलले ठहराई दीएमा चीत्त वुझेन भंन्ये पं वीश्वराज स्मेत अपील रहेछ ।

इन्साफ पाल्पा अपीलको मुनासीव गरी प्रधान न्यायालय पैला फाटवाट 8/1/30 मा भएको फैसला रहेछ ।

६३ सालदेखी फार्छा गरी ली भोगी आएको अंसको जगास्मेत नपाउने गरी सुरुको ईन्साफ उल्टाई पाल्पा अपील र प्रधान न्यायालय पैलावाट ठहराई दीएकाले चीत्त वुझेन दोहराई पाउँ भन्ये सीव प्रसादको वींतीपत्रामा यो मुद्दाको मीसील झीकी ईन्साफ जाची अइन सवाल वमोजीं गर्नु भन्य प्रधान न्यायाधीसवाट 8/2/22 मा भयाको आदेस रहेछ ।

प्र.सीव प्रसादले छलफलमा देखाएको ६३ साल वैसाख १५ गतेको सक्कल राजीनामा कोसल राज मरी सकेकाले नीजको हकदारलाई  सद्दे कृतेम सुनाउनलाई र रेणुकाले वकस गरी दीएकोभनी कोशलराजले पेस गरेको ७८ साल्को वकसपत्र रेणुकाको ल्याप्चे सही संख चक्र भीडाउना नीमीत्त रेणुकाले कोशलराजलाई गरीदिये भनेको भंडेननी खेतकव ९७रजिष्ट्शन पास भयेको सकल वक्सपत्रस्मेत ली हाजीर हुन भनी झीकाई ट३ साल्को साल्को राजीनामा सद्दे कृतेमा सुनाई वयां गराउनु भंन्ये स्मेत व्यहोराको प्रधान न्यायाधीसबाट भएको 9/8/5 को आदेस रहेछ र ९२ सालको चैत्र ३ गतेको रेणुकाले जंगनाठ्ठसमेतलाई गरीदीएको राजीनामा लागेको ल्याप्चे ।

९७सालको वकसपत्र फेला नपरेकाले ९२ साल्मा गरीदीयेको गोव्रे पानी खेत्को रजष्टरी पास भएको सकल कागज धातार्नद ले दरकास्त साफ ल्याएको भनी देवानी वीभाग ले पेस गरेको ल्याप्चे सहीको संख भक्र पक्का जाचन लाएको राजीनामा मीसील सामेल राखी ९/8/5 मा भएको आदेस रहेछ ।

७८ साल चैत्र ७ गतेको रेणुकाले कोसलराजलाई गरी दीएको वक्सपत्रमा लागेको ल्यायप्चे मील्छ भंने ख सीव वहादुरको रीपोट रहेछ ।

येसमा ७५ सालको रेणुकाले वादी कोसलराजलाई गरी दीएको वकसपत्र जालसाजी कृते भंने प्रतेवादीको दावीलाई कृतेको पक्का सवुद न गुज्रेको सो कागजमा लागेको ल्यायपचे सही छाप रेणुकाको सही छापमा मील्छ भनी ख. सीव वहादुरले लेखीदीएको समेत वाट सो कागज सद्दे ठहर्ने भै सो वकसपत्रको वादी दावी को अलैश्वे खेत मुरी ।५अर्चले पाखो वादीकै ठहर्ने भै सो अलेश्वको वाली लुटी अर्चले पाखो वादीकै ठहर्ने भै सो अलेश्वेको वाली लुटी अर्चलेमा प्रतेवादीहरुले कीचोला गरेकै ठहर्ने ६३ सालको रेणुकाको लोगने सोमदत्तले वीष्णु दत्तलाई गरीदीयेको मोरु ४०१को फार्छे जालसाजी कृते हो पक्का प्रमाण नगुज्रेको र सो फार्छे 96/4/13/6 मा  विर्तालेखाउदा पाल्पा गौडामा पेस भै पीठ्या छाप लागेको स्मेत देखीदा हाल जालसाज कृते खडा गरेको भंन नहुने र सो जगाको मोहीयाको  कवुलयट  कोहीमा वादी र कोहीमावादीको भाई धनानंद स्मेतले लेखत  साछी भएको भंने वादी भएको भएतापनी झुकयाई लेखायाको भंने  वादीया र सीम्ले भंने प्रतेवादी भयामा सो बकुलीयतहरु जालसाजी भंने लेखेको आफैले लेखेको म्याद भीत्र उजुर नपरेको सो कागज झुक्याको.फकायाको भंन नभएको सो जगाको फार्छे जालसाजी कृते नठहरेकोले सो कवुलीयत पनी जालसाजी भंन नभै सदेनै देखीयाको सो जगाको वादी अर्चले भंने प्रतेवादी भयाका सो अर्चले र सीमले भंने जगा अर्को छ भंने वादीहरुको कीटानी लेखाई र तेस कुराको सवुत गुज्रेको र वारीपारी भंने कवुलीयत झुक्यायाको भंने समेत वादी लेखाई जगा अर्चल सीमले भंने यकै रहेछ भंने देखीये र सो जगा ९६ साल्मा प्रतेवादीहरुले वीर्तामा लेखाई देखाई गरेको भै जगा प्रतेवादीकै देखीयेकोले वतीचोला गरेको भंने वादीको दावी झुंट्टा देखीने र सो  वाहेक अरु रेणुकाको अपतालीवाट मेरो हक भएको जगाको हद कीचोला गरे भंने दावीलाई पनी नीज रेणुकाको प्रितेवादी देवर जेठाजु र वादी छोरा नाता पर्ने भंने वादी प्रतेवादीको लेखाईवाट देखीदा अपुतालीका १ नंका अैन नजीक हकदार प्रतेवादीलर् खाना पाउने देखीयाको ईनै वादीले रेणुका मरेकाले नीजैले गरी दीयेको मोरु 7901 को राजीनामा पास गरी पाउ भनी प्रतेवादीहरुका नाउँमा नालेस गरेकोवाट वादीले स्मेत रेणुकाको अपुताली पाउने आफु भंदा नजीकको हकदार प्रतेवादीलाई नै कायं गरेकोवाट स्मेत नीज रेणुकाको अपुताली प्रतेवादीहरुले नै खान पाउने ठहर्छ र पालनाल हेरवीचार काज कृया पैले गरेको भंने वादी जीकीर  छदा पनी ९६ सालमा भाद्र ७ गते नीज रेणुकाले वादीलाई गरीदीयाको सेषपछीको वकसपत्रमा काज कृया वर्ष दींको कां तिर्थ गया श्राद्ध स्मेत गरी ततपसीलको खेत मुरी ।७० खानु भनी लेखीएको वाट वादीले नीज रेणुकाको अपुताली खान पाउने होकी भंनलाई नीज रेणुकाले ३ साल जेष्ठ७गते पोषण  पं पोक्षण नाथलाई लेखीदीएको वकस पत्रमा अरु हेरचाह गर्ने कोही नभै दख पायेकाले पं पोषण नाथले हेरवीचार गरी रहेको  अव   सेष रहेसम्म पनी हेर विचार गर्ने हुनाले हेरविचार गरेको नदेखीने र वादीलाई जमै श्री सम्पत्तीको वकसपत्रगरी नदी हेर विचार गरी खाने गरी सेस पछीको केही जगा मात्र लेखी दी हरु आफ्नै हकमा राखेकावाट नजीकका हकदार कै नीमीत्त राखेको भंनु पर्ने र अपुताली खाने  नजीकका प्रतेवादी नै देखीन आएकोले ६३ सालको फार्छे को जगा र अपुताली प्रतेवादीले पाउने ठहरायाको ईन्साफ सुरु अदालतको र ७८ सालको वकसपत्र सदे र वकस पत्रको जगाको वाली वादीलाई भराउने गरेको ईन्साफ पाल्पा अपील प्रधान न्यायालय पैला फाटको मुनासीव ठहर्छ तपसीलका मानीसके तपसील वमोजीं गर्नु  भनी लगत फाट्या डी मीसील मीसील फाटमा वुझाईदीनु ।

तपसील

वादी कोशल राज मरी मुद्दा सकार गर्न पाल्पा माडी पदमटारी वस्ने नीजको भाई धर्मदत्त पाध्याके देहाये वमोजीं हुंछ वारेस भै रुजु नहुदा अैन सवाल वमोजू गर्ने---------------------1

रेणुकाको लोगने सोमदत्तले गरी दीएको ६३ सालको मो रु४०१ को सद्दे फार्छेलाई कृते भने वापत सो कागज कृते ठहरे प्र .प्रं वीश्वराज १ यज्ञ प्रसाद १ सीव प्रसाद १ स्मेतके कृते कागजको ७ नं ले वीगो  ४०१ को कागज मा पाल्पा गौडामा पेस भै पीठमा सो गौडाको छाप स्मेत लागी सकेको देखीनाले कां भै सकेको भंनु परी सो वीगो ४०१ को वीगो वमोजीं डंड हुनेमा सो कम्भ फार्छे कागज कीर्ते नठहरेकाले कीर्ते कागज को २२ नंले वीगोको आधी मोरु २००।५० दुईसय रुपैया पचास पैसा डंड हुन्छ ----------1

६३ सालको मार्छेको जगा पं वीश्वराजको हकको देखीन आएको सोही जिगा कमाउने मोहीले गरीदीएको वादीको भाई वारेस हुने धतानंद स्मेत लेखक साछी भएको कवुलीयत झुक्याएको भनी झुट्टा झीकीर लीए वापत झुक्याएको ठहरे कीत्तै कागजको १३ नं ले प्रतेवादी वीश्वराजको वीगो नखुलेकोले तजवीजी मोरु ५।जरीवाना हुनेमा सो नठहरेकोले ऐ महलको १२ नं ले सोको आधी मोरु २।५० डंड हुन्छ------------------------------२

७५ सालको वकसपत्र वाहेकको जगा दावी गरेमा वीगो नखुलेकोले जगा पजनिको ३२ नंले तजवीजी मोरु ५। डंड लाग्छ ।------------------------------3

प्रतेवादी पं वीश्वराज हीरण्यलालके वादीको ७८ सालको वकसपत्र वाहेकको तीरो गरी खाने जगा जीतेमा जगा मीचनेका २० नंले सलामी मोरु १।येक दलै लागछ नीजहरुका वारेस भै रुजु नहुदा अइन सवाल वमोजीं गर्नु---------------2

देहायका अडाका देहायेका मानीसके ईन्साफ केही उल्टी भएकाले हाकींका नाउमा कराउनको १५ नंले तजजीवी मोरु १।येकका दर्ले जरीवाना हुँदा अैन सवाल वमोजीं गर्नु ------------------------3

पाल्पा अपीलको

सुधागुरु प्रसाद मैनाली  के-----------।70

अ .ना. सु हरी बाहादुरके ------------।30

वी कष्ण राजके -----------------------।10

प्रधान न्यायालय पैला फाँटको

हाकीं सुधा सौदर्य केशरीके नीज मरी सकेकोले केही गर्न नपर्ने -----।७०

ख..............आसा मां के-----------------------।20

वीचारी वोधनाथ पाध्याके--------------------------।10

महेन्द्र बहादुर महत                भैरवराज पंत  

न्यायाधीस                           न्यायाधीस

इति सम्वत २०१० साल पौष २२ गते रोज ३ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563