• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०९ - अंश

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/०२ १७४

अभिलेख दर्ता नं.९/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.२४/५८५

 

प्रधान न्यायालय डिभीजं बेञ्च

मुद्दा द.नं.५८५

 


अपिलाट : प्रतिवादी पहुनी थरुनी जि बुटोल परासी तप्पे जवा मौजे जमुवाद जमिहाल महुवारी


विपक्ष : वादी विसुकी थारु

ऐ.ऐ.


 

मुद्दा : अंश

इजलास

 

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधानज्यू

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महतज्यू

 

फैसला

यसमा ०७।१०।११।४ को खड्ग निसाना उपर चित्त बुझेन मुद्दा दोहोराइ पांउ भंने स्मेत व्यहोराको अपिलाटको विंति पत्रमा इनसाफ जाचने स्मेत व्यहोराको ०८।७।६।३ का आदेश वमोजिं मुद्दा डाएर भएकोमा ०८।७।१९ मा निज अपिलाटको वारेस हर्ष वहादुरको तारेख टुटाइ दिएकोले १५ दिं भित्र हाजीर हुन आउनू भनी पछी प्रधान न्यायालयबाट म्याद जारी गरि पठाएको ०९।५।२६ मा अपिलाट आफैले वुझेको देखिएको र म्याद भित्र हाजीर हुन आउनू पर्नेमा आजसम्म हाजिर हुन आएको मिसलवाट नदेखिएकोले खड्ग निसाना उपरको अपिलाटको उजूरी डिसमिस हुन्छ । अपिलाटले मुद्दा दोहोराएकाले इनसाफ खड्ग निसानाको सदर भएमा सुरू डंड प्रधान न्यायालय चौथा फाटवाट नगरेकाले डंड १ डंड लागनेमा डीसमिस गराउकोले तेसको सेक्रा ५ ले डंड ९।।।१ डंड लागछ निज अपिलाट रुजु नहुंदा असुल गर्नालाई अ.त.दे.मा लगत दिइ मिसिल इलाका अमिनीमा पठाउन अ.त. मिसील फाटमा वुझाइ दिनू ।

 

महेन्द्र बहादुर                                           हरिप्रसाद

न्यायाधीश                                              प्रधान न्यायाधीश

 

न्यायाधीश

इति सम्वत् २००९ साल माघ २ गते रोज ५ सुभम्         

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..