निर्णय नं. ७०९ - हक सफा
अ.द.नं.७०९-२०१०,
दे न.१५५/६२५
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
मुद्दा नं. ६१६
मुद्दा हक सफा
बागलुं इलाका पर्वत धान्द्रुक अरुभैया थर बस्ने बादी धीर बहादुर गुरुंङ
बागलुं इलाका पर्वत धान्द्रुक तल्लो गाउ बस्ने प्र ले.क. बल बहादुर गुरुंङ
ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पंत
फैसला
येस्मा धीरबहादुर गुरुको र ले.क. वलवहादुर हक सफा मुद्दामा पाल्पा अपीलले गरेको ईन्साफमा चीत्त बुझेन भंने वादी धीर बहादुरको अपील परी आयेको येस मुद्दामा अपीलाटको वारेस लाल बहादुरले २००९ साल भाद्र ३० गतेको तारेष पैला पटक पारी गुजारेकाले अं वं २२६ नं ले यो मुद्दा दायेर रहन नसकी डीसमीस गरी दिने डीसमीस गराये वापत अपीलाट धीर बहादुरके सुरु र अपीलबाट स्मेत नीजलाई केही सजाय नभयेकाले इन्साफ मनासीव ठहरे हाकींका नाउमा कराउनेका १० नं बमोजीं तजविजी मोरु १। यक डंड हुनेमा डीसमीस गरायेकाले अ.वं. २२८ नं बमोजीं सैक्रा ५ मोरु ५ ले पाच पैसा दण्ड हुन्छ रुजु नहुदा असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीने।
द...................
न्यायाधीश
इती सम्वत २०१० साल पौष २९ गते रोज ३ शुभम्----------------------