निर्णय नं. ७०५ - जालसाजी
अ नं 705 /2010
नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च अ.नं 95
अपीलाट् प्रतेवादी तापलेजुङ ञामरुप मालवासे वस्ने जये धर्म पाध्यासमेत
वीपक्ष वादी तापलेजुं ञामरुप सुभां वस्ने जगेनीधी पाध्या
मुदा जालसाजी
इजलास
श्रीमाननीय न्यायाधीस भगवती प्रसाद सींह राजपुत वी एसी वीएल
फैसला
यसमा मालवासे रैकर खेत मेरा वाजे लछीमा पती दर्ता भयेको कं रु ६० मा सुवा चीतलाल लाई वंधकी दीयेको नीखनाई पाउ भन्ने मेरो उजुर परेकोमा कं रु ५०० मा राजीनामा गरी मेरा वंडामा परेकोमा लछीमा पती साछी वसेको भन्ने कृते लेखत खडा गरेकोले सजाये गरी लेखत बदर गरी पाउ भन्ने जये धर्मको वादी ।
सो षेत ७१ सालमा पैराले वेभाष भै दर्तावाला मुगलां गयेकोले मैले खर्च गरी आवाद गरी कासीनाथलाई वन्धक दीयको हु जालसाज गरेको हैन भन्ने पदमलाल समेतको प्रतेवादी
सो खेत ५० साल्मा वादीका वाजे लछीमापती दर्ता को तीरो रु ६P। को जगा कं रु ५०० मा ७१ साल्मा राजीनामा गरी ७२ साल्मा वंडा हुदा म कासीनाथको भागमा परेकोमा लक्षीमापती स्मेत साछी वसेको भगीध्वज संग मुद्दा पर्दा म कासी नाथकै सदर गरी मीलापत्र गरेको ९५ सालमा मेरो नाउमा दर्ता भै तीरो तिरी भोगेको सो राजीनामा हरायेको थापाई झुट्टा उजुर गरेको हो जालसाज गरेको हैन भन्ने कासीनाथ स्मेतको प्रतेवादी ।
वंधकमा दीयेको नीसा प्रमाण वादीले दीन नसकेको भगीध्वजले उजुर गर्दा वादीका वाजे लछीमापतीको राजीनामा सदर राषी मीलापत्र गरेको सो मीलापत्र उपर वादीले उजुर गर्न नसकेको पदमलाल ले पनी तीरो वुझी रसीद गरी दीयेको रु ४०० को वंधक उकास गरी पाउ भनी पदमलाल ले कासीनाथ उपर नालेस गरेकोमा र वंधक तीरी उकास गर्न पाउ भनी यै वादीले नालिस गरेको मुद्दाँमा वादीले उकास गर्न नपाउने ठहरी आजै छीनीयेको स्मेत वाट वादीले झुट्टा उजुर गरेको ठहर्छ भनी 9/5/23 गते तापलेजुं अमीनीले फैसला गरेको ।
जुन राजीनामा वंडापत्र कृते भन्ने उजुर गरेको सो सकल राजीनामा वण्डापत्र पेस हुन नआयेको सो राजीनामा वंडा पत्र मीलापत्र रसीद मुखको परीपंच मीलाई जगामा हक छुट्टाउने प्रमाण खडागरेको ठहरी थैली मुदा आजै फैसला भयेकोले येसवाट केही गर्नु नपर्ने ठहर्छ भनी 9/10/29 गते धनकुटा अपीलले फैसला गरेको ।
सो इन्साफमा चीत्त वुझेन भन्ने कासीनाथ स्मेतको धरौटी अपील परेको यो मुदा वुझ्दा जुन लेखत वण्डापत्र राजीनामा जालसाजी भन्ने यो उजुर छ सो लेखत सकल पेस गर्न प्रतेवादीले नसकेको र जगा वंधकीमा कासीनाथले खायेको ठहरायको थैली तीरी जगा उकास गर्न पाउ भन्ने मुदामा धनकुटा अपीलको ईन्साफ मनासिव भै आजैका मीतीमा छीनीयेकाले स्मेत इन्साफ धनकुटा अपिलकोमनासीव छ इन्साफ पारी छींन्ने हाकीं उपर अपील गरेमा अपीलाट तापलेजुं ञामरुप मालवासे वस्ने जायेधर्म पाध्या १ ऐ वस्ने कासीनाथ पाध्या १समेत के सुरुले डंड नगरी छीनेकोले हाकींका नाउमा कराउनेका १० नं का अैनले जनही कंरु १ येकका दरले डण्ड हुन्छ सो डण्ड तारेषमा वस्न नपर्ने गरी १०।१।१५ गते धनकुटा अपील्मा धरौट राषेको मीसीलवाट देखीदा सदर स्याहा गर्नु भनी सो अपील लाई लेखी पठाउन तहसीलमा लगत दी मुदा छीनीयको जनाउ अपीलाट् कासीनाथ जये धर्म लाई पठाई मीसील प्रधान न्यायालय मीसील फाट्मा वुझाइदीनु ।
भगवती प्रसाद सिंह
न्यायाधीस
इती सम्वत २०१० साल पौष २८ गते रोज २ सुभ्म्