निर्णय नं. २९ - नाऊसारी
अभिलेख दर्ता नं.२९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.२/१७५ नि.नं.........
प्रधान न्यायालय सींगल बेञ्च
डा.नं.१७५
मुदा नाऊसारी
काई पोषल ल्याङ् बस्ने क्रीष्णराज मर्दा मुद्दा सकार गर्ने सानुनानी ऊपाध्यानी १
वीपक्ष ऐं धोबिधारा बस्ने धुर्वकुमारी उपाध्यानी
इजलास
श्री माननीय न्यायाधीश मा ने.ता. ले.ज. प्रकाशसम्सेर जङ्गबहादुर राणा
फैसला
येसमा प्रतेवादी संग मुदा परी वेपत्ता भयेकी जेठानीको हक स्मेत आधा आधा पाउने गरी सर्जं कोत वाली र भारा गरी लापित फैसला भयेकोमा मोहीसंग वाली षाई जगा स्मेत सकन षान नपाउने गरी जगा स्मेत आफ्ना नउमा मात्र येकलोटी दर्ता गरेछं ९३।१२।१० का वंडापत्रको जगा ज्मा कीत्ता १४ मेरो भाग र जेठानीको भाग समेत दर्ता गरी पाऊ नीजले येकलौटी दर्त गरेको बदर गरी पाउ भन्ने समेत धुर्व कुमारीको ठाडो विंतीपत्र वयां रहेछ ।
ईनै वादीको उजुर परी फैसला हुदा वादीको १ भाग मेरो १ भाग जेठी भाउजुको १ भाग अंश हुने ठहरी भागदारी लगायेत फैसला भयेको भाउजुको भाग मेरो र वादीको जींमा रहेको जगा वावु धर्मराजकै नाउमा दर्ता रही जगाको आयेस्ता आधी आधी गरी षायेको छ । मोही वुझे जाहेर हुनेछ भाउजु नआयेसंग जगा नछुटीने जगा नछुटी वादीको नाउमा दर्ता नहुने जगा दर्ता गरे भंने तर्क लाई अरु ११ कीत्ता वावु धर्मराजकै नाउमा छ ३ कीत्ता जगा वावु धर्मराजकै नाउमा छ ३ कीत्ता जगा काठमांडौ नापी भयेकोले वादीको मंजुरले मैले दर्ता गरेको हुनाले वेमंजु भये मौकामा ऊजुर गर्न पर्ने षाली वेचविषन गर्ने सुरले झुठो उजुर गरेको भन्ने प्रतिवादी म कृष्णराजको वयान रहेछ ।
काठमाण्डौ सर्भे पा वं तहविल फाट वुझी जवाफ आयेको ईनी वादी प्रतेवादीको अंश मुदा प्रमाण नीमीत्त झीकाई हेरदा जंमा श्रीसंपती ३ भागमा १ भाग छुट्याई वेपत्ता भयउेकी अंसीयारको १ भाग वादी प्रतिवादीको जींमा लगायेको देखीयाको जगा येसलाई येता भ्नेन नछुटीयेपनि रोपनी र आयेस्ता षुलेको हुनाले र वादीको हक लागने जगासमेत प्रतेवादीले दर्ता गरेको देषीनाले जेठानीको भाग दर्ता नहुने १४ कीत्ता जगामा ३ भागको १ भाग वादाका नाउमा दर्ता हुने ठहराई रा.फा.दे.दोश्रावाट ५।५।२ गते फैसला गरेको रहेछ ।
अरु जगा वावुकै नाउमा सावीक वमोजीं दर्ता छ । जगा नछुटी दर्ता नछुटीने अंसीयार वेगर वादीको १ भाग दर्ता हुन नसकनेमा दर्ता गर्ने गरेको ईनसाफमा चीत्त वुझेन भंने सुरु उपर प्र.भीस्मराजको अपील परेको रहेछ ।
ईन्साफ सुरु देवानीको सदर गरी अपील पैल्हा फाटवाट ०७।६।२ गते फैसला गरेको रहेछ ।
स्व ईनसाफ उपर सुरु देवानीले गरेको इनसाफ उपर अपीद्य गरेको कुराको जीकीर ली न्यालयमा अपीलाट भीस्मराजको अपील परेकोमा नीज मरी नीजको स्वास्नी सानु नानी उपाध्यानीको बिंतीपत्र परी भयेको आदेसवाट नीजले यो मुद्दा सकार गरेकोमा वादीको नाउमा १ भाग मात्र दर्ता गरी दीने भनेको वेठीक हुदा छलफलमा वादि ध्रुव कुमारलाई झीकाउनु भन्ने श्री माननीय न्यायाधीश प्रकाश संम्सेर जं.ब.रा.वाट ०९।१२।३० मा आदेस भयेको रहेछ ।
यो मुदामा सानो नानीको वारेस जानकी रमण र वादी ध्रुव कुमारीलाई छलफलमा राषी यो मुदा नीर्णय हुदा मेरो अंसको र वेपत्ता भयेकी जेठानीको अंस भाग स्मेत नाउसारी गरी पाऊ भंन्ने वादी ध्रुव कुमारी र वेपत्ता भयेकी भाऊजु स्मेत ३ अंसीयारको ३ भाग अंस गरी वेपत्ता भयेकी जेठानी आये पछी फीर्ता दीने गरी नीजको १ भाग स्मेत हाली २वैलाई आधी आधी जींमा लगाई कोत वाली र भारदारी दोश्राबाट ०९४।८।८ मा फैसला भयेकोले नाउसारी गरी दीन मंजुर छैन भंने प्रतेवादी भीस्मराज भयेकोमा स्व वंडाको जगा मध्ये ३ कीत्ता जगा प्रतेवादी भीस्मराजले येकलौटी सर्भेमा दर्ता गरेको देषीन आयेको अंसीयार सवैको हक लागने ३ कीत्ता जगा प्रतिवादीले दर्ता गरेको नीजको नाउमा दर्ता कायं राषन पनी मुनासीव नपर्ने र अरू वंडा भैसकेको जगास्मेत नाउसारी हुदैन भन्ने ऊचीत नपर्ने हुदा वादी ध्रुव कुमारी प्रतेवादी भीस्मराज मरी सकारवाला नीजकी स्वास्नी सानुनानी र मीसीलवाट नाउ पता नभयेको वेपत्ता भयेकी दीव्वे देउकी छोरी प्रतेवादी भीस्मराजकी भाउजु वादी ध्रुव कुमारीको जेठानी स्मेत ३ अंसीयारका नाउमा वंडापत्र वमोजींमको जगाहरु नाउसारी गरी दीन भनी सरोकारवाला अडाहरुलाई लेषी पठाई दीन मीसील सुरु रा.का.देवानी फाटमा पठाई दिनु । वेपत्ता भयेकी अंसीयारको हकमा नीजको अंस भाग वंडापत्र र भारादारीका फैसला वमोजीं जेठानी आये पछी फीर्ता दिने नीज नआयेसंम वादी प्रतेवादी दुवैले जींमा लीनु भनी वादी प्रतेवादीलाई सुनाई दीनु केही ईनसाफ उल्टीमा सुरु र अपील पैल्हालाई जरीवाना गर्नु पर्दैन नगर्नु सजायेका हकमा सुरुमा कोट फी रहेको कोर्ट फी राषी अपील दर्ता भयेको र नाउसारी गरी दीनु पर्ने ठहरेकाले अब केही गर्नु पर्दैन ।
न्यायाधीश
ईती सम्वत २०१० साल वैसाष २८ गते रोज १ सुभं ।