निर्णय नं. ७०८ - वीगो
अभिलेख नं 708/2010
नेपाल प्रधान न्यायालय डिभीजन वेञ्च
ठा. नं
उजुरवाला प्रतेवादी जिल्लै वर्दीया तप्पे पटुवा मौजे महुवा बस्ने सत्यकुमारी ठकुरीनी- १
ऐ तप्येढेला मौजे वगहना बस्ने नन्द कुमारी ऐ -------1
ऐ तप्य पटुवा मौजे अम्मरपुर बस्ने कर्म कुमारी ऐ -----------1
विपक्षी- वादी नेपालगंज वजार बस्ने गया प्रसाद कसोधं वानिया-------१
मुदा वीगो
इजलास
श्री माननीय प्रधान् न्यायाधीश हरिप्रसाद प्रधान एम. ए वी. एल
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत
फैसला
यसमा चौ वीर विक्रम सीं को जहान ई प्रतेवादिहरु मौजे वगहनमा घरद्ववार गरी बस्दा का ८८।१।२ का मिलापत्रको कं रु २६००। र त्यस्को सूरसमेत भाखाया नवुझाउदा नीज चौ वीर विक्रमका नाउमा नालेस गर्दा सुद र नालेस षर्चस्मेत जम्मा कं रु ५८८०।।३ भरी पाउने गरी ९७।३।३१ मा फैसला भयेको चौ वीर विक्रम मरी सकेकोले नीजका छोरी वुहारी स्वास्नीका नाऊमा दर्ता भयेको जिम्दारी लीलां गरी विगो भराईपाऊ भनी दरखास्त दिएकोमा माल्का ज्वाफबाट मौजाहरु पेवा धंवाट षरिद गरेको देषीनाले छोरीका नाउको मौजा वाहेक स्वास्नी वुहारीका नाउमा दर्ता भयको मौजा लीलां गरी भराऊनलाई प्रतेवादीहरु सगोलका ठहरे लिलाम हुने हुदा २ वर्ष भीत्र नालेस गर्नु भनी 2003/11/19 मा पर्चा गरी सुनायेकोले नालेस गर्न आयको छु चौ वीर विक्रमले तेजारढमा कर्जा लिदा सो ४ मौजा वंधकराषेको म भाषामा रुपैया नवुझाएकाले सो रुपैञा लीलाम हुदा आफ्नु नोकर नारायण थारुका नाउमा सकार गराई आफैले भोग चलान गरी आएको प्रतेवादीहरुले अपुताली बाट षायका हुँ माईतको पेवा धंवाट खरीद गरेको नभै धौवीर विक्रम कै धं हो साह मार्न सम्म पेवाको भनी लवज राषी लिन गरेको हो सो मौजाको वाली विटारी कुर्मीलाई विक्री गर्ने कवुल गरी रण विक्रमले रुपैया लीयको र ज्मीदार भनी सही गरेकालेस्मेत पेवा भन्न नहुने हुदा माहाकाली मालको श्रेस्ता स्मेत वुझी प्रतेवादीहरु सगोलमा वसेका अवस्थाले प्रतिवादीहरुले स्मेत खाएको हुदा सो मौजा लिलां विक्री गरी विगो भराई पाउ भंने स्मेत वादी रहेछ ।
चौ वीर विक्रमको भयेकको जगा जीम्दारी ८८ सालको सर्वासो लिलाम भै गयेकोले स्मेतले सकार गरी लियेको केही साल पछी हामीहरूले आफ्नु आफ्नु पेवा बाट १५१ जीम्दारी षरिद गरी लियको दर्ता श्रेष्ता मालमा प्र. नारयण थारु चौ वीर विक्रमको नोकर नभै हौसियत दार मानीस हुदा नीज संग मुन देव पाध्यास्मेतले जीम्दारी षरिद गरेको छ चौतारीया संग बाकी भय लिलाम आफ्नो थैली स्मेत गभ्याई सकार गराई लिन सक्नु पर्ने नसकी चौतारीया वीर विक्रम संग संगोलमा वसेको नभै आफ्नो पेवावाट जगा जिम्दारी वसी खाई आएको सर्जमिन वुझेमा जाहेर् हुने हाम्रो मंजुरी वेगर लें दें गरेपनि सदर नहुने हामीले रण विक्रमलाई जीम्दारीमा कुनै काम गर्न दियको छैन भंने समेत कर्मकुमारीस्मेतको प्रतिवादी रहेछ ।
प्रतेवादीका साछीले पेवा धंले प्रतेवादीहरुले जीम्दारी खरिद गरेकाले जस्को जिम्दारी हो ऊसै उसैलाई वटैया वुझाई आयेको छु भनी वकेको वादीकै साक्षी ले पनी पेवा धं हैन भंन नसकेकोले पेवा धंवाट जीम्दारी षरीद गरेको सीध्दै देखिएको मालीक आफ्नु मानीसको जगा लीलांम हुदा सकार गरेको नीजकै ह्नुन्छ भन्य अैं नभयेको नारायण थारुले लियेका रुपैया वीर विक्रमकै हो भन्न सवुद वादीले केही दिन नसकेकोले वीर विक्रमको भन्न नहुने रण विक्रमले विहारी कुर्मी लाई गरी दीयको लेखतमा दर्ता वालाको सैनभएको रणविक्रमले माहाकाली मालमा लगी स्वास्नी समेतको धां विक्री गरेकै भये पनी मौजामा हक नलाग्ने मालवाट आयको राजीनामा प्रतिवादीको पेवा धं वाट खरिद गरी दर्ता गरायको देखियकाले प्रमाण वेगर पेवाजनीपास भएको राजीनामा वदर हुन नसक्ने पेवा धं बाट खरीद गरेको जगा जीम्दारी सर्कारको वाकी र दुनियाको विगोमास्मेत मुलुकी सवा फुटकर वारेका १४ दफाले नजाने हुदा सो मौजामा दावी पुग्न सक्तैन विर विक्रम वीर विक्म मरी सकेकाले ई प्रतिवादीहरुवाट अरु जेथाले भराउन सगोलमा हुदाको र भीन्न भये पछी षायको रीन के हो यसबाट ठेकां हुन नआएको र विगो भरी भराउको सुरु दर्खास्त मा मौजा सम्म लेखियेकोले अरु जेठाको विचार गरी रहन नपर्र्ने भंनस्मेत 06/9/2/23 मा वर्दिया अमिनी बाट फैसला गरेको रहेछ ।
हेम कुमारीस्मेतको नारायण थारुस्मेतको वर्दीया सर्भेबाट कारवाई भएको मिसिलबाट मेरा मानिस नारायण थारु भनी लेखीयको देखियको विहारी लालको र चौ रण वीर विक्रमको लें दें मुद्दाको मीसील सामेल रहेको ०३।७।२२ मा रण विक्रमले गरी दीयको तमसुकमा मेरा दीव्यको नाउमा दर्ता भयेपनि घरको मुख्य मालिक भै वेवार सवै मैले चलाइ आयको भंय लेखियको विरवीक्रमले 89/12/1 मा रु 3600/-वुझाउने गरी ८८।१।२ मा मीलापत्र भयेको सो रुपैया र व्याज समेत गरी ५८८८।।।३ तिर्न पर्ने ठहर्छ भनि वाके अमिनीवाट ९७।३।३१ मा फैसला भयेको सो भन्दा अघिको मालपोत वाकी नभै पछी को विगोमा जिम्दारी लीलां भयेको नारायण ठारुले सकार गरेको मालको ज्वाफ बाट देखियको सत्य कुमारी स्मेत ३ नै जनाले यकै मितिमा ४०००१/४००१/४०२४मा नारायण थारु संग खरिद गरेको मिसिल सामेल रहेको तमसुक नककलवाट देखिएका प्रतेवादिको ३ जना साक्षीले सगोल भीन्न र नाराषण थारु नोकर हो हैन थाहा छैन भनी वकेकोले साहु मार्न नोकरका नाउमा जगा जीम्दारी गरायको रहेछ भंन र मालका ज्वाफबाट सो वखत सगोलमा रहेको देखीयको यो साल मितिमा भीन्न भै वसेको भनी प्रतेवादीले लेख्न र नारायण थारु नोकर होइन भन्न नसकेर्को पेवा धं बाटै नारायण थारु संग खरीद गरेको भये दान दातव्य क ४ नं का अैं वमोजिम लेखतगरी नदियका हकराको दावी लाग्ने हुदा सो दावी यतिका वखत गरी मात्र दीने लिने चलं भयेको लेखत प्रमाण भयको लेखत प्रमाण दीने नसकेको हरी विक्रम रण विक्रम सावित भै प्रतिवादी नै नदिएको प्रतिवादीहरुले साहुको थैली अलमल्याउने नोकर नारायण ठारुको नाउमा सो गराई पछि आफूले लियेको देखिनाले नीज प्रतेवादीहरुका नाउको जीम्दारी बाट वादीले विगो भरी पाउने ठहर्छ भंन्यस्मेत 07/3/23मा वाके वर्दिया अपिलबाट फैसला गरेको रहेछ ।
माइतीबाट दियको पेवाले खरिद गरेको भंन्य अपिल जीकिर र तमसुकमा पनि पेवा धं भंन्य लेखियकोले दान दातव्यका ४ नं का अैं वमोजीं छीनेको इन्साफ अपिलको मनासिव भनी ०८/11/13 म प्रधान न्यायालय चौथा फाटवाट फैसला गरको रहेछ सत्यकुमारी स्मेतको वारेस भै कुवेरनाथले दिएका विंतीपत्रमा भएका आदेश वमोजिम उजुरवालाको वारेस वहु प्रसाद र तारेकमा रहेको वादीको वारेस कृष्ण वहादुर लाई समेत राषी वुझ्दा
विर विक्रमबाट वादीले विगो भरी पाउने गरी 97/3/31 मा फैसला भयेको सो फैसाला हुनु भन्दा अघिनै नीज वीर विक्रमको जिम्दारी 96/2/10 मा लिलां हुदा नारायण थारुले लीलां हुदा नारायण थारूले लीलां लियको मा नीज नारायण थारु बाट प्रतेवादी नन्द कुमारी स्मर्तले ९८।९।२८ म जीम्दारी राजीनामा गरी लियकोमा पेवाधंबाट लियेका भन्ये रजिष्टेसन पास भएको राजिनामामा जनिएको सो राजिनामामा जनिय वमोजिम प्रतेवादीको पेवा धं वाट राजीनामा गराई लियेको होइन निजहरु को पेवा धं छैन वीर विक्र कै धन हो भन्या पक्का सवूद वादीले दीन नसकेको सर्जमिनका मानिसले पनि नारायण थारु षान लाउन पुग्ने नम्वरी वाला किसां हुन भन्येस्मेत लेखी दियकाले नारायण थारुले लिलांमा सकार गरी लीयेको जीम्दारी वीर विक्रमले नै सकार गरायको र साहु मार्न पेवा धंबाट खरिद गरेको भनि नन्दकुमारी स्मेतका नाऊमा राजिनामा गराई लिइको भंन मनासिव नपर्नाले स्मेत इन्साफ वर्दिया अमिनीको मनासिव वाके वर्दिया अपिल प्रधान न्यायालय चौथा फाट्ले उल्टी फैसला गरेको डहर्छ तपसिलको कुरामा तपसिल वमोजिम गर्न अदालत तहसिलमा लगत दी मिसिल मिसिल फाट्मा वुझाई दिनु ।-
तपसिल
देहायका प्रतिवादीके वाके वर्दिया अपिलका 07/3/23/1 का फैसलाले गर्ने गरेको दंड कं रु ५ पाचका दर्ले नलाग्ने हुदा असुल भया फिर्ता नभयेको भये वेहोरा जनाइ लगत काटी दीनु भनि पुर्जी गर्न लगत दिने कं रू पन्द्र रूपैञा -१५
सत्य कुमारी ठकुरनी के दंड पाच रुपैञा-------------5
नन्द कुमारी ठकुरनी के दंड पाच रुपैञा -------------5
कर्म कुमारी ठकुरनी के दंड पाच रूपैया ------------5
वर्दिया अमिनीका देहायका मानिसलाई वाके वर्दिया अपिलका ऐ मितिका फैसलाले गर्ने गरे जरिवाना नलाग्ने हुदा असुल भये फिर्ता नभये वेहोरा जनाई लगत काटी दिनु भनि पुर्जी गर्न लगत दिने कं रु यक रुपैया -१
ले. देव मुनी ------------------------------------1
ख ज्वालाप्रसाद ---------------------------------1
वी कृष्णप्रसाद ---------------------------------1
वादी गया प्रसाद कसोधन वनियाके सुरू वाट दंड गरेको नहुदा हाकींका नाउमा कराउनेका १० नं ले तजविजी कं रु पाच रुपैया दंड हुन्छ वारेस हुदा अैं सवालको रीत पुर्र्याई असुल गर्न अदालत तहसिलमा लगत दिने कं रु-----------------
देहायका प्रतेवादी के प्रधान न्यायालय चौथा फाटका 08/1/13 का फैसला र 08/1/18 का लगतले गर्ने गरेको दंड नलाग्ने हुदा असुल भये फिर्ता नभये वेहोरा जनाई लगत काटी दिनु भनि लगत दीने ।------------------------------
सत्य कुमारी ठकुर्नी के आठआना -------------------''
नन्द कुमारी के आठ आना ----------------------------''
कर्म कुमारी के आठ आना-------------------------''
देहायका अडाका मानिसके गल्ती फैसला गरेमा जरिवाना गर्न पर्दैन
प्रधान न्यायालय चौथा फाटका मी सु इन्द्र लाल ----------------------------।
ऐ का सु मीन वहादुर ----------------------------।
ऐ का वी ह्रदय राज ---------------------------------।
वाके वर्दिया अपिलको सु भैरव प्रसाद -------------------।
ऐ का वी देवी सीं सोलवाल क्षेत्री
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत २०१० साल पौष २९ गते रोज ३ शुभम्