निर्णय नं. ७३४ - चोरी
अ.द. न. ७३४-२०१०
रीट नं. ४०१/१२४
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
फौ.सा.नं. १२४
मुद्दा : चोरी
बादी – सुवा नारायण प्रसाद रीजाल विराटनगर बजार --------------------
प्रतेवादि शिवप्रसाद पराजुलि धंकुटा ई. चुङमाङ ----------------------------
इजलास
श्री माननिय प्रधान न्यायाधिश हरीप्रसाद प्रधान एमए विएल
फैसला
यस्मा ०८ साल चैत्र २३ गतेका रात मेरो गोठमा बाधिराषेको भैसि माऊ पाडो थां ४ चोरी भयेकोले ऐ चैत्र २९ गते दषास्त दी खोज तलास गर्दा अघि मेरो घर्मा नोकर भै बसेको शिवप्रसाद पराजुलिले चोरी गरी भारत जिल्ला पूर्णिया ठाना काखेस गंज मौजे मटीयारीको नाऊ नजानेको मानीसको हात विक्री गरेमा साबित भयेकोले पक्री दाखेल गरेको छु मतियार काको रहेछ।
पुलाई अैंसबाल बमोजिं सजाय गरी श्र्व चोरी गरेको भैसि स्मेत दिलाई पाऊ भंने द्रषास्त निज शिवप्रसाद मेरो घरमा नोकरी गरी बसेको ०८ साल चैत्र हो गतेको याद रहेन रातमा मेरो घरभीत्र रहेको काठको कंतुरमा रहेको तालाको साचो मिलाई चोरी गरेको रहेछ
निज ऊपर संका लागी केर्दा सावित भै चोरी गरेको १००० मध्ये रु ९१० साथबाटै बरामत भएको रु ९० निजले मासेको रहेछ तेस अघिपनी येक पटक २० अर्को पटक ३० श्र्वही कंतुरबाट चोरीयेको थियो त्यो पनी निजैले चोरी गरेमा संका लाग्छ खराब चलंको मानिस हुनाले निजलाई नोकरीबाट छोडाई दियेको थिञे ०८ साल चैत्र २३ गते मेरो हुलियामा लेखियाको पाडो २ भैसि २ स्मेत चोरीयेको थियो मौकामा नदेषेकोले पुलिसमा जाहेरी दियाको अस्ति बिराटनगर बजारमा निज शिवप्रसाद आयेछ र देखी संका लागी केर्दा पाडो भैसी चोरेमा साबित भयेकोले निजलाई दाषेल गरेको हु २०˟३० चोरी गरेकोमा कारवाई गरेको जाहेर गरेको छैन रु १००० चोरी गरेकोमा ९१० दाषेल भयेकोले थोरथार नपुगमा कारवाई चलाइन भैसि पाडाको द्रषास्तमा लेखिया बमोजिं कंरु १३०० मोलिने हो बिगो भराई सजायस्मेत गराई पाऊ भंनेस्मेत ब्यहोराको बादी सु. नारायणप्रसादको द्रषास्त र वयां रहेछ।
सुवा नारायणप्रसादको घर्मा नोकरी गरी बसेको चैत्र लागदामा नोकरी छडी विदेश फारबेसगंज गै बसेको ०८ साल चैत्र २३ गतेको रात विराटनगर आई रातको १˟२ बजेका वषत निज सुबाको गुहालिमा बाधि राषेको पाडो २ र माऊ २ स्मेत ४ थां चौपाया चोरी गरी हिडेको ऊज्यालो भयेपछि जोगवनी पुगी बेहान ८˟८।। बजेका टायेंमा फारबेसगंज पुर्याये पछी ऐ मौजे भरीयारी बस्ने रसिकलाल कठबनियाका साथ श्र्वहि दिं कंरु २० मा विक्री गरी कंरु ७००को विक्रीनामा कागज गरी दीयेको हु म येकलोले चोरी गरी विक्रीस्मेत गरेको श्र्व ४ थां चौपाया कंरु १५०० मोलिने हो यो चोरी गर्नु भन्दा अघी निजै सुवाको म येकलैले काठको कंतुरमा रहेको ताला साचो मिलाई रातमा चोरी गरेको र श्र्वहि कंतुरबाट २०˟२५˟३० रु का हिसावले चोरी गर्थे यो पाडो चोरी गरी सकी ऊसै रात विराटनगरको सागरमलको म येकलैले खुला ढोकाबाट घरभित्र पी सीं कंरु २०० मोल पर्ने गंजी धोती कमेज वडनेहरु चोरी गरेको छु तेसबाहेक अंत अरु कसैको चोरी गरेको छेन रु १००० चोरी गरेकोमा संका गरी पक्राऊ गरेपछी १० रु षर्च भै बाकी ऊसैबषत सुवा बाजेलाई बुझाञे अरु षर्च भयो कपडाहरु हरायेकोले छैन भंने व्यहोराको शिबप्रसाद पराजुलिको साबिति बयां रहेछ।
सागरमलले टासियाको २००९ साल जेष्ट २५ गते रोज १ मा टासियाको म्याद गुजारेको रहेछ,
चोरी गरेमा प्रतेवादी सावितै भयेकोले निजले बादिको भैसी पाडो रुपैञा सागरमलको गंजि धतिस्मेत चोरी गरेको ठहर्छ वदिको पटकपटक र सगरमलको स्मेत गरी पाचौ पटकमा कंरु २५१० को धंमाल चोरी गरेको ठहरेको मध्ये ९१० मौकामा बरामद भै बादीले पाई सकेकोले श्र्व ९१० को चोरीका १४ नं ले कंरु ९१ र रु १३०० को पाडो भैसी अबाटोबाट नकबजनी चोरी गरेमा ऐ १८ नं ले कंरु १८.५० अरु बिगो कंरु ३४० को ऐ १६ नं ले कंरु ३४० स्मेत ज्मा कं रु २३८१ डंड र नकबजनी गरेमा कैद बर्ष २।६ डंड हुंन्छ बादी सु नारांप्रसादको विगो कंरु १४४० सागरमलको बिगो कंरु २०० स्मेत प्र शीबप्रसादबाट भराई दिने ठहराई विराटनगर गोश्वारा र अपिलले फैसला गरेको र प्रतेबादीले सागरमलको घर चोरी गरेमा साबित भयेबाट निज्को घरस्मेत चोरी गरेकै होकी भंन्नालाई निज सागरमलका नाऊमा म्याद पठाऊदा हाजीर नभै गुजारेकोलेस्मेत अडाबाट निज्को घर चोरी भयेको भनी अडाबाट बिगो भराइदिन र पटके चोरीमा सजाय गर्न मुनसिब नपर्ने मुष पतितमासम्म चोरीका लेखिया देखि बाहेक ४९ नं ले तजबिजी कंरु २० जरीबाना गर्ने नीज सागरमलको विगो भराउने र नीज्को घर चोरी गरेमा पटके लगाई सजाय गर्नस्मेत नपर्ने ठहराई ०९।८।१५।१ मा बिराटनगर अमिनीको पर्चास्मेत भै राय बाझी ईंसाफ जाचीन आयेको रहेछ।
साधक तहबाट पेश हुन आयाको यो मुद्दा बुझदा सागरमलको घर चोरी गरेमा प्रतेबादि सावित भयेकोमा निज सागरमलको दावि ऊजुरै नभयेकोले नेसतर्फ प्रतेबादीलाई चोरीमा सजाय गर्न मुनाशिब नपर्ने भनी अमिनीको पर्चामा लेखियेकोलाई निज सागरमलको घर चोरी गरेमा प्रतेबादि सावितै भयेकोले सजाय लागने नै हुदा प्र शिवप्रसादलाई सागरमलस्मेतको घर चोरी गरेमास्मेत सजाय गर्ने गरेको र बादि सु. नारांप्रसादको विगो भराईदिने गरेतर्फ स्मेत ईंसाफ गोश्र्वारा र अपिल्को मुनाशीब छ माल धनि सागरमलको बिगोतर्फ दाबि नै नभयेकोले निज्को बिगो भरी भराऊ गर्ने गरेको गवश्वारा अपिल्को मुनाशिब नहुदा श्र्व बिगो भरी भराऊ गर्नु नपर्ने गरी गरेको अमिनीको रायपर्चा मुनिव छ विराटनगर गोश्र्वारा र अपिल्का ०९।८।१५ का फैसला र मो .बि. अ.त.का ०९।८।१८ का लगतले निज प्र शिवप्रसादबाट विराटनगर बजार बस्ने सागरमल मारवाडिलाई भराई दिने गरेको विगो कंरु २०० हाल भराऊनु नपर्ने हुदा तेसको लगत काटी दिनु भनी मो. वि.अ.त.लाई पुर्जि गर्न अ.त. विगो फाटमा लगत दी मिसिल जिल्लामा पठाऊन मिसिल फाटमा पठाई दिनु।
हरि प्रसाद
प्रधान न्यायाधिश
ईति सम्वत २०१० साल माघ १२ गते रोज २ शुभम् ।