निर्णय नं. ७४३ - रकं बुझाई पाऊ
अ नं 743 /2010
507/1136
प्रधान न्यायालय फुल बेञ्च
ठा नं ११३६
मुदा रकं बुझाई पाऊ
उजुरवाला प्रतेवादी ल .पु. ई. दुपाट् टोल् बस्ने मोहनलाल ज्यापु
विपक्ष बादी ऐ सकटोल बस्ने क्रीस्नलालको छोरा न्हुछेमान ज्यापु
ईजलास
श्री मननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम ए वीएल
श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षेत्री
श्री माननीय न्यायाधीस भैरवराज पन्त उपाध्या
श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह राजपुत वीएसी वीएल
आदेस
येस्मा यो मुद्दा श्रीमाननीय प्रधान न्यायाधीसका पेस हुदा झगडा परेको तीसी बाफल षेत मुरी ।३६ को सालको मचा 5/3/7 ध्यू ४/87/2 मालमा तीरो लागको जगा रकंको नठहरी बादीको हक भै 2008/10/2 मा फैसला भयेको रहेछ ।
स्व ईन्साफमा चीत्त बुझेन भंने तोक नंम्वर 522 को विंतीपत्र पेस हुदा यो वींतीपत्र मीसील सामेल राषी अघी छुट भयेको नया प्रमाण केही दाषील गर्छ भने हेरी ल्याउनु होला भंने श्री माननीय प्रधान न्यायाधीसबाट 09/1/26 गते आदेस भयेको रहेछ ।
झगडा परेको जगामा रकं लागेको प्रमाण लागने भनी उजुरवालाले प्रमाण दीयेको ४१ सालको जनाउ बमोजीं ४४ ज्वांका नाऊमा दर्ता भयेको ५१ सालको दसषतले थप ज्वां १० को दर्ता उतार पनि तहसील फाटबाट ज्वाफ साथ आयेको रहेछ ।
झगडीया नाबालष न्हुछेमान ज्यापुलाई म्याद दी झीकाई यो मुद्दाँ फुल वेंचमा पेस गर्नु भंने डीभीजं बेंचबाट 2010/8/17 मा आदेस भयेको रहेछ ।
झीकाई हाजीर हुन आयेको वादी नावालष न्हुछेमान र ऊजुरवाला मोहनलाललाई राषी बुझ्दा श्री माननीय प्रधान न्यायाधिसबाट भएको 08/10/2 का आदेस फैसला बमोजीं यो झगडा परेको जगामा रकंको देषीने भनी ऊजुर वाला मोहनलालले दाखील गरेको पा .लं बाट आयेको लगत ऊतार हेर्दा स्व ऊतारबाट यो झगडा परेको जगामा रकं लागेको नदेषीयेको र यही झऊडा परेको जगामा रकं लागेको भंने अरु नया प्रमाण पछ्या ऊजुर नालेस दाषील गर्न नसकेको र अरु मीसील प्रमाणबाट देषीयाको ईन्साफ ०८/10/2 गते श्री माननीए प्रधान न्यायाधीस बाट फैसला भै सकेकोले अरु नया प्रमाण हाल आउन नसकेको हुना कारण येस ऊजुर बाट अब केही गर्न पर्दैन ईन्साफ अघिकै आदेस फैसलाबाट ठेगान लागी सकेकोमा नया प्रमाण छ दोहराई पाऊ भंनेसंम ऊजुरवालाको नीवेदन बमोजीं आदेस भयेको र लेषीया वमोजीं आदेस भयेको र लेषीया बमोजीं नया सवुद केही दाषील हुन नआयेबाट ऊजुरवाला मोहनवाललाई ईन्साफ दोहराई पाऊ भनी विंतीपत्र दीयेमा डंड जरीवाना केही गर्न पर्दैन मीसील मीसील फाट्मा बुझाई दीनु
भगवतीप्रसाद सिंह महेन्द्र बहादुर भैरवराज पंत हरि प्रसाद
न्यायाधीस न्यायाधीस न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत २०१० साल माघ १४ गते रोज ४ सुभम्