• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७११ - जिम्मा तालुक

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/३० १२८

अ.द.नं. ७११-२०१०,

दे न.४१८/८६७

 

 नेपाल् प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं. ८६७


अपिलाट

माझ किरात पूर्व ४ नं थुं हनुवा मौजा लुखीको ढुंगे खानी बस्ने ज्ञान बहादुर राई (बादी)

विपक्ष

ऐ.ऐ लुखी बाख्रेटी बस्ने रकं लाल राई


मुद्दा जिम्मा तालुक

इजलास

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री

फैस्ला

एस्मा चन्द्रलाल रंकलाल २ जनाका नाउमा जिम्मा दर्ता भई वडा बाबु निज चन्द्रलालले बादी मध्ये अमाली कुलबहादुरलाई छोडपत्र गरी दियाकोमा हकदार हुदा बाकि तिरी स्रेस्तामा मेरो नाउ दर्ता छैन ता पनि दामकाम गरी आएको चन्द्रलालबाट पायाको छु भनि यो ०७ सालको असार दसै वेठ बेगार रोकी खायो मेरो हक सदर थामीपाउँ भन्‍ने स्मेत ०७।११।१७।४ को उज्दरी दर्खास्त रहेछ।

चन्द्रलालको र मेरो आलो पालो जिम्मा भएकोमा सनद बमोजिम माझ किरात मालबाट रैति रोजाह ०६।९।१५ मा बहाली पूर्जी स्मेत ली मलाई रोज्दा दाम काम गरेको छु वादीका हक पुग्ने र दाम काम गरे आयस्ता खायेको स्मेत छैन नीज चन्द्रलालको सिकायतमा लागी झुट्टा उज्दर गरेको हव भंने स्मेत प्रतिवादी रहेछ।

यो मुदामा चन्द्रलाल छदै यो वादीको उज्दर पुग्न नसक्ने हुनाले खारेज हुने ठहराई पुर्व ४ नं भोजपुर अदालतले ०८।१०।१०।५ मा फैस्ला गरेको रहेछ। खारेज गरेको इन्साफमा चित्त बुझेन भंने वादिको अपिल जीकीर रहेछ।

इन्साफ सुरु अदालतको मुनासिब ठहराई धंकुटा अपिलले ०९।५।१२।४ मा फैस्ला गरेको रहेछ।

रैति रोजायकै जाल्साजबाट हुदा सुरुको इन्साफ सदर गरेमा चित्त बुझेन भंने वादीको अपिल जीकीर रहेछ।

पेश हुन आएको यो मुद्दा बुझदा तालुकदार बाजे चन्द्रलाल छदै नाती चाहीले तालुकी पाउ भनेको उज्दर हुदा खारेज हुने ठहराई सुरु र अपिलले छिनेको अदालती बन्दोबस्त १०६ नं का अैंले मनासिव छ।

अपिलाट ज्ञान बहादुर राई के सुरु दण्ड मोरु ।५० को हा.का. १० नं ले दोश्रो अपिल हुदा सैक्रा ५ ले मोरु ।२।२ थप दण्ड हुनेमा तारेखमा बस्न नपरोस भनी धं. अपिलमा ०९।७।२२।६ मा मोहरु ।३ तिं पैसा धरौट राखेको देखिएकाले सदर स्याहा गर्नु भनि अ.त.दे. फाटमा लगत दी छिनीएको जनाउ अपिलाटलाई दिनु भनी मिसिल जिल्लामा पठाउन मिसील विभागमा बुझाई दिनु

 

 

                                    

                                                न्यायाधीश

 

इति सम्वत २०१० साल पौष ३० गते रोज ४ शुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563