• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७०४ - जगा

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२८ ९०

704/2010

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

अ.     नं 265


अपीलाट्- प्रत्येवादी तापलेजुङ् आम रुप मालवासर् वस्ने कासीनाथ पाध्या

वीपक्ष -वादी तापलेजुं आमरुप सुभां वस्ने जगेनीधी पाध्या


मुदा –जगा

इजलास

श्री माननीय  न्यायाधीस भगवती प्रसाद सीङ्ह राजपुत वीएसी वीएल

फैसला

      येस्मा उव्जा मुरी २५ हुने मालवासे भन्ये खेत मेरा वावु वाजे ले वीराई सुव्वा सुव्वा  चीत लाल जींमा तिरो रु ६४ दर्ता भै भोगेको ७२ साल्मा कं रु ४० म सुचिनलाल लाई वंधकी दीयेको मुगलाना वाट आई ७ सालमा जगा कमाउने कासीनाथ स्मेत भै रुपैञा नवुझी खीचोला गरेकोले रुपैया वुझाई जगा उकास सदर गरी पाऊ भन्ने जगेनीधी को वादी

  मालवासे स्मेत मुरी ।२३।१५ को तीरो रु ६४ को जगा कं रु ५०० म मेरा दाजु जै धर्मवाट वादीका वाजे लछीमा पतीले २१।१२ ।२३ गते राजीनमा गरी दीयको ७२ सालमा हामी दाजु भाईको वंडा हुदा मेरा भागमा परेको वंडापत्रमा नीज लछीमा पनी स्मेत साछी वसेको ९५ साल जाचमा मेरा नाउमा दर्ता भयेको सो जगा खीचोला गर्र्यो भनी चीतलालको नाती भगीधोजले उजुर गरेमा सो जगा मेरो सदर गरी १ सालमा  येस अडामा मीलापत्र भयेकोमा सो राजीनामा चोरी भै ७ साल मा दरखास्त दीयेको सो राजीनामा भगी धोज संगका मुदामा पेस भयेको नकल सारेको म संग छ झुट्टा नालेस गरेको हो भन्ने कासीनाथको प्रतेवादी ।

सो जगा ७१ साल्का पैराले वेभाष गरेको ७२ साल्मा दर्ता वाला वादीहरु मुगलाना गयेकोले कपाली वाट तीरो तीरी र १५०० खर्च लगाई खेत वनाई ९५  साल सम्म आवाद गरी  भोगेको हुं रु ६० म वन्धक लीयेको हैन पछी रु ४०० मा कासी नाथलाई तीरो तीरी खानु भनी ९६ सालमा भोगवन्धक मा दीयेको छु भन्ने पदमलालको प्रतेवादी ।

९६ साल देखी रसीद दीयको २ थानमा राजीनामा भन्ने वोली झुक्याई लेखायेछ तेस अघि के वेहोरावाट रसिद गराई लियो था छैन भन्ने नीज पदमलालको वयान

वन्धकी दीयको लेखत वादीले पेस गर्न नसकेको १ सालमा बासीनाथको र वन्धक खाने चीनलालको नाती भगीधोजको झगडा पर्दा वादीका वाजे लछीमा पतीको ७१ सालको राजीनामा प्रमाण पेस गरी सो राजीनामा कायेम राखी मीलापत्र भयेको सो मीलापत्र उपर उजुर नभयेको झगडा परेको खेत कासीनाथ ले वंडा पाई गरेका ७२ सालको वंडापत्रमा लछीमा पती साछी वसेको सो वंडापत्र जालसाजी भन्ने जगेनीधिले नालेस गरेकोमा जालसासजी नठहरी छीनीयेको स्मेतवाट वादी र पदमलालले झुठा दावी ईन्कार गरेको ठहर्छ भनी 9/5/23 गते तापलेजुं अमिनीले फैसला गरेको रहेछ ।

दर्तालाला वादीको वाजे देखीयको दर्तावालाको हक छुटेको लेखत पेस गर्न नसकेको राजीनामा पेस गर्न नसकी हरायो भंने प्रमाण पुर्याउन दर्खास्त  सम्म दीयको १ साल्मा मीलापत्र भयेको भन्ने कुरालाई वीच वीचका मानीसको मीलापत्रवाट वादीको हक जान नसक्ने हुदा प्रमाण षडा गर्न उजुर गरी मीलापत्र गर्ने गराउने गरेको रसीदमा राजीनामा भन्ने वोली पनी प्रमाण खडा गर्न गरेको प्रमाणीक भन्न नहुने वंडापत्रम दर्तावाला साछी वसेको भन्ने कुरालाई सो वंडापत्र प्रमाणै दीन नसकेको राजीनामा नक्कलमा ९५ सालको नापीको छापै  नलागेकोले वादीले जींम्मा वालालाई वंधक र जींमावालले कासीनाथ लाई लख दीयेकोमा मुखको समेत परीपंचले राजीनामाको परीपंच मीलायेको ठहर्छ रु ५०० मा वादीका वाजेले जींमा वालालाई वंधक र जींमावालले सोही रुपैञामा लख दियेको ठहर्ने हुदारु ५०० कासीनाथलाई वादीले तीरेका वखत नीखनी खान पाउने ठहर्छ भनी 9/10/29 गते धंकुटा अपीलले फैसला गरेको रहेछ ।

सो इन्साफमा चीत्त वुझेन भन्ने कासीनाथ पाध्याको धरौटी अपील परेको यो मुदा वुझ्दा दर्तावाला वादीका वाजेका वाजे लछीमा पती देखीयेको नीजको हक छुटेको भनेको सक्कल राजीनामा पेस गर्न नसकी हरायो भंने दर्खास्त दीयेको ७२ सालको वंडापत्रमा दर्तावाला लछीमा पती साछी वसेको छ भन्नेमा जालसाजी हो भन्ने वादी जगेनीधीको अर्को ऊजुर पर्दा पनी सकल वंडापत्र जये धर्म समेतले पेस गर्न नसकेकोले राजीनामा गरी लीयेको देखीन नआइ वन्धक लीयेकोमा राजीनामा भनी प्रमाण पुरयाई लीन तालुकदार पदमलाल स्मेत संग मीलोमत गरी मुदा गरी मीलापत्र गर्ने र राजीनामा भन्ने वोली पारी रसीद लिने गरेको देखीन आउने हुदा वादी संग सुज्वा चीनलालले कं रु ५००मा वन्धक र नीज वादी कासीनाथले कंरु ५०० मै लखवन्धक लीयेको ठहरायेको इन्साफ धककुटा अपीलका मनासीव छ ईन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा अपीलाट् कासीनाथ पाध्या के सुरु  डंड कं रु ११।ऽ।। को हाकींका नाउमा कराउनेका १० नं का अैंले सैकडा १० ले कं रु १४।येक रुपैञा दो आना येक पैसा डण्ड हुन्छ सो डंड तारेखमा वस्नु नपर्ने गरी १०।१।१५ मा धनकुटा अपील्मा धरौट राखेको मीसीलवाट देखीदा सदर स्याहा गर्न सो अपीललाई लेखी पठाउनु भनी तहसीलमा लगत दी मुदा छीनीयेको जनाउ अपीलाट कासीनाथलाई पठाई मीसील प्रधान न्यायालय मीसील फाट्मा वुझाई दीनु ।

भगवती प्रसाद सिंह

न्यायाधीस

इती सम्वत २०१० साल पौष २८ गते रोज २ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563