• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६९९ - बं

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२५ १०८

अ.नं 699/2010

390/155

प्रधां न्यायालय सिंगल बेञ्च

प्र.न्या.फौ. सा. नं. १५५


उजुरवाला सेरबहादुर लिंवु ता.ई.मैवा षोला हाम्रां-------१

विपक्षी गडुल ध्वज लिंवु ता ई. मैवा षोला ताम्रा स्मेत–––––


मुद्दा बं

इजलास

श्री मान माननिय प्रधां न्यायाधीश हरि प्रसाद प्रधां एमए विएल

फैसला

     हातिषुडे मिलकु पंर्व बेरुवा यो फेवा षोलाको दो भां पश्चिं नेरुंवा षोला दषिं येती ४ कील्ला भीत्रको तेहलो च्याने बं स्मेत ८ थला बंको ६३ सालमा बं गुल जार गर्नू भन्ने सनद भयेकोमा नंलोक झोलुंगे बं मा षेत विराई किपट स्रह बिक्री गरेको ......... हलो च्याने बं फाडी कमोत  गोरुं राषेको नुं लोक झोलंगे  बंम षेत वीराई  किपट स्रह विक्री गरेको कोसेलि षाई धर्मानंद स्मेत १० जनालाई तेर्छे बं स्मेत फड्न दीयेकाले लिवुको विन्तिपत्र बयां स्मेत रहेछ ।

बं फाडी षेत विरायेको गोठ राषेको किक्री गरेको कोसेली षाई वं फड्न लगायको स्मेत छैन अरुले फाडे नफाडेको स्मेत था छैन भन्ये स्मेत गडुलध्वजस्मेतको बयां रहेछ ।

   येसमा बादिले पक्रेका ४ कील्ला भित्रको बं को सनद प्रत्यवादीले देषायेका अंवाध्वज स्मेत  ६ जवांलाई म्याद जारि गर्दा दाषिल नगरी म्याद गुजारी वसेका छं तापनि बादि प्रत्यवादि सरज्मींका भनाइबाट स्मेत ४ किल्ला भित्रको वं सनदले बंद भयेको भन्ये बुझियेको सो बं प्रत्यवबादीहरुले काटेफाडेको छैन काट्न दियकोस्मेत छैन काटीयेका  ठुटाहरुका हकमा फड्केमा धुल  पुल बनाउन र क्नै ९० सालको भकंपमा भतकेको घर बनाउन कुनै २००० सालको ठुलो होवाले भाचि लडायको हो भनि ४५ ज्वां सरज्मींले मुचूल्का लेषी दीयेकोले प्रत्यबादीहरुले काटे फाडेको नदेषिदा सजाये स्मेत गर्नु नपर्ने ४  कील्ला भित्रको बं देषियेकोले अवाद कमोत  गर्न दीदा अवाद हुदै गै उजारहुने समेत हुदा नक्सामा लेयीयेको भक्त वहादुरको घर उजुर वालाले बाहेक अरु लेषियेको तपषिलको जगा बझ्याई ४ कील्ला  भीत्र  बंको बं राषी जगेडा गर्नु भन्ये स्मेत सर्कारको तजविज भन्येस्मेत २ साल वैसाख १२ गतेको तापलेजूं अमिनिको फैसला रहेछ ।

 झोलगे बं भित्र षेत् अवाद गरी दर्ता गरायेको देषियेको सो बाहेक अरु माथिका च्याप्ने वं स्मेतमा जगा अवाद गरी धुरिस्मेत बनाई बसेको सनद पत्ता नलागेकोले रैतिले घर धुरी बनाइ अबाद गरी बसिसकेको हुदा दर्ता भये नभयेका अबाद गरेका जगा जति थामी सो वाहेक अरुमा सनद गरी बक्सनामा सरकारको तजविज अवाद गरेको जगा बाहेक अरुमा  सनद गरी बक्सान निकासा भयेमा बंजंगल जाचि कीत्ता कित्तैको सनद गरि बक्सन पर्ने र हालैको अबादी वस्ति हुदा सवै बझ्याई बक्सने निकासा भयेमा नेरुवा यकवा षोला दोभां पश्चिं नेरुवा षोला उत्तर यें फेवा षोला दषिं हात्ति ससुडे मिल्कु पूर्व ४ कील्लाको च्याने बं स्मेत ७ थला बं र बीर्ष बहादुरको षेत र लिलानाथकै रैकर षेत दषिं छीतारां पाध्याका षेत उत्तर ४ कील्ला भित्रको नं लोक झोलंगे बं स्मेतको यसैवाट सनद गरी दीनु भनि वं गोश्वाराका नाऊमा सनद गरी बक्सनु  पर्ने ठहराई जाहेर गरेका छं भन्ये समेत 2007/8/11  मा धंकुटा अपिलबाट गरेको जाहेरी फैसला रहेछ ।

रैतिले अवाद गरि सकेका बझ्याऊन रैतिलाई मर्का पर्ने हुदा सर्कार तर्फ नोक्सान नपर्ने किसिं संग दर्ता भए गरायका र अरु अवाद मरी सकेको तिरो दर्ता गराई दिने सो बाहेक अरु अवाद नगरि रहेको हक्मा स्मेत बं पालने राषने गरि बं गोश्वारा संवंधित अफिसबाट सनद गराऊन भन्ये समेत माल अदालत गौडा स्मेतको सनद गराई लिनु भन्ये स्मेत निकासा भये बमोजिं गर्ने गरि धंकुटा अपिलले जाहेर गरेको मुनासिव ठहराई 2010/8/9 मा सदर अमिनि गोश्वाराले तोक बोली जाहेर गरेको रहेछ

सदर अमिनि गोश्वाराका जाहेरि फैसला बमोजिं साधक द्वारा पेस हुन आयेको यो मुद्दा  वुझ्दा नक्सामा लेखिइएका अवाद गर्ने मोहि भक्त बहादुर हाल अवाद गर्ने काले दमाई ग्यांजे कलि दमेनि लाल हाँ जये  ध्वज निजको छोरा र गड्डुल ध्वज लालहाँ चन्द्र ध्वज वृषसिं लिलानाथको षेत लाल धंको षेत ईन्द्रबहादुरको अवादि हेंलाल लाई विक्री गरेको डंवर बहादुरको अबादी श्री नारांलाई पास गरि दियेको र छीतारांको षेत भनि लेषियेको अबाद भयेको जगामा घर धुरि स्मेत षडा भयेको देषियेको हुनाले वुझ्याई दिन मुनासिव नपर्ने ठहरायेको ईन्साफ सदर अमिनि गोश्वाराको मुनासिब सो लेषियेको जगाले बडि जंगल च्यापन नपाऊने गरि तिरो ठेकि दर्ता भयेको अवादि र अवाद गरि सकि दर्ता संम हुन बाँकि जगा स्मेत नापि हाल अवादि तिरो नलागेका जगा जतिको आठा स्रह तिरो ठेकि दर्ता गराई १० सालका बालि देखि तिरो असुल तहसिल गर्नु सो अबादि बाहेक जगा अब पछी  कसैले अबाद दर्ता गर्न नपाऊने गरि ८ थला बं को छुटा छुटै किल्ला षुलाई तालुक अडामार्फत रिपोर्ट जाहेर गरि निकासा गराई लिनु भनि इलाका मालमा लेषि पठाई सो बमोजिं गराऊनु भनि मिसिल सुरु तापलेजुं अमिनिमा पठाई दिनु ।

हरि प्रसाद

प्रधान न्यायाधीश

ईति सम्वत २०१० साल पौष २५ गते रोज ६ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563