निर्णय नं. ७०६ - जगा जालसाजी
अ नं ७०६/2010
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
ठा .नं461
नीवेदक- डडेलधुरा छगर्खा बुडालीगाउँ
बस्ने बहादुर अैर छेत्री
विपक्ष- प्रतेवादी डडेल्धुरा छगर्खा वुडालीगाउ बस्ने नंदा अैर छेत्री
मुदा जगा जालसाजी
इजलास
श्रीमाननीय न्यायाधीस भगवगीप्रसाद सिंह राजपुत वी एस सी बिएल्
फैसला
येस्मा डोटी अपीलले गरेको इन्साफमा चीत्त बुझेन दोहोराई पाऊ भन्ने बहादुर अैर छेत्रीको वींतीपत्र वेहोरा साचो भये यो मुद्दाको मीसील झीकी इन्साफ जाची अैनसवाल बमोजीं गर्नु भन्ने आदेस वमोजीं यो मुदा प्रधान न्यायालय पैला फाटवाट नक्सा गर्न पठायेकोमा वहादुर अैरको र नंदा अैरको जगा मुदामा नक्सा हुदा सरजमीन स्मेतले घुस खाई मेरो घरलाई वाहादुर को घर भनी लेखे भन्ने दन्ते अैरको नालेस परेको भंन्ने ७ साल मार्ग ४ गतेका डडेल्धुरा अदालतको लेखोट वमोजीं सो घुस मुदा नछीनीये सम्म यो जगा मुद्दाँ मुलतवी राखने भनी 7/9/5 गते प्रधान न्यायालय पैला फाँट वाट मुलतवी रही घुस मुदा छीनीयेका वाटाका म्याद वाहेक ७ दीन भीत्र हाजीर हुन आउला भन्ने बाहादुर अैर छेत्रीले तारेष लगेकोमा सो घुस मुद्दा छीनीयो छीनीयेन भनी वुझ्दा ७ साल माघ २ गते अघिको क्याप्चर हुदा मीसील पोलीयेको र सावीकले वुझायेको नदेखीयको नकल ली कारवाई गरी पाऊ भन्ने अर्को मुदा परेको झगडीया येस अडामा हाजीर रहेको श्रेस्तावाट देखिदैन भन्ने डडेलधुरा अदालतले ज्वाफ दीयेको सो घुस मुदा क्याप्चरमा परेपनी झगडीयाले खोजी वुझी गरी कारवाई गराउनु पर्नेमा अैले सम्म नगराई पैरवी छाडेकोले यो जग्गा मुदामा गैर हाजीर हुदा इन्साफ जाच नहुने भै डीसमीस गरीदीनु उजुर वाला नीज वहादुर अैर छेत्री के इन्साफ सदर भएमा सुरु डण्ड मो रु ।८४ हाकीं का नाउमा कराउनेका ११ नं ले सैकडा १० ले मो रु ।८।२ डण्ड हुनेमा डीसमीस गरायेकाले अदालती वंदोवस्त २२८ नं का अैनले सै कडा ५ ले मो रु ।१येक पैसा डण्ड हुन्छ रुजु नहुदा असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाटमा वुझाइदीन ।
भगवती प्रसाद सिंह
न्यायाधीस
इती सम्वत् २०१० साल पौख २८ गते रोज २ सुभ्म्