• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७०१ - विजाई विधुत

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२५ १०२

अ नं701/2010

नेपाल प्रधान न्यायालय सिगल वेञ्च

सा नं 81

मुद्दा विजाई विधुत


वादी -पुर्व ४ नं भोजपुर पौवा आंरुखर्क वस्ने पुर्न बहादुर नेवार समेत ----22

विपक्ष -प्रतेवादी ऐ हागेसल्ला वस्ने चंद्र प्रसाद समेत -5


इजलास

श्री माननिय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम.ए वि एल

फैसला

  एस्मा इ ५ जना तालुकदारहरुले हामि रैतीवाट वढी गोरु खेताला लीने तिरो रकं वुझाउदा कसै संग कोट्काठ कसै संग खसि वोका लीने कसैलाई वेदाममा भारी वोकाउने समेत गरेको कुरामा धंकुटा दौडाहामा विंतिपत्र दि पु. ४ नं अदालतमा मुदा चली रहेकै र सो वाहेक अरु रैतीका हकमा पनि कसैसंग २०।२५ खेताला लीने र तीरो वुझाउन जादा पनि कां लगाई मात्र रसीद दिने निजहरुको छोरी वुहारी घर माइत  गराउदा पनि वेदाममा भारी समेत वोकाउने र सालको ५/७ हल गोररु समेत लीने गरेको ले मर्का पर्र्यो विगो भराइ अदालतको मिसील खीची दौडाहैवाट हेरी रोजेको तालुकदार मान्न पाउ भन्ने स्मेत पुर्ण बहादुर स्मेतको ०६।२ वमितिको विंतिपत्रमा दौडाहावाट वुझि अइन सवाल वमोजिं गर्नु भन्ने पुर्व ४ नं दौडाहाको तोक रहेछ ।

वादी हर्क बहादुर समेतको उजुरी वमोजिं कुनै कुरा गरेको छैन सालका खुसिले दिएका ३।४ सम्म खेताला खाएको छु धेरै मोल जाने चीजलाई  थोरैमा लीए को छैन भंने समेत 06/2/12 को गणेश प्रसादको वयां रहेछ ।

ललित वहादुरका भनाई वमोजिं लीए खाएको छैन खुसिले दिएका २ खेताला लिएको छु भंने स्मेत जानकि प्रसादको ०६/2/12 को वयां रहेछ ।

निज मान बाहादुरसमेत वाट कोट लिएको समेत छैन २ जना सम्म खेताला दिएकोले लिएको छु अरु उजुरी झुट्टा हो भंने समेत 06/2/12/4  को चन्द्र प्रसादको वयां रहेछ ।

वादी लाल बाहादुरसमेत लाई भारी वोकाई वोका ली वडि खेताला समेत लिएको छैन उजुरी झुट्टा हो भंने समेत ०६।२।१२ को दातारामको वयां रहेछ ।

ललित बहादुर समेतवाट खसि ली वढी खेताला लीए खाए को छैन झुट्टा उजुरी हो भंने समेत 06/2/12  को पुर्ण प्रसाद को वा नारदप्रसादको वयान रहेछ ।

चन्द्र प्रसाद समेतले पिर पिराउ गरेमा अदालतमा मुदा परी रहेकै र सो मुदा परेको वाहेक अरु हामी रैतीलाई समेत  विजाई वद्युत गरेकोले दौडाहैवाट हेरी पाउ भनि मान बहादुर समेतले उजुरी दी मुदा दायर भै रहेको मा अदालतमा परेको मुदा तर ताकेता लगाई छिंन लगाउनु भन्ने दौडाहाका नाउमा भएका १ छापे वमोजिं छिनायेकोमा झगडीयाको पक्ष लागी वेहीसाव संग अदालतले छीनी दीयो सदरैवाट हेरी पाउ भनि रैतिले गरेको उजुररीमा अपिल दिने म्याद थामी अपिल दिए ली छिनि नतिजा जाहेर गर्नु भंने धं  अ का नाउमा १ छापे भै गएको र उनै मानीस उपर उसै गाउको केही रैतीको सुरु मुदा अपील वाट हेरीएको सो मुदामा कसले हार्ने हुन्छ सो निरोपण भएपछि यो मुद्दामा निरोपण गर्न मुनासिव देखिने भंने दौडाहाले जाहेर गरेको धंकुटा अपिलमा परेको मुद्दा छिन्न लगाई के देखिन आउछ झिकाई सो स्मेत हेरी यो मुद्दा अैं सवाल वमोजिं फैसला गरी तालुक अड्डामार्फत जाहेर गर्नु भंने 06/8/12  को श्रि मिनिष्टर याण्ड कम्याण्डर इनचिफको अ.श्रे का नाउमा १ छापे भयेको रहेछ ।

वुझाय सम्मवाट धंकुटा अपिलमा परेको मुदामा प्रतेवादीहरुलाई सफाइ दि छिनेको र सो उपर वादीहरुको अपिल परको नदेखिएको यो मुद्दामा दौडाहाले पु ४ नं. गो. मा हाजिर हुन जानु भनी ०६।४।२५ मा तारेख दिएको र सो तारेखमा कोही छैन भंने ०९।२।१२ मा पु ४ नं गोले जवाफ दिएकोले अ वं १८।८०।२२६ ले डीसमीस हुने हुदा डिसमीस गरी १ छापे वमोजिं जाहेर गरेका छौ भंने 09/2/30 को अपिल तेस्राको डिसमिस जाहेरी फैसला रहेछ ।

साधक द्वारा पेश हुन आयेको यो मुदा वुझ्दा झगडीया स्मेत तारेखमा नरहेकोले अैं वमोजीं डिसमिस गरी 06/8/12 का १ छापे वमोजिं धनकुटा अपिलवाट आएको चंद्र प्रसाद र मान वाहादुर नेवार समेत को विजाई वद्युत मुदा समेत एकै साथ राखी जाहेर गरेको मुनासीव छ इ दुवै मीसीलहरु जिल्लामा पठाउन अपिल तेस्रा मा वुझाइ दिनु भनि मिसिल फाटमा वुझाइ दिनु ।

हरि प्रसाद प्रधान

प्रधान न्यायाधीस

इति सम्वत् २०१० साल पौष २५ गते रोज ६ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563