• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६९४ - जगा

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२३ ११७

अभिलेख दर्ता नं. ६९४।२०१०

दे नं. ४४६/८०५

नेपाल प्रधान न्यायालय डिवीज बेञ्‍च

ठा. नं


अपिलाट -प ३ नं ज्याम रुष घलेछाप बस्ने बमबाहादुर अधीकारी ----

विपक्ष – ऐ ऐ बस्ने थमान सीं मर्दा मुदा सकार गर्ने छोरा शम्शेरबाहादुर भडारी क्षत्रृ-


मुदा : जगा


इजलास

 


श्रीमाननीय न्यायाधीश  भैरवराज पन्तोपाध्याय

श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महतछत्रृ ---

फैसला

     यस्मा मेरो सहोदर कान्छा बाबुको छोरा वंबाहादुर देसमा गएका बखतमा नीझ कान्छा बाबुले आफ्नो जिउनीको जगा छोरी सेतिलाई बकस गरिदिएको रहेछन पछि पदंबाहादुर देसबाट आएपछी सो बकस बदरगरि आफैले भोग गरेकोमा ७६ सालमा नीज वं बाहादर मरि निजको स्वास्नी लाटीको हक एपछी ७७ सालमा नीज लाटीबाट मोरु ५६४। मा राजीनामा गरि लिएको थीए। सो कुरा थाहा पाई सेतिले म स्मेतका नाममा उजुर गरेकोले घराएसमा सो जगा मध्ये आधा जगा निज सेतिलाई छाडी दिई निज सेतीको बाबु मरि कृया गर्दा लागेको खर्च मोरु १९८। को आत्धा मोरु ९९। मा म बाँचेसम्म जगा म खान्छु मरेपछी जगा तिमिले खानु भनी निज सेतिले कागज गरि दिएको ले जा नीजै सेतिले  खाएको थीयो। हाल ०५ सालमा नीज सेति मरेकोले सो ०५ सालको बाली नीज सेतीको छोरी जुवाईले र मैले आधा वंडागरि खाई २००६ सालको वाली एक्लौटि लगाएकोमा पाखो वारीको मकै ०६ साल भाद्र २२ गतेमा र खेतको धान ऐ मार्ग ५ गतेमा नीज सेतिकव ज्वायी वं बाहादुरले लुटेकोले बालीको वीगो मोरु ८०। भराई जगामा हकसदर गरी पाऊं भंने वादि रहेछ।

मेरो सासु सेतीलाई बकसपत्र गरिदिएको जगा वं बाहादुर जीवीत भएसम्म सासुलाई नै भोग चलन गर्न दीएकोमा ७६ सालमा नीज वं बाहादुर मरेपछि यो वादीस्मेत भै सासु सेतीलाई घरबाट निकाली दिएकोले उजुर गर्दा बकस पाएको जगा  मध्य केहि जगा सासु सेतीले र सासुको ३ पुस्ताभित्रको हकदार वीर बाहादुरसङ्ग रु ९९। मा राजीनामा गरि ली भोग गरेको थीए ।६ सालको यै वादीले जबरजस्ती लुटि लगेको बाठो भै आफै पहिले उजुर गर्न आएको हो वीको जगाको वाली मैले लुटेको छैन भन्‍ने प्रतिवादि रहेछ।

सेतीले गरिदिएको भनेको ७९ साल हो रु ९९। को सेष पछिको वकसपत्र प्रतिबादीलाई देखाऊँदा कृते भनी वयान गरेकोले सो कागजका साछीहरुलाई झिकाऊँदा लेखक साछी स्मेतका २ जवा साछी हाजीर हुनै नआएको  र हाजीर हुन आएको १ जना साक्षीले सो कागजमा भएको सहि छाप मेरो हैन भनी वयान गरेको र सो कागज पनी वेरितको देखिएकोले वादी दावी झुट्टा ठहर्छ भनी पोखरा अदालतले ०७।३।१६।६ मा फैस्ला गरेको रहेछ।

सो ७९ सालको कागज माष्टर दुर्गा प्रसादलाई जचाऊँदा सहिछाप मिलछ भनी लेखिदिएता पनी कागज वेरितको हुँदा र मितिमा ७९ को अंक सच्याएको देखिएको ले सो ७९ अंक कृतेगरि वालीतर्फ सुरुको  इनसाफ मनासिव छ अपिल दोश्रा फाटले ०७।१०।२३ मा पैस्ला गरेको रहेछ।

माष्टरले जाचदा आसामीको सहिछाप मिलछ भनी लेखि दिएको र त्यस किसीमको कागज वेरितको हुन्छ भन्‍ने कुनै अैंन नभएले जगा वादिको ठहर्ने र वाली पनी प्रतिवादीबाट वादिलाई भराई दिनु पर्ने ठहर्छ भनी प्रधान न्यायालय पहिला फाट्ले ०९।१।१२ मा फैसला गरेको रहेछ।

ईन्साफमा चीत्त बुझेन भंने स्मेत व्यहोराको प्रतिवादी  बं वहादुर विंतिपत्रमा इनसाफ जाँची ऐन सवाल  बमोजिं गर्नु भन्‍ने ०९।२।५।१ का आदेश बमोजिं यो मुद्दा डाएर भएको रहेछ।

यस्मा प्र.वं बाहादुरको वारेस सी चन्द्र बहादुरलाई र भाई आएको वादि थमानसीं पर्दा मुदा सकार गर्ने छोरा शम्शेर बहदुरलाई स्मेत राखी बुज्दा यो झगडा परेको जगामा अघी नै भै वादि थमान सीं स्मेतको र प्रतेवादिको सासु सेतीको झगडा पर्दा यो जगामा सेतीले हक चलं गर्न पाऊने गरि ७८।११।२ गतेमा अडामा मिलापत्र गरि सो सेतिले चलं गर्न पाउने जगा ७९।१।८ गते मा सेतिबाट सेषपछिको राजीनामा गराई थमान सींले लिएको देखिएको। सो ७९ सालको कागज हेर्दा पोखरा अदालतमा मुदा परि रहेको व्यहोरा संम लेखि मिलापत्र भएको व्यहोरा देखाऊँदै नदेखाएको र सो कागजको मिति ७९ भंने २ अंक सच्याएको देखिएको स्मेतबाट वादिले मिति सच्याई जाल गरि जगा खे निएद गरेको देखिएकोले वादि दावी झुट्टा ठहराएको इनसाफ अपिल दोश्रा फाटको मनासिव छ।

ईनसाफ ठहरेकोमा प्रधान न्यायालय पहिला फाट्का तपसिलका मानीसलाई जरीवाना गर्नु पर्दैन। अरु तपसल बमोजिं गरि मिसील इलाका अदालतमा पठाउनु अ. त मिसिल फाट्मा बुझाई दिनु।

तपसिल

प्रतिवादि प ३ नं तन्दु ज्यामरुक घलेछाप बस्ने वं बाहादुर अधीकारी क्षत्रृके प्रधान न्यायालय पहिला पाट्का ०९।१।१२।५ का फैस्लाले गर्ने गरेकव डण्ड मोरु ६५। हाल नलागने हुँदा असुल भएको भए फिर्ता दिन र असुल नभएको भए व्यहोरा जनाई लगत काट्न अ.त.दे.मा लगत दिनू --------------------------------------------------------

वादि ऐ ऐ बस्ने थमानसिं भ८री क्षत्रृके प्र.न्या. पहिला फाटका सोहि मितीका फैस्लाले सलामि मोरु १।८० लिने गरेकोमा हाल नलागने हुँदा ऐ ऐ -------------------------

देहायका अडाका देहायका मानीसके प्र.न्या पहिला फाट्का सोहि मितीका फैस्लाले देहाय बमोजिं जरिवाना गर्ने गरेकोमा हाल नलागने हुँदा ऐ ऐ ------------------------------

अपिल दोश्रा फाट्का देहायका मानीस सुब्बा दामोदर प्रसाद उपाध्या काठमाडौंके ---।७०

ख. प्राणनाथ पाध्या डिल्लीबजारके ---------------------------------------------।२०

जी. तुल बाहादुर तुलाधर ढोकाढलके -----------------------------------------। १०

श्री ३ स.पो. अ.का देहायका मानीस ------

डी. ताराराज वीष्ट प.२.नं गोर्खाके मोरु -----------।८०

वी. टीकादत्त पन्त प २ नं के --------------------।२०

निजै प्रतिवादि वं बाहादुर अधीकारी छेत्री ३ स.पो.अ. का 07/07/3/16/6 का पैस्लाले मोरु।८० जीताउरी लीने गरेकोमा प्र. न्या. पहिला फाट्का सोहि मितिका फैस्लाले लगत काट्ने गरेकोमा हाल सो जीताउरी लीनै पर्ने हुँदा असुल गर्नालाई अ.त.दे.मा लगत दिने---------------------

वादि नीजै थमानसींको अपील दोश्रा फाटका सोही मितिका फैस्लाले गर्ने गरेको डंड मोरु १५।७० को लगत काट्ने भनी ०९।१।२१ मा लगत दिएकोमा हाल प्र.न्या पै को इनसाफ उलटि भै अपिल दोश्रा पाटका सोहि मितिका पैस्लाको लगत कायं गर्नु पर्ने भएकोले सोहि बमोजिं गर्न ऐ ऐ --------------

प्र वं बहादुरबाट वादि थमानसींलाई वालीको वीगो मोरु ८०। भराई दिने भनी प्र.न्या पईला फाटका सोहि मितिका फैलाले ०९।३।२३ मा अ.त. वीगो पाट्मा लगत दिएकोमा हाल भरी भराउ नषर्नू नपर्ने ७हरेकोले लगत काटन अ.त. वीगो फाट्मा ऐ ऐ ----------

प्र.न्या पहिला फाटका देहायका मानिसलाई जरिवाना गर्नु पर्दैन-------

हाकिं मे.क. पलभ शंसेर ज.व.रा.-----१

ख. अष्टमान------------------------१

डी विश्वनाथ उपाध्या----------------१  

 

 

 

 

 

महेन्द्रबहादुर महत् छेत्री                         भैरवराज पन्तो पाध्याय

न्यायाधीश                                        न्यायाधीश

 

इती सम्वत् २०१० साल  पौष २३ गते ४ शुभम् 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563