निर्णय नं. ७१२ - जगा खीचोला
अ.द.नं.७१२-२०१०,
दे न.४२३/२
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
ठा.नं. २
अपिलाट
पुर्व २ नं चिसापानी मध्ये जुधार बस्ने चन्द्रलाल पाध्या (वादी)
विपक्ष
ऐ भाल्द रातमाते बस्ने लक्ष्मण खड्का (प्रतेवादी)
जगा खीचोला
इजलास
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री
फैस्ला
एस्मा अपिलाटको वारेस म चुरामान प्रधानले गत श्रावण ३ गते तारेख पैला पटक पारी गुजारेको र आज सम्म थामी ल्याएको स्मेत मिसीलबाट नदेखीएको हुदा अ.वं. २२६ नं का अैंले अपिलाटको अपिल डायर हन नसक्ने हुदा डीसमीस गरी दिनु डीसमीस गरायेमा इन्साफ सदर भए सुरु दण्ड मोहरु १। एक हा.का. ११ नं. ले इन्साफ ठहर्यायेमा तेस्को सैक्रा ।१० ले मोरु । १० पैसा थप दण्ड हुनेमा अपिल उज्दर डीसमीस गराये वापत अ.वं. २२८ नं. ले तेस्को पनि सैक्रा ।५ ले मोरु ।१ पैसा दंड हुन्छ रुजु नहुदा अैं बमोजिम असुल गर्नु भनि अ.त.दे.मा लगत दी मिसील मिसील विभागमा बुझाई दिनु।
न्यायाधीश
इति सम्वत २०१० साल पौष ३० गते रोज ४ शुभं