निर्णय नं. ६९६ - जगा
अ.द. न. ६९६-२०१०
रीट नं. ३३८/९८८
नेपाल प्रधान न्यायालय सीगंल बेञ्च
ठा.नं. ९८८
मुद्दा : जगा
अपीलाट जी. प्र. म मधवा बीर्ता बस्ने भुपेन्द्रनाथ झा
बीपछे ऐ ऐ बस्ने नागेन्द्रनाथ झा
इजलाश
श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सींह बीएसी बीएल।
फैसला
मेरो १६ नं को जगा ।२।४।।।P बीसोनाथको छोरा भुपेंद्रनाथले कंरु ३०१ मा सुरेन्द्रनाथलाई भोग वंधकी दीयेकोले लेषीयेको जगा बाकीमा लीलां होस भनी भुपेंद्रनाथले दरखास्त दी रवक्का भयेकोमा लिलांस्मेत नभै वचेको तेस्तो जगा जालसाज गरी लीनु दीनु गरेकोले लेषत बदर गरी हक सदर गरी पाउ भंने नगेन्द्रनाथको बादी।
मेरो बावु बीश्वनाथको अंसभोगको जगा बिगाहा ४।।४। भये मध्ये जगा बीगाहा १।३।। हरीकांत असामी साहु उपेंद्रनाथ भै कं रु ७०५ मा सट्टापट्टाको लेषत गराई हरीकांत उपर उपेंदनाथले लेषत पास गरी पाउ भनी नालेस गरेकोमा मेरो जगा लीनलाई जाल गरेकोले लेषत बदर गरी पाउ मेरो बावु बीनुनाथले नालेस गर्दा आषीर न्यालयेबाट मेरो बाबुको अंस हकको ठहरीई कटर बं अपीलले गरेको ईन्साफ सदर गरी छीनीयेको मा ११० नं को जगा ।२।४। सुरेन्द्रलाई भोग बंधकी दीयेको र बादीले दावी गरेको १६ नं को जगा पनी मेरै हुदा भोग बंधकी दीयेको हु भंने उपेंद्रनाथको प्रतेवादी
वादीले दावी गरेको १६ नं को जगा मेरो छोरा सुरेन्द्रलाई भुपेंद्रनाथले भोग बंधकी दीयेको हो जालसाज गरेको हैन भंने सोकी र जासाँज गरेको हैन भंने लीलठा कैलामीञास्मेतको प्रतेबादी बुझीये सम्मबाट बादीले दाबी गरेको १६ नं को जगा ।२।४।।।Pप्रतेबादीको हक हुदा जालसाज गरी वंधकी दीयेको ठहरदेन भंने जलेश्र्वर अमीनीले फैसला गरेको।
तेसउपर बादीको अपील पर्दा बादीले दाबी गरेको १६ नं को जगा ।।१।।१ बादीको भै दाबाई राषेकोले लीलां हुनुपर्ने भनी प्रतेवादी मध्येको भुपेंद्रनाथले दरषास्त दी मालबाट रोक्का भै लीलांमा रामलाल सींले लीदा जगा बीगाहा २ऽ२-४ माना लीयेको देषीयेको भै बाकी जजगा ।२।४।।।z लीलां नभै वीर्ता हुदा बादीकै हक हुन आयेको भनी विश्वनाथको छोरा भुपेंद्रनाथले सवुद दिन सकेको मालबाट लीलां गराउन छुटायेको भये उजुर गरी लीलां गराउनु पर्ने सकेको लीलांमा लीने रामपाल सींले त्यो जगा मैले लीयेको हु भंने उजुर स्मेत नभयेको लीलांमा लीयेको जगा वींदेवरीलाई बीक्रीस्मेत गरेको पास भयेको लेषतबाट देषीयेको विश्वनाथ हरिकांतको अघीपटी छीनेको मुद्दाबाट आफ्नु हक जगा जती जीतेको र झगडा परेको १६ नं को जगामा दर्ता बमोजीं ।।।३ देषीन आउनेमा त्यो मध्ये ।।१।।१ जगा वादीले दाबाई राषेको छ भंने भुपेंद्रको ऊजुरबाट रोकका भै रामपालसींले २ऽ-२-४ पायेको कटाऊदा झगडा परेको जगा ।२।४।।।२ बाकी भै बादीको देषीयेकोमा प्रतेवादीले हक नपुगेको जगा वंधकी दीयेको ठहरछ भनी सुरु जलेश्र्वर अमीनीको ईन्साफ उल्टाई फैसला गरेको महतरी अपीलले।
यस्मा अपीलाट् भुपेंद्रनाथको वारेसलाई राषी यो मुद्दा बुजदा इन्साफमा ली लेषीयाका बुँदा प्रमाणबाट महतरी अपीलको मुनासीब इन्साफ पारी छींने हाकीं उपर अपील गरेमा जी प्र म मधवा वीर्ता वस्ने भुपेंद्रनाथ झाके अपीललले गरेको सुरु डंड कंरु ५ को हाका १० नं. ले पैलो अपील हुदा सैक्रा १० ले कंरु ।। थप डंड हुन्छ वारेस हुदा असुल गर्न भनी तहसील्मा लगत दी मीसील मीसील फाटमा बुजाइ दीनु।
भगवतीप्रसाद सिंह
न्यायाधीस
ईती संवत् २०१० साल पौष २४ गते रोज ५ सुभं ।