निर्णय नं. ७०० - ज्यां
अ नं 700/2010
398/154
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
प्र.न्या.फौ सा नं 154
उजुर-वाला सेरवहादुर थापा क्षेत्रृ मेवाखोला खोकासिं
विपक्षि- हरिप्रसाद थापा क्षेत्रृ
मुद्दा- ज्यां
ईजलास
श्रीमानिय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एम ए बिएल
फैसला
यै ९ साल जेष्ट ३ गते ब्यू राष्न भनि छोरा प्रतिमे र हरि प्रसाद षेतमा गइ गोरु लि गयेका बेलुका दुवै दाजुभाई नआयको वस्तुमात्र आयेकोले षोजदै गरेको ऐ जेष्ट ७ गते ४x५हातको तिलाउने को रुषमा हात षुट्टा दुवैले भै टेकि छोरा प्रतिमे मरेको भेटियो विचारमा दाजु हरि प्रसादले अरायेको नमांदा हात वा लौरो के ले कुट्दा कु ठाउमा लागि भवितव्य परि प्रतिगमन मरी जोगीन हरि प्रसादले झुंडयायेको ठहरायेको छु भन्येस्मेत 9/2/9 को सेर बहादुरको जाहेरी वयां रहेछ ।
हरिप्रसादले ९।३।२५ मा तामेल भयेको ७० दिने म्याद गुजारेको रहेछ ।
येसमा लास जाच मौका तहिकात भयेको मौका तहिकातमा बुझीयाको मर्नेको आमा दाजु र सर जमिं स्मेत सवैका भनाइ वाट हरि प्रसादकै चोटले उसको भाई प्रतिमं मरेको देषियेको निज हरि प्रसादको ९।६।५ मा अंस रोक्का भै सकेको बार्ष दिं नाघिसक्ता पनि निज हरि प्रसाद फेला नपरेकोलर् निज हाजिर भएका वा पक्रीयेका बषत देषियेका यो मुद्दा जगाई ठहरे माफिक गर्ने हाल मुलतवि राषने मर्नेको आमा दाजु बाबु जाहेरवाला स्मेतले हरि प्रसाद लाई भगायको समेत देषियेमा ज्यां संवंधीको ४९ नं ले निजलाई खत बापत नलाग्ने हुदा अवं २३९x२४१ नं का अइन वमोजिं जाहेर गरेका छं भन्या स्मेत तापलेजुं अमिनिले गरेको जाहेरी १०।३।८ को फैसला रहेछ ।
सुरु तापलेजुं अमिनिले मुलतवि राषने स्मेत ठहराई जाहेर गरेको मनासिव भनी १०।४।१२ मा धंकुटा अपीलले जाहेर गरेको रहेछ ।फेला परेका वा पक्री आयेका वषत कार्वाई चलाउने गरी मुलतवि लाई अवं 239/241 नं वमोजिं जाहेर गरेका छं तोक निकासा भये पछी जील्ला अमीनीमा पठाउन धंकुटा अपिलमा पठाउने ठहराई १०।८।७ मा सदर अमिनि गोश्वारावाट तोक बोलेको रहेछ ।
सदर अमिनि गोश्वारा जाहेरि बमोजिं साधकुमा दर्ता भै पेस हुन आयेको यो मुद्दा बझ्दा ज्यां मुद्दामा पोलियेको हरिप्रसाद फेरार भयेकोले निज हाजिर भय वा पक्री आयेका बषत कारवाई चलाउने गरी सदर अमिनि गोश्वाराले जाहेर गरेको मनासिव छ मिसील जील्लामा पठाउन मिसिल फाट्मा बुझाईदिनू ।
हरि प्रसाद
प्रधां न्यायाधीश
इति समावत् २०१० साल पौष २५ गते रोज ६ शुभम्