निर्णय नं. ७३२ - खुन
अ.द. न. ७३२-२०१०
रीट नं. ३९९/१३३
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
फौ.सा.नं. १३३
मुद्दा खुन
बादि बेचनी षौसिया थरुनि तप्पे खुरहर मौजे सुनबल टोला सिसकूनी -------
विपक्ष प्रतेवादी केदारनाथ जोगी थारु ऐ ऐ --
ईजलास
श्री माननिय प्रधान न्यायाधिश हरीप्रसाद प्रधान एम ए विएल
फैसला
येस्मा ०७ साल बैसाख २० गतेको ब्याहानै ६ बजेको टायैंमा मेरो घरमा हरुवाईको कां गर्ने केदारनाथको छोरा घुटे थारुलाई कां धन्दा गर्न आऊं भनी मेरो छोरा सोमं थारुले बोलायेकोमा निज केदार थारुले धन्दा गर्न आऊदैन भनी निजले आफ्ना घरबाट जंगी तरबार हातमा लि दौडदै आई मेरो छोरा सोमं थारुलाई तरबारले काटी मारेपछी मेरो लोगने पुर्णमासी थारुलाई पनी काटी मारी दीदा म र मेरो वुहारीस्मेतलाई तरवारले हानि ठाऊ ठाऊमा घाऊ लगाई दिदा अव हामिलाई पनी मारछ भंने डरले जिऊ बचाउन घरमा गै लुकि बस्दा म र बुहारी वचेको हुं गाऊकै सिखार कन्हैया थारुले हल्ला गोहार लगाऊदा फेरबानी गाऊका मानीसहरु आई गाउका मानिसस्मेतले निज केदारनाथलाई पक्रन षोज्दा हातमा तरवार लियेकोले नसकी श्र्व तरवार भुईमा राषा भंदा राषी दौडदा तेसै मौकामा चौकीदार अवदुल मुसलमांस्मेतले पक्राग गरी दीयेकोले निज अपराधी केदारनाथ जोगी थारुलाई र निजले मारेको लोग्ने पुर्णमासी छोरा सोमं थारुको लास र नीज्को जंगी तरवारस्मेत दाषेल गरेको छु मेरो र बुहारीकोस्मेत अस्पतालमा घा जाच गराई लोगने र छोरालाई तरवारले काटी मारेमा निज केदारनाथलाई अैं सबाल मोजिं सजाय गरी पाऊ भंनेस्मेत व्यहोराको बादी बेचनी थरुनिको द्रषास्त र श्र्वही मिलांको बयां रहेछ।
श्र्व वेसाष २० गते व्याहान वादीको हरुवाईका मेरो छोरा घुटे भंनेले २ मैना देखि गरेकोमा सोमंले ए घुटे मेरो कां गर्न आईज भनी बोलाऊदा तमाषु ककड षाई आउछु भनी मेरो छोरा घुटेले भनेपछी बेलामा चाडै नआउने बदमास किन जाई कि भनाई भनी निज सोमंले भनी रीसायेबाट मलाई रीसऊठी घरमा रहेको पुरानो २ हात लामो तरबार घर भीत्रबाट ल्याई सोमंको टाऊकोमा हानेपछी नीज भुईमा लडदा रीसको झोकले मार्ने नियदले फेरी तरबारले हीरकाञे दुवै चोट टाऊका हांदा सोमं मर्यो छोरालाई कुटेको देषी पुर्णमासि आयेकोले नीजलाई पनी मार्ने नियतले नाक मुखमा तरबारले हानी मारेपछी नीजहरुको स्वास्नी आऊदा नीजहरुलाई पनी १।१ चोट पिढीऊतर्फ तरबारले हानेमा डरले निजहरु भागी गयेका हुं लेखियेको मितिमा म एकलैले पुर्णमासि सोमं थारुलाई काटि मारेको हु अैं सवालले जो ठहर्छ भंनेस्मेत ब्यहोराको प्र दारनाथको सविती बयां रहेछ।
बुझीये सम्मका प्रमाण परीबन्दबाट करतव्य गरी मारेमा प्र. केदारनाथ सावितै हुनाले पूर्णमासि सोमं थारु स्मेत २ जनालाई मार्ने नियदले तरबारले हानी काटि मारेमा प्र केदारनाथ थारुको अैं बमोजिं सरवश्र्व गरी दामलमा हाल्नेस्मेत ठहराई ०७।३।३०।६ मा सुरु परासी अमिनीले जाहेरी फैसला गरेको रहेछ।
श्र्वहि ईंसाफ सदर गरी बुटोल अपिलले र २०१० साल आश्र्वीं ८ गते ५ मा सदर अमिनी गोरश्र्वारा स्मेतले जाहेर गरेको रहेछ।
साधक तहबाट पेश हुन आयाको यो मुदा झदा करतव्य गरी मारेमा प्र केदारनाथ सावितै हुदा सदर अमिनि गोश्वाराले ठहराई जाहेर गरेको ईंसाफ मुननासिव छ राम प्रसादको मायानाथको ज्यां मुदामा जेल सुधार योजना बमोजिं मायानाथलाई २० बर्ष कैद गर्नु दामल गर्ने हक्मा लालमोहर बक्साऊने अैं बमोजिंको नियमावलि बनि नसकेकोले श्र्व बनेपछी नीकासालाई ऊसै बषत जाहेर गर्नु भंन्या १०।३।३०।२ मा फुल वैंचबाट मुदा फैसला भयेकोले येस्मा पनी करतव्यगरी मार्ने ठहरेका प्र. केदारनाथ जोगी थारुलाई जेल सुधारका योजना बमोजिं २० विस वर्ष कैद गर्नु दामल खोदने हक्मा लालमोहर बक्स्याऊने अैं बमोजिंको नियमाबली बनी नसकेकोले सो बनेपछी निकासालाई ऊसै बषत जाहेर गर्नु भनी यो मिसिल सुरु अमिनीमा पठाऊनु भनी बुटौल अपिलमा पठाऊन सदर अमिनी गोश्र्वारामा बुझाई दिनु भनी मिसिल फाटमा बुझाई दिनु ।
हरि प्रसाद
प्रधान न्यायाधिश
ईति सम्वत २०१० साल माघ १२ गते रोज २ शुभं ।