निर्णय नं. ३२ - कृत्ये
नेपाल प्रधां न्यायालय सिंगल बेञ्च
फौ.अपिल नं. ५५९
अपिलाट् कुवेंजङ राई पुर्व ६ नं. पाचख पं केरावारि
विपक्षले सम्शेर बहादुर थापा क्षेत्रृ पुर्व ३ नं. पाच ख पं. केरावारि
मोतिजङ राई ऐ.ऐ---
कुमारजङ्ग राई ऐ.ऐ.----
छत्रबहादुर डागी ऐ.ऐ स्मेत
मुद्दा कृत्ये
इजलास
श्रीमाननीय न्यायाधीश प्रदिप्तमान्येवर नेपालतारा ले. ज. प्रकाशसम्शेर जङ्गबाहादुर राणा
फैसला
दाजू कर्नबहादुर सम्शेरस्मेतले मेरा हकको अलैचेस्मेत उपर मेरो हक मेटि हार्नुजितनु गरेछ मेरा बाबु श्रीपालको हकभै आयाका शेषपछि येकलौटि षानु भन्ये लेषतबाट मेरो हक भयेको मिलेमतोबाट हार्नुजितनू गरेको भयेपनि मेरो हक नजाने मेरा बाबु श्रीपालबाट जिंमा ममा पाउने संशेरेको बाबु लछिमनेले भाग पाऊँदा किपटियाको थिति लालमोहोर बमोजिं नग्या पगरि हुने निजले जींमाको नाफा नौसानि मरी अपुतालि सुरमेस्मेत ... षालि षाल्सा भै जिंमालले वेहोरे जति नै कर वंडापाउनेभै विक्रीगरेको थैलिस्मेत बाँकी जगास्मेत चलं गर्ने १७ थुं लिंबुवानको थिति भै संसेरको वावु लुथिमे जिंमाबाट षारेज भयेको र निज ४।५। पुस्ताको भै अंस गर्नु नपर्ने लक्षुमंले थैलि षाई ४ सालमा पासगरेको जिंमापाउने कर्नबहादुरले उकास गरी लगेकोहुँदा संसेरेकेसर थापालाई ९४ सालमा पास गरेकोमा तालुकदारबाट बहालि पाञ्येको भन्ने लेषेबाट साचो पत्यार नदेषियेको फेरी अलैचे अंबोटै डाडाषेत मार्सि षोला भन्ये ४ षला श्रीपालबाट लक्षिमंले ८१ सालमा राजिनामा पाञ्चेको पास नभएको वेरितको राजिनामाबाट जगा दावी गर्न नपाउने ८४।९४ सालको तमसुकमा सो ८१ सालको प्रमां दिन नसकेको ।७९ साल येताको दाञ्या वाञ्या स्हीछाप हुनुपर्ने नभएकोहुदा कृत्ये षडा गरेकोले था पायेका म्याद भित्र नालेस गर्न आयेको हु मेरो हकमेटि दाविगर्ने कृत्येगर्नेलाई सजाये गरीपाऊँ भन्येस्मेत वादि रहेछ
अलैचे मेरा बाबुका निर्गामा दर्ता मेरा बाबुका नाऊँमा लालमोहर तेरिजस्मेत भयेको अंबोटे लेषतबाटस्मेत बाबुको हकभयेको अलैचे लोकमांलाई र अंवोटे अनकमांलाई भोग वन्धक दियेकोभै मैले निषनि अलैचे शम्सेरवहादुरलाई र आंवोटे भोलामांस्मेतलाई वन्धकी दियको बाबुको भयेपछी कर्नबहादुरले जिंमा दां कां गरेपनि लक्षिमंको मैले पाञ्येकोमा मागबमोजिंमा वादिको सहोदर दाजु कर्नबहादुरसँग मुद्दा परि श्रीपलले गरि दियेको कागजस्मेत पेश भै सदर सेमपुगी जगा सम्सेरबहादुरले जितेकोमा वादीको सहोदर कर्नबहादुरले भाई उठाई हामिस्मेतका आंवोटे तर्फ म सम्सेरबहादुर तर्फ छुट्टै नालेस दियकोले उसै वषत् उसैबाट इन्साफ पाउने ८१ सालको पास गर्नूपर्ने भन्ये हकमा कुनै दाषिलषारेज गर्न नपर्ने भागको कागज् भयेकोले पास नभयेको वादिको बाबुले स्व कागजमा हस्ताक्षर स्हीछाप गरेको कुमारजंले लेषेको र हामी छत्रबहादुर मोतिजङ्गस्मेतले साछि बसि स्हीछाप गरि दियेको बाटारां मरेको ४।५। वर्ष भो कर्नबहादुर सँग मुद्दा पर्दा पेस भयेको कृत्ये भंन्ये प्रमाण पुर्याउन नसकेको हुनाले र सदर लगायेत् जिति पछी जाल्साजीबाट झुट्टा उजुर गर्ने गराउने गरि आयस्ता लुटि षायेकाले छुट्टै उजुर गर्नेछु कृत्ये भनेमा साजाये गरिपाऊँ भन्नेस्मेतको संसेरबहादुर स्मेतको प्रत्येवादि रहेछ
यै वादिको वावु श्रीपालले अलैचे आंवोटे भन्ये जगा झगडीयाको भन्ये सावित् भै संसेरबहादुर कर्नबहादुरको जाल्साजि लेषतबदर गराईपाऊँ भन्ये मुद्दामा यै वादिले प्रत्येवादि दिदा यै वादी कुवेरजङ र कर्नबहादुरले यौटै प्रत्येवादी डियेको न्यायालय लगायत अपिल् डिडै गयेको डेषियेको हाल मात्र था पाञ्ये भंनै नहुने मिलेमतो गरि हारेको नठहरि आजैका मितिमा फैसला भयेकोस्व लेषत्मा अलैचे भन्ये षेत लेषियेको नदेषियेको आंवोटेका हकमा संसेरबहादुरसगको जगा जाल्साजि मुद्दामा कर्नबहादुरको हकगराई प्रतेवादि डियेको हुनालेस्मेत षारेज हुने ठहर्छ भन्ये पूर्व ६ नं अदालत्को फैसला रहेछ
मुख्य वादिले मेरो भनेको अलैचे षेत प्रत्येवादिको ठहरी अघि नै हार्नू जितन" भयेको गर्नुपर्नेस्मेत नठहरी यो मितिमा जगातर्फ फैसला भयेको ८१ सालदेषि येता घरमै छैन भंन नसकी घर गाउँमा भयेको देषियेको कर्नबहादुरको मुद्दामा मौकैमा पेसभयेको हुदा २ वर्ष भित्र उजुर गर्नपर्ने मुख्ये अलैचिमा डावि भयेको लेषतमा अलैचे नहुदा येस्को यो लेषतमा हक लागने नभयेको अवं. १०६ कृत्ये कागजको नं स्मेत हकस्मेत नलाग्ने हुदा षारेजगरेको मनासिव भन्येस्मेत धंकुटा अपिलबाट गरेको फैसला रहेछ
यस्मा धंकुटा अपिलउपर कुवेरजं राईको नं ५९९ को धरौटी अपिल पर्न आयेको यो मुद्दाको मिसिल निर्णय गर्दा दाजुले हार्नुजितनु गरेको भन्ये वादिले नै लेषेको म सो मौका घरनभै भोट मौलान गयेको भंन नसकेको हुनालेस्मेत इन्साफ षारेज गर्ने ठहरायेको पूर्व ६ नं. अदालतको सदर गरेको धंकुटा अपिलको मुनासिव छ इन्साफ पारी छिन्ने हाकिंउपर अपिल गरेवापत् हा.का. १० नं. सुरु डंड मोरु ।२५ को सैकडा ५ ले लाग्ने डंड मोरु ।२पैसा ८।५।१७ मा धंकुटा अपिलमा धरौट राषेको देषियको स्व धरौटी सदर स्या नगरी धरौटी हुदा अपिलाट् कुवेरजङ्लाई जनाऊ दीनु अै बमोजिं लगत् दी मिसिल मिसिल फाटमा बुझाई दिनु।
प्रकाशशम्सेर
न्यायाधीश
इति संवत् २०१० साल वैशाख ३० गते रोज ३ शुभम्।