निर्णय नं. ६९७ - लेन्देन
६९७
श्री
प्रधान न्यायालय सीङ्गल बेञ्च
वादी ल.पु. सौगलटोल वस्ने वद्रीनारान प्रधान प्रतेवादी ल.पु. वलाटोल नागवहाल बस्ने कृष्णधर
श्रेय्टसमेत
मुद्दा लेन्देन
इजलास
श्रीमाननिय न्यायाधीस भैरवराज पन्त पाध्याय
आदेश
यस्मा अपिल तेश्राले छीने उपर चित्तवुझेन भन्ने कृष्णधर हेरम्वधरको अपील परी सावीक प्रधान न्यायालय दोश्रा फाटवाट २००५।९।२२ मा ईन्साफ अपिल तेश्राकै सदर भै छीनीयेकोमा अपील तेश्राका ०५।३।११का फैसलाले मैले प्रतेवादी कृष्णधर हेरम्वधर श्रेष्टवाट कोर्टफी दस्तुर स्मेतको वीगो रु.२०।१४ भरी पाउने भै फैसला भयेकोमा निज हेरम्वधर कृष्णधरले अपील दीदा सो मैले भरी पाउने ठहरेको विगो रु.२०।१४ प्रधान न्यायालय श्रेस्ता फाटमा दाखेल गरी सो अड्डा मार्फत ०५।६।१५मा अ.त. विगो फाटमा वुझायेकोले सो विगो पाउ भन्ने वादी वद्री नारान प्रधानको०८ सालमा----- मैनाको रीपोट्रर हेरम्वधर कृष्णधरको अपिल साथ आयेको रीतपुर्वकको लगत पछी भै आर्उने छ भन्ने प्रधान न्यायालय श्रेस्ता फाटका चलानी साथ आइ येस अडाको ०५।६।१५को टीपन स्याहामा आम्दानी वाधीयेकोमा सो वारे लगत दीयेको नदेखीयेकोल लगत दीनुपर्ने ठहराई जाहेर गरेका छौ भनि अ.त. विगो फाटले र सोही सदर गरी अपिल श्रेस्ताले तोक वोली जाहेर गरेमा सावीक न्यायालय पैला------वाट लगत दीनु पर्ने नदीयेकोले लगत नदीनेलाई ----- वमोजीं गर्न न्यायालय दोश्रामा पठाई दीनु भनि अ.त. विगोमा पठाउन अपिल श्रेस्तामा पठाई दिनु भन्ने ०९।९।५मा तोक लागी अ.त. विगोका चलानी साथ आयेको रीपोट सहीतको मीसील हेर्दा हेरम्वधर कृष्णधरवाट वादी वद्री नारानलाई कोर्टफी दस्तुर समेत भनि मोरु.२०।१४ भराइदीने गरी अ.त.वाट ०५।३।११ मा फैसला भयेकोमा सो भराउने गरेको विगो मोरु.२०।१४ अपिल साथ आयेको रीतपूर्कको लगत पछी भै आउने छ भनि धरौटी स्याहामा आम्दानि वाधीयेकोमा लगत दीयेको नदेखीयेको भन्ने अ.त. विगो फाटका रिपोटवाट देखियेको सो विगो ईन्साफ सदर भयेपछी प्रतेवादीवाट वादीले भरी पाउनेनै देखीयेकोले हेरम्वधर श्रेष्ट कृष्णधर श्रेष्टवाट प्रधान न्यायालय श्रेस्ता फाट मार्फत अ.त. विगो फाटमा दाखीला भयेको कोर्टफी मोरु.२०।१४ पाउ भनि वादी वद्रीनारान प्रधानको मु.स.व.वु. वारेको ५९ दफाको म्याद ३ वर्ष भीत्र द्रखास्त परेमा अपिल तेश्राका फैसला वमोजीम दस्तुर केही नलि भराई दीनु भनि अ.त. विगो फाटमा प्रधान न्यायालय लगत फाटका वा.सु. सु.-----कार्यालयको छापवाट लगत दीनु लगत नदीयेमा कसैलाइ केही गर्नु पर्दैन मीसील मीसील फाटमा वुझाई दीनु।
भैरवराज पंत
न्यायधीश
ईति सम्वत २०१० साल पौष २५ गते रोज ५ सुभम