निर्णय नं. ७०७ - सरजिं मुचुल्का बदर गरी पाउँ।
अ.द.नं. ७०७-२०१०,
प्र.न्या. कंहन्चीका फा वीभागबाट सक्कल बमोजिम नक्कल देखाई फैसलाको नक्कल साकार भयेको मिसिल कागजको पैसला राखी पठायेको छ २०१० साल चैत्र ३ गते रोज शुभम्------------ |
प्रधान न्यायालय सिंगल बेञ्च
मुद्दा- सरजिं मुचुल्का बदर गरी पाउँ।
अपिलाट भ.प.ई सुर्य विनायक बस्ने नेपाल् सीं बस्नेत क्षेत्री
विरुद्द ऐ सिपाडोल एलाई गाउ बस्ने चन्द्र बहादुर रानामगरस्मेत
ईजलास
श्री माननीय न्यायाधिस महेन्द्र बहादुर महत क्षेत्री
फैसेला
यसमा अपिल दोश्रा उपर नेपाल सीं बस्नेत क्षेत्रीले बुझेन भनि अपिल गरेको यो मुद्दामा निज अपिलाट नेपाल सिंले ०१० साल आश्वीं १३ गतेको तारेख तोकि लियाकोमा स्व तारेखमा हाजेर नभै दोश्रापटक पारी गुजारीको र स्व गुज्रेको तारेख थामि ल्याएको स्मेत मिसिलबाट नदेखिएकाले अ.वं. २२६ नं ले नीजको अपिल डिसमिड गरी दिनु डिसमिस गरे बापत अ.व. २२८ नं ले सुरु दण्ड ।९४।२ कैद ।.८ को इन्साफ सदर ठहरे हा.का. १० नं. ले दंड ।९।२ कैद ।.।१२ हुने तेस्को पनि सैक्रा ५ ले दंड रु ।०।२ दुई डाम र कैद ।.। १४ चौध घण्टा निज अपीलाट नेपाल सिं बस्नेतलाई दंड कैद हुन्छ बेरुजु हुदा तहसिलमा लगत दी मिसिल मिसिल फाटमा बुझाई दिनु।
न्यायाधीश
ईति सम्वत २०१० साल पौष २८ गते रोज २ शुभम्