निर्णय नं. ३१ - जगादर्ता गरी रसिदस्मेत दिलाई पाँऊ।
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
अ.नं. ८८३
अपीलाट् प्रतिवादी जिल्लै बुटौल सर्चबार मौजे वरहद बस्ने जारुप चाई
विपक्ष वादी ऐ बस्ने मनीराम अहेर
मुद्दा : जगादर्ता गरी रसिदस्मेत दिलाई पाँऊ।
इजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पंट उपाध्याय
फैसला
यस्मा गंगाडीं चमारका नाऊँको का फारां कची विगाहा १५ मधे मीलापत्रबाट छोडेको ५ विगाहा कट्टी गरी बाँकी क फाराम जग्गा वीपक्ष १० नीज गंगाडीं कासी गयेका सालदेषी मैले भोगचलं गरी दी विपक्षको अंश ३ का डरले जी फौडार रायलाई पौत बुझाई आयेकाको रसीदफरम नदीयेको हुदा डीलाईपाउँ भंने स्मेत वादी रहेछ
गंगाडींका नाउको कची जग्गा वीगाहा ११ साल ९९ का वालीदेषि जगरुप चाईले खाई तीरोभरो गरी आयेको छ मनीरामबाट झिकीदियेको होइन भंनेसमेत जीफौदार रायको प्रतेवादी वयान रहेछ
गंगाडिं चमारका नाउँमा फाराम कची विगाहा १५।।। धुर भयेको निज मरी नीजको हकवाला समेतको कोही नभयेकोले उकास पर्नआयेकोहुदा ९९ सालका वाली देषि उषडा सरह कमाउनपाउँ भन्ने जी फौडारलाई द्रषास्त गरेमा सर्जमीं बुझी सहदेव समेत ज्यां ८ को ९९।२।२६।२ मा मुचुल्का भयेपछी ९९ सालका वालीदेषि सालको मोरु ४६।।-। का डरले पोतबुझाउने गरी बाहाली पुर्जी ली पोतबुझाई जगा कमाई आयेकोमा सोहीजगा मध्ये कची वीगाहा ५ को २००४ सालको वाली पछी वादी मनीराम स्मेतले लुटी लगेकोले वेथरी अमीनीमा नालेस गरेका छौ छोरा मरेकाले वालीको दावी छाडी जगा मैले नै पाउने गरी २००५।।२३।३ मा मीलापत्र भयेको मुगलां लोहारको जन्म भयेतापनी मुगलांमा घरसार बा केही नभयेको यस सरहदमा ९९ साल देखि घरद्वार गरी वसी षंजोत जानेगरी खाई आयेको हुदा जानु परने होइन भंने जगरुप चाईको वयां रहेछ।
जगरुप वीदेसी भयेकोले विडेसीको नाताबाट झीकनु परछ की भंन अरु वीडेसीले पनी खाईपाई आयेको देखियेको र अघी मीलापत्रहुदा पनी जगाको डावीछाडी मिलापत्र भयेकोले ९९ सालदेषी लागेको पोत तीरी खाई आयेको जगा झीकीदिने गरडा पीर मरका पर्नजाने भयेको र जमींदारको सीरमा राषी अवाद गुलजार गराई आयेकोस्मेत भयेबाट अडैबाट थामी दिने भंन अदलका २१ नं ले नभै निकासा सदर गराउनु पर्ने भयकोले जाहेर गरेको छु भंने पाल्ही माझषंडमालको जाहेरी फैसला रहेछ
जगरुप मुगलानीया हुदा मुगलानीयालाई अडलका २१ नं. ले जगा दीन नभयेकोले मनीरामलाई डिलाई दिने भंने पाल्ही माझ षंड गौश्वाराको जाहेरी फैसला रहेछ
०७ सालमा कमाउनेले जगा थामी पाउछ भंने गजेत भयेको उस्माथी मैले ०७ सालदेषी मात्र जगा कमाई आयेको नभै ९९ साल देषीनै कमाई घरद्वार गरी बसी वालबच्चास्मेत हुरकाई जीवीका गरी आयेको हुदा मुगलनिया भंन नभयेको र मेरो मुगलांनमा घरद्वार केही नभयेकोबाटस्मेत घरवास उठाउन पर्ने होइन भंनेस्मेत जगरुप चाईको अपीलपत्र रहेछ।
यसमा गंगाडींका नाउमा क फारांमा डरता भयेको कची वीगाहा १५ को सावीक रैती नीज गंगा डींले छोडी बंदोवस्त गर्न कसैले सकार नगरेकोले पाल्ही माझषंड मालबाट सकारगर्ने अरु रैती नभयेसंम ९८ सालका बालीदेषी सीरमा राषी आवाद गुलजार गर्नु भंने जी फौदार रायका नाउमा चलंपुर्जी गरीडीयेको मिसिल सामेल रहेका नकलबाट देषीयेको र २००५ साल आषाढ १० गतेको संष्या ४५ को गजेटको नेपाल नागरीकताको अै को २ दफामा प्रतेक व्यक्ती नेपालको राज्यको अघीवासी भई नीमन लीषीत सरहदहरुमा कंसेकम १ पुरा गर्छ, नेपालको नगरीक ठहर छ भंने लेखियेको र तेस्को देहायको (ख) दफामा नेपाल राज्यभीत्र आफ्नो स्थायी वासस्थान कायं गर्न उदेस्य ली स्वतह परीवार बसोवास गर्ने मानीस यहाको आधीवासी ठहरछ। (घ) दफामा जसले नेपाल राज्यमा कमसेकम ५ वर्षदेषी नीवास गरेकोहोस भंने लेषीयेको यो अपिलाट जगरुप चाई पनी मेगलानीया भयेतापनी ९९ सालदेषी सरहदमा आई घरद्वार गरी बसी जगाकमाई तिरोभरो गरी आयेको भै ५ वर्ष अघीदेषी निवास गरेको देषीयेकोले सो अैले नेपाली नागरीक ठहर्ने।
तेस्ता नागरिकले यो लंवरी जगा नभै बेच विषं गर्न नपाउने गरी तालुको उषडा जगा उषडमा पाउदैन भंन अंन्याय पर्ने भयेको र वादी मनीरामले जोतकोड गरी आयेको जगा पायेको र तीरोभरो गरी आयेको नीस्सा प्रमाण केही डाषील गर्न नसकेको अपिलाट जगरूप चाईले ९९ साल देखि जगा चलंको वाहाली पुर्जा ली तिरोभरो गरी भोगचलं गरीआयेको रसीद र चलंपुर्जाबाटस्मेत देषियको वाली लुटपिट मुद्दाको मिलापत्रबाट पनी झगडा परेको ५ विगाहा जगा वादीले प्रतेवादीलाई हक छोडीडियेको देखियेको उस बषत झगडा परेदेखी वादीको बाँकी १० विगाहाका हकमा पनी ९९ सालदेषी यो अपीलाट्कै अवछीन हक भोग देषीन आयेकोहुदा सो झगडापरेको कची वीगहा १० जगा रुपचाईका नाउमा थामीदीनेगरी मालले जाहेर गरेको मुनासिव गोस्वाराले गलटी गरेको ठहरछ सो ठहरनाले देहायेका कलंमा डेहाये बमोजीं गर्ने अरुकाहकमा अपील उजुर परेको र नीकासालाई जाहेर गरेकोस्मेत नहुदा केही गरन परेन लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।
तपसील
वादी मनीराम अहेर के पाल्हि माझषंडमालका २००८।५।६।४ का फैसलाले लागने गरेको डंड कैद १ पा.मा.गो. का २००९।३।२३।१ वा फैसलाले लगत काटने गरेको हाल लागनेनै हुँदा लगतकसी असुलगर्नु भनी पाल्ही माझषंड माललाई पुर्जा गरन अ.त.ऊ मा लगत दीनु --------
ऐ.ऐ के पा.मा.गो. का २००९।३।२३।१ का फैसलाले लागने गरेको जिताउरी कैद १ हाल नलागने हुँदा असुल भये फीरता नभये वेहोरा जनाई लगत काटी दिनु भनी पा.मा.गो.लाई पुर्जी गरन ऐ.ऐ.---
प्र. जगरुप चाई के पाल्ही माझषंड मालका २००८।५।६।४ का फैसलाले लीनेगरेको जिताउरी कैद १ पा.मा.गो. का २००९।३।२३।१ का फैसलाले फीरता दीनेगरेको हाल लागनेनै भयेकोले लगत कसी असुलगर्नु भनी पाल्ही माझषंड माललाई पुर्जी गरन ऐ.ऐ.-----३
गलटी ईन्साफ गरेमा भनी पाल्ही माझ ........... मानीसलाई पा.मा.गो. का २००९।३।२३।१ का फैसलाले लागने गरेको हाल नलागने हुँदा असुल भये फीरता नभये वेहोरा जनाई लगत काटीदीनु भनी पा.मा.गो.लाई पुर्जी गर्ने .... १ को ऐ.ऐ-----
मी.सु. चक्रभक्त उपाध्याया ल.पु. पुडोल -----१
त.ख. तेजमान श्रेष्ट ऐ. कुंभेश्वर -------------१
मु.कासीराज उपाध्या पु. ३ नं. मार्खु बिर्ता -----१
गलती इन्साफ गर्ने पाल्ही माझषंड गोस्वाराका देहायका मानीसके देहाये बमोजिं गरी का.वा हुंछ असुल गर्न अ.त.उ.मा लगत दिनु ---
का.मु अ.ना.सु वंवाहादुर श्रेष्टके धंकुश -----१
ख पदमबाहादुर छेत्री के डोटि ------------१
ना. वी. चंद्रबाहादुर के पालपा .... टोल ---१
मु. जीतबाहादुर कैलाली हवाबजार ----------१
भैरवराज पंत
न्यायाधीश
इति संवत २०१० साल वैसाष २९ गते रोज .. शुभम्।