निर्णय नं. २८ - जगा नीषई पाँऊ
श्री
अभिलेख द..न. २८
वर्ष- २०१०
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
मुदा -५१७
ऊजुरवाला प्रतेबादी पश्चीं १ नं नुवाकोट ईलाका तामे बस्ने ईन्द्रबाहादुर अधिकारी षत्री १
वीपक्षः- पस्चीं १ नं ई तामे बस्ने बादी
नाबालख गणेशमान श्रेष्ट 1
मुद्दा- जगा नीषई पाँऊ
ईजलास
श्रीमाननीय न्यायाधीश प्रदीप्तमानेम्यंवर नेपालतारा ले.ज. प्रकाशसम्शेर जङ्गबाहादुर राणा
श्रीमाननीय न्यायाधीश महेन्द्रबाहादुर महत
फैसला
नुवाकोंट मालमा भयेको नं १४ को वेपडा खेत।६६मध्ये खेत मुरि।१६नं१८२ को नामे पडाले खेत ।५।२ स्मेत मेरा बाबा रत्नमानले ९१।९३साल के मा हो मोरु ६६।मा वंधकी दीयको वावा विछीप्त भै वेपत्ता भयेको आमा मरि सकिकोले सो जगा नीषन जाडा निषन दीयन थैली बुझाईजगा नीषन पाउं भन्ने स्मेत वादी रहेछ ।
वादीले दावीगरेको खेत ।१६।६४८ मा ९२ साल वैसाषमा खेत ।५।२ र २५ मा ९२ साल जेष्ठ मा रत्नमान संग राजिनामा गराई ली तिरो तीरी भोग भोग गरी आयको छु राजीनामास्मेत २००२।७।१० मा घर चोरी हुदा परेकोले दर्खास्त दी राषेको ईवी वाल जीम्मा वाल वावा नन्द स्मेतले ..थाडै...झुट्टा उजुर गरेका भंने स्मेत प्रतिवादी भएको ।
राजीनामा चोरी भयंको भंय अइन वमोजिं अर्को राजीनामा गराई लीनु पर्नेमा सो नसकेको दर्ता वादीका वावुकै नाउँमा देषीनाले स्मेत वंधकि थैली बुझ्न पर्ने ठहर्छ भनी नुवाकोट अदालतले २००५/११/१२ मा फैसला गरेको रहेछ ।
दर्ता वादीको वावु रत्न मानका नाउमा देखिनाले ईन्साफ नुवाकोट अदालत को मनासिव भनी २००६/२/२७ मा अपिल पैला वाट फैसला गरेको रहेछ ।
९९सालमा रत्नमानको वंन्धकी खाने भनी जनाई इन्द्र वहादुर को वावु वलभद्र ले सै गरी वाली वुझायको देखियको र ०५ साल को वाली वुझाई पाउँ भनी उंजुर गरेको मुद्दामा ई प्रतिवादी इन्द्र वाहादुरले तारेख छाडी डीस मीस गरायको ले समेत इन्साफ अपिल पैला फाटले ठहराइ छिनेको मनासिव भनी ०७/३/२५ मा प्रधांन न्यायालय दोस्रा फाटले फैसला गरेको रहेछ ।
इन्द्र वहादुरले दीयका वीन्तीपत्रमा भयको आदेश वमोजिं दायर भयो ।यो मुद्दाका उंजुर वाला ईन्द्र बाहादुर र वंधकी भनी सै छाप गरेको कागज ली आउंनु भनी झिकाइ आयको नावालख गणेश मानलाई राषी बुझ्दा दर्ता वादी गणेश मानको वावु रत्नमानकै नाउंमा देखियको सो दर्ता वदर गराउन प्रतेवादी ईन्द्र वाहादुरले नसकेको र वंधकी मा रत्नमानको जगा षायको भनी निजका वावु वलभद्रले सै छाप गरी वाली वुझाइ राषेको राजीनामा पेस दाखिल हुन नआयको ले समेत ईन्साफ प्रधान न्यायालय दोस्रा फाटले ठहराई छीनेकोमनासिव दोहरायमा उंजुरवाला ईन्द्र बहादुर के सुरु डंड मोहरु १/६५ को हाकींका नाउमा कराउनेका ११नं ले सैक्रा १० ले मो रु१६।२ सोर पैसा दुइ दाम डंड हुन्छ रुजु हुदा अइन सवाल को रीत पुरयाई असुल गर्न लगत दिनु ।
महेन्द्रबहादुर महत. प्रकाशशम्सेर
न्यायाधीस न्ययाधीस
ईति सम्वत २०१० साल वैसाष २६ गते रोज ६ शुभम्