निर्णय नं. ३० - जगा दपोट्
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं ७५४
अपीलाट् प्रतेवादी
प.१.नं.नु.ई.बेलकोट बस्ने जीवलाल डोटेल
ऐ.ऐ. बस्ने बालकृष्ण ऐ
विपक्ष्य वादी
प.१.नं.ई.नुबेलकोट बस्ने विष्नु प्रसाद जैसी
मुद्दा: जगा दपोट्
ईजलास
श्रीमाननीय न्यायाधीस प्रदीप्तमान्नेवर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबाहादुर राणा
फैसला
यस्मा केऊरेनी खेतमा लागने तेर्सो कुलो ऊधो पुर्व भट्टडाडाँबाट झरेको खेत खोलसो पस्चीं केऊरेनी खोलसो ऊतर सोही केऊरेनी खोल्सो र भट्टडाडाबाट झरेको खोलसोको २ खोलाको दोभान दक्षीं यति ४ कील्लाभीत्रको लामीडाडा पुछार सो कुलो ऊधो सरकारको रैकर पाषो जगा र सोही कील्लाभित्र गरो खेत स्मेत ९४ सालदेखी केही खेत केही पाषो अवाद गरी कट्टी दरता तीरोभरो नगरी खायेको हुदा खेतको सालको मोरु ।५० ले र पाषाको सालको मोरु ।२५ ले २००५ साल तकको ६९। सरकार दाषेल गरी सो जगा र तालुकीस्मेत मेरा नाऊमा दरता गरी पाऊँ भन्ने वादी
सो ४ कील्लाभित्रको जगा दपोट् गरी खायो भनी बादीले उजुर गरेको जगा लामीडाडा कुलो ऊधोको ५९ सालको लगतमा हाम्रो बाबु हरी नारायन डोटेलका नाऊमा दरता भयेको श्रीचौ पुर्णजे पराक्रम साताको मानाचावल सालको रु।२५ तीरो लागेको जगा हो मजकुरको थरी कासीनाथ डोटेललाई सालसालै तीरो बुझाई आयेको छु माल दर्ताको रैकर जगा होईन भंने प्रतेवादी
जालसाजी मुद्दामा बुझीयाको थरी कासीनाथ डंडपानीस्मेतले कुलो ऊधोको रु।२५ तीराको जगा होतराज भवानीसंकर जीवलालस्मेतले खायेको छ कुलो ऊधोको जगा हरीनारायनकै दरताको श्रीचौतारीया साहेबका मानाचामलभीत्रको रु ।२५ तीराका जगा हुँ सो जगाको रकंस्मेत मैले नै असुल गरी तहसीलमा दाषेल गरी आयेको छु भनी लेषीयको मेट् बंडी डोरबाट आयाको उतारबाट पनी हरी नारायन सीकरकटेरी लामीडाडा कुलो उभोको १ स्मेत २ र सीवनारां डोटेलल चुवाइष कुलो ऊभो लामीडाडा २ ठाऊँस्मेत दरता देषियेकोले कुल ऊमोको जगा छुट्टै भये वादीले नक्सामा देखाऊन लेषाऊन सकनु पर्ने सो नसकेको भै आयेको नकसाबाट वादीले दपोट् भनेको ४ कील्लाभित्रको केऊरेनी तल्लो कुलोदेषि ऊभो भवानीसंकरको लामीडाडा घर बारी पाषाको तीरा रु ।२५ घरको रु ।८ स्मेत जमा रु ।३३ को पाषो भंने सोही नकसामा जनी लेखेकोबाट केऊरेनी खेतको कुलोदेषी ऊभो झगडा परेको कुलामनीको जगा प्रतेवादीका दावीबमोजिं हरीनारां दरता २ ठाऊँमध्ये कै.चौ पुर्णजङ कै मानाचामलको यो झगडा परेको जगा देषीन आयेकोले दपोट् नभयेको हुदा वादीले झुठ्ठा उजुर गरेको ठहरछ भंने प १ नं नुवाकोट् अदालतको फैसला
६१ सालको दरतामा कुलाऊभो भंने दरता भये पछी सो कुलामनीको जगा नीज अन्यायेवालाको बाबु हरीनारांका नाउमा दरता छदाछदै सो नाता बाट को स्मेत खान पाउनुपर्ने होईन भंने वादीको अपील
पुर्णजीको मानाचामलको जगा भये अडाबाट जारी भयेको ७˟१५ दिने म्यादमा हाजीर भै सबुद गुजारन सक्नुपर्ने सो नसकी म्यादै गुजारी बसेबाट प्रतेवादीको र थरी कासीनाथको लेषाईकै भरले चौतरीयाको मानाचामलको जगा भंने नहुने भै कुला ऊभाको दरताले कुलाऊधाको जगास्मेत खान पाऊछ भंन्ने नभयेकोले दपोट् गरेको ठहरछ अै बमोजिं आधी जगा वादीका नाउमा दर्ता गरीदीने भंने अपीलको फैसला
लेषियेको जगा खास बसंतपुर बस्ने चौ. छेत्रजं डोरजं पुर्णजंस्मेत ककस्को जगा हो नीजहरु ३ जना मध्ये १ जनाको भयेकोहुँदा नीजहरु तीनैजना झीकी बझ्नुपर्नेमा पुर्णजं १ जनाका नाउमा मात्र म्यादजारी गरी नीजले म्याद गुजारी बसेकाले मानाचामलको जगा भंननभयेको भनी तीरो बुझायेको रसीद पेस गर्दागरदै दपोट् ठहरायेको अपीलको इनसाफ चित्त बुझेन भंने प्रतेवादीको अपील
आज पेश हुन आयेको मुदा नीर्णय गरदा वादीले दपोट भनेको जगा कुलोमनी र प्रतेवादीका बाबु हरीनारांका बाबुको मोरु ।२५ तीराको जगा नक्साबाट कुलोमाथी लेषीयको सो जगा मेरा दरताको होइन यस्को दरता तीराको हो झगडा परेको जगा मेरा बाबुका नाऊ दरताको भनी नक्सा सरजमींमा लेषन भंन नसकी हरी नारांका-१ किता दरताबाट कुलामुनी कुलामाथी २ भाइको जगा चौतारीयाका मानाचामलमा दरता भयेको प्रतेवादीकै भन्न मुनासीव नपरनेहुदा वालकृष्णको हकमा येकै अपिल भै तारेष गुजारेकोले केही गरन परेन तारेषमा रहेका जीवलालका हकमा प्रतेवादी र कासीनाथका भनाई लेषाईका भरले दपोट नठहरने भन्ने प्रतेवादीको जीकिर पुगन नसक्नेहुदा अपिलको फैसलामा लेषियको बुदाप्रमाणस्मेतबाट ईन्साफ उल्टाई अपिलले छीनेको मुनासीव इन्साफपारी छींने हाकीं उपर अपिल गरेमा प्रतेवादी जीवलाललाई हा.का.१० नले पैला अपिल हुदा अपीलले गरेको डंड मोरु ३।७५ को दसौंद मोरु ।३८ अठतीस पैसा थपडंड हुन्छ रुजुहुदा अै बमोजिं गरी लगत दी मीसील मीसील फाटमा बुझाई दिनु।
प्रकाशशम्सेर
न्यायाधीश
इति संवत २०१० साल वैसाष २८ गते रोज १ शुभम्।