• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६९५ - नपायको पगरीपाये भनि डण्ड गरीलियो

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२३ ८८

अ नं 695/2010

291/378

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अ.न.378

मुदा नपायको पगरीपाये भनि डण्ड गरीलियो


अपिलाट वादी बलबहादुर दमाई इलाम माई पार गोपां

विपक्ष प्रतेवादी भुवानबहादुर वस्नेत क्षेत्री ऐ ऐसमेत


इजलास

श्रीमाननिय न्यायाधिस भगवतीप्रसाद सिंह विइस्सी बि एल

फैसला

     यसमा 06/5/4 गतेका दिन म को दो वरोपीरहेको ठाउमा भुवान वहादुर आई जमदार हवल दारले तलाई खोजेको छ भनि बोलाई लगे जमदार भन्नेले तलाई बक्यौता लागेको छ रु ६० ले भने   केको बक्यौता भन्दा भन्दा मुख लागने भनि हवल्दार भन्नेले डोरीले पाता फरकाई बाधेपछी रु ६० दियँ तेसपछी छाडीदीय नपाएको पगरी पायाँ भनि रुपैञा लीएमा सजायँ गरी रु ६० दिलाई पाँउ भन्ने बादीको विन्तिपत्र बयान रहेछ ।

भाईको आसामी उठाउन संखामुगामा भाद्र १ गते गै ऐ ७ गते आएको ४ गते डिंग बहादुरको घरमा छु ४x५ माइल फरकमा बादीसंग भेटै नभएको भन्ने भुवान बहादुर गोर्खे गारतवाट सुक्रवारे वजारमा हुल दङ्गा वचाउ निमित्त खटी सो भाद्र ३ गते १२ वजे वजारमा पुग्यौ ताहा पुगेपछी म प्रेम वहादुरलाई जरो आई बेरामी भई भाद्र ४ गते पनि तही वसी गएका  वादीलाई चिनेकै छैन भन्ने सिं कृष्ण बहादुर सिं प्रेम बहादुर समेतको प्रतेवादी बयान रहेछ ।

बुझिय सम्मका साछी प्रमाण वाट बादीले झुट्टा उजुर गरेको ठहर्छ भनि 07/3/11 मा सुरु ईलाम अमिनिले फैसला गरेको रहेछ ।

सोही सदर गरी 07/6/11मा धनकुटा अपिलले फैसला गरेको रहेछ ।

इनसाफमा चित्त वुझेन भन्ने बादीको धरौटी अपिल परि आएको यो मुदा वुझ्दा साछी उपरको घुस मुदा आजै किनारा भएको भन्ने सुरुका फैसला बाट देखिएको सुरु उपर दियका अपिलमा घुस मुदा दायरै छ भनि अपिलाटले लेखन नसकी अपिल उपर दियका अपिलमा घुस मुदा दायरै छ मिसिल अमिनिमा छु भनि पप्रमाण दिएको  इलाम  अमिनि बुझ्दा मुदा दायर नदेखिई मिसिलै आउन नसकेको अपिलाटको जिकीर वमोजिम घुस मुदा दायरै भय सो मुदामा तारेखमा रहेको छु भन्न पनि सकनु पेने नसकेकोले घुस मुदामा सुरु फैसलामा लेखिय बमोजिम किनारा भै  सकेको देखिन आएको सो मुदामा अपिल गरेको छु भनी अपिलाटले नलेखेवाट घुस मुदामा अपिल गरेको पनि नदेखिएको र बादी दावी वमोजिम ठहरने काफी सवुद नदेखिएकोलेसमेत सुरुको सदर गरेको इनसाफ अपिलको मुनासिव छ ।

 अपिल गरेमा अपिलाट बादी बल बहादुर दमाई के हा क १० नं बमोजिम सुरुकैद मैन्हा ९ र डंड रु ९ को दोश्रो अपिल हुदा सैक्रा ५ ले कैद दिन ।.।13।30 र डण्ड कं रु ।4 थप डण्ड हुन्छ निजले अपिल गेदा तारेखमा नवस्ने गरी कैद दिन ।.।13।30 को जगद कं रु ८/।। र डण्ड कं रु ।३ समेत जम्मा कं रु 8।।ऽ।।धनकुटा अपिलमा 08/12/16/6 मा धरौट राखेको देखिदा सो धरौट सदर स्याहा गर्नु भनि धनकुटा अपिललाई पुर्जी गर्न तहसिलमा लगत र धरौटी वाला अपिलाट लाई यो फैसला भएको जनाउ समेत दिनु

भगवती प्रसाद सिंह

न्यायाधिश

ईति सम्वत २०१० साल पौख २३ गते रोज ४ सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563