निर्णय नं. ७०२ - कृते वकपत्र वदर गरी पाऊ
अ नं ७०२/2010
नेपाल प्रधान न्यायलय सिङ्गल वेञ्च
अ नं ५४९
मुदा- कृते वकपत्र वदर गरी पाऊ
अपीलाट्- प्रतेवादी रैमत वहादुर भडारी क्षेत्री ल पु ई भमुगल
विपक्ष- वादी गणेशलाल ज्यापू ल पु ई. पिलाछे
ईजलाश
श्रीमाननिय न्यायाधीश महेन्द्र वहादुर महत क्षेत्री
फैसला
येसमा प्र.रैमत वहादुरले म उपर वाली लुट्यो भन्ने झुट्टा नालेस दीयो मेरो प्रतेवादी परेपछी म तारेखमा नभएको वखत साछी हरुको वकपत्र भयो भनी सुनाय वुझ्दा अदालतका हाकिं अष्टेंट र झगडीया स्मेत मीली अरु जो सुकै भयेपनी ल्याउ वकपत्र गराई दीन्छु भनी कुरा मिलाई वयान गरायेको मार्ग ४ गते थाहा पायेकोले नालेस गर्न आयको छु नीजहरु मीली वकपत्र कृते गरेकोले सो वकपत्र वदर गरी सजाये गरी पाउ भन्ने वादी रहेछ ।
हाकिम संग मिली झुट्टा साछी लगी वकायेको छैन मुद्दा टुग्याउन झुट्टा उजुर गरेको हो भन्ने स्मेत वहादुरको प्रतेवादी रहेछ ।
समनको म्याद पठाई हाजिर हुन आएका साछी वकपत्र गरायको हो उजुरी वमोजिं मीली वकपत्र गरेको छैन भन्ने ल. पु .अ. का. ना .सु. तारा प्रसाद अ .डी हीरामानको रिपोर्ट रहेछ ।
प्रतेवादीका ४ जना साछी मध्ये २ जना जवान सकली भनेको वाकी २ जवानमा वादीले सकार नगरी नकली भनेमा राम वहादुर सकली र ईन्द्र बहादुर नकली लगी रैमत वहादुरले वकायेको देखिने हाकिम असिष्टेन्टले नकली भनि जानी वकायको नठहर्ने भनि 09/4/23मा अपिल पैल्हा फाटले फैसला गरेको रहेछ ।
ईन्द्र बहादुर सकली नै साछी वकेको नकली ठहराई दिये चित्त वुझेन भन्ने स्मेत प्रतेवादी रैमत वहादुरको अपील परी आई अपिलाट् र झिकाई आएका वादी गणेश लाल स्मेत राखी पेश हुन आयेको यो मुदा वुझ्दा अपीलाट् रैमत वहादुरका ४ जना साछीको वकपत्र भएकोमा २ जना सकली हुन भनी गणेश लालले नै अपीलमा कागज गरी दीएकै र वाकी २ जना नकली हुन भनी कागज लेखीदियेकोमा पनी १ जना रामवाहादुर सकनी भनी अपीलले ठहरायकोमा स्मेत गणेश लालले अपील नगरे को हुदा त्यस तर्फ वीचौर गर्न नपरेको वाकी १ जना ईन्द्र वहादुर नकली ठहरायमा अपील परी आय तर्फ ईन्द्रवहादुरको सट्टा यो मानिस लगी वकपत्र गराये सकली र नकलली ईन्द्र वहादुर ई हुन भनी वादीले खुलायको नदेखी वादी गणेशलालको कागज गराउदा म नभएका वखत ईन्द्र बहादुरको वकपत्र गरायेको रहेछ र झुट्टा मानिसले गरे भन्ने ठानी उजुर गरेको सकली नकली खुलाउन सक्दीन मीसील प्रमाण वाट अैं सवाल वमोजिं हवस भनी कागज लेखिदिएको हुदा वादीलेनै फलानो मानिसलाई ईन्द्र वहादुर भनि वकपत्र गराये भन्न नसकर्को र अरु नकली नै हो भन्ने पक्का सवुद प्रमाण मिसिलवाट पनि नदेखिएकोले समेत नकली ईन्द्र बहादुर लगी साछी वकाय भन्ने वादीको उजुर झुट्टा र तेस तर्फ अपिलले पनि गल्ती गरेको ठहर्छ ।
वादी गणेशलाल ज्यापू के झुट्टा उजुर गरेमा कृते कागजका 20x22 नं वमोजिं तजवीजी मो रु 2।50 डंड हुनेमा अपिल बाटै डंड भै सकेको देखिदा हाल केही गर्नु परदैन । अपिलाट् रैमत वहादुर भडारी क्षेत्री के कृते साछी लगी वकायमा भनि 09/4/23/5 का अपिल पैल्हा का पै.र 09/5/8/5 का ल ले लिने गरेको डंड मो रु ५। पाँच नलाग्ने हुदा अससुल भए फिर्ता र नभए लगत काटी दीनु भनी तहसिलमा लगत दिने । वादी गणेशलालको पछी भएका कागजवाट इन्साफ उल्टी भयेकोले उल्टीमा अपिललाई सजाय गर्नु पर्दैन ।
महेन्द्र वहादुर महत
न्यायाधिस
ईती सम्वत २०१० साल पौख २८ गते रोज २ सुभं