निर्णय नं. ३३ - ठगी कुटपिट
प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नम्बर ५८९
मुदा ठगी कुटपिट
अपिलाट वादी सुकलाल गुरुङ्ग बागलुं जि. पर्वत् मौ. दाङ्सिंकोट
विपक्ष प्रतेवादि जि.मु. जुंप्रसाद गुरुङ् ऐ.ऐ.
इजलास
श्रीमाननिय न्यायाधिश प्रदिप्त मान्यवर नेपालतारा ले.ज. प्रकाशशम्शेर जंङ्गबहादुर राणा
फैसला
येस्मा कान्छो छोरा जंगलाललाई घर छोडि ०६ साल मार्ग १ गतेका दिं लहना ऊठाऊन भनि बिरेयानितर्फ गयेको अन्यायवालाले था पाई घरमा गै तिम्रो बाबुले भैसि किने घर गै छोरासंग मोरु १४० मागी ल्याऊ भनी पठायेकोले ल्याऊ भनी मागेछ र श्व कुरामा पत्यार मानि निज छोराले रु १४० दियेछ ऐ. ४ गते घर आऊदा थाहा भएको अन्यायवालालाई पक्राऊ गर्न निज्का घरमा जादा फेला नपरी स्व ठगी गरी लगेको ब्यहोरा गाऊ घरमा जाहेर गरी निज्को षोजतलास गर्दै थिये ऐ ७ गतेका दिन मेरो साला गणेशबहादुरको षेतमा धानको दाई हाल्न गैरहेको वषत श्र्व ठाउमा अन्यायवालाआई रुपैयाँ ठगी गरी षायोको भन्ने कहा छ भन्दै आई आफैले लगायेको नाल ठोकेको जुतास्मेत फुकाली मेरो देव्रे गालामा हानी ठक्कर षुवाई देब्रेतर्फको दातको बंगारा १ झारी कुटपिट गरेको हुदा महाराज्को दुहाई भनी कराऊदा पनि घुसा मुड्कीले ठाऊ ठाऊमा र हातका लपेटाले दाहिने गालामा हानि बेहिसाब गर्दा यस्तो गर्न पाऊदैनस् भनी प्रमाणका मानिसले भन्दा कुट्न छाडि गयेकोले घा जचाई नालेश गर्न आयाको छु लेषियाबमोजिम ठगी गरी षायेमा र घाजाच मुचुल्कामा लेषियेबमोजिं कुटपिट गरेमास्मेत सजाय गरी ठगी गरी षायेको विगो मोरु १४० स्मेत भराई पाऊ भन्ने बेहोराको वादीको फेराद रहेछ।
वादिले भोटे कुकुर पालि अदपमा नराषि छाडा गर्ने गरेकाबाट मस्मेतको बाष्रा निज्को कुकुरले मारीदियेबाट बाष्रा किन छाडा गर्छौ भनि हप्कायेकोमा र म घर नभएको मौका मेरा स्वास्निसंग धान मुरी २ भरे भोलि रुपैञा दिऊला भनि लियेको मागदा नदी झगडा भयेको सनदिया वंमा सिकार षेलेमा र ठगी विसयमा स्मेत उजुर गर्न ठीक परेको था पाई झुटा नालेस गरेको हो वादि लेषाई बमोजिं निज्को छोरासंग रु १४० ठगी गरी लियेको र वादीलाई कुटपिट गरेकोस्मेत हैइन निज वादिलाई हर्सा र दात किराले षाने व्यथा ऊठी दुष दियेको हुदा श्र्व बंगारो दि आफैले फुकालेको हो कुटपिट गरी फुकालीदियेको भये वाहिरपटी गालामास्मेत घाउ र अरु आङ् सरीरमास्मेत घाषत हुनुपर्ने केहि नभयेकोलेस्मेत लेषियका रीसइबिबाट झुटा नालिस गरेको हो झुटा नालिस गरेमा निजैलाई सजाय गरीपाऊँ भन्नेस्मेत व्यहोराको प्रत्येवादीको प्रतेउतर रहेछ।
वादिका साछीहरुले जारी भयेको म्याद गुजारी बसेको रहेछ।
वादीका घर्मा प्रतेवादी गै मोरु १४० ठगी गरी लियेको र वादीलाई कुटपिट गरेको स्मेत था छैन जान्दीन भन्ने प्रतेवादीका साछी विरध्वज गुरुङको वकपत्र रहेछ
रु १४० ठगी भन्नेमा साछी प्रमाण गुजार्न नसकेकाले ठगी गरेको देषिन ठहर्न नआयेको कुटपिट तर्फ देखने जान्ने मानिस बकाउन पनि नसकेको प्रतेवादीका साछीले कुटेको कुरा जान्दिन भनी बकेको र टाप ठोकेको जुत्ताले हानी वंगारो फुकालेको भन्ये श्व ठाउ र बाहिर गालामास्मेत घा षत निलडाम हुनु पर्ने स्व केहि पनि नभयेकोले स्मेत कुटि फुकालेको नदेषियेको दाहिने गालामा सुनये षोसियेको हकमा मुष्ये बंगारो फुकाल्यो भन्ने हकमा स्व कुरै झुटा देषियेपछी र कुटपिट को वारदात भयेको कुनै प्रमाण वादीले गुजार्न नसकेबाट पनि कुटपिट गरेको भन्न नहुने स्व सुनिनु षोसिनु कुनै परिवन्दबाट हुन सक्ने हुँदा वादिलाई प्रतेवादीले कुटपिट गरेको र ठगी गरेको स्मेत देषिन ठहर्न नआयेकोले झुठै उजुर गरेको ठहर्छ भनि ०७।७।१५ मा सुरु वागलुङ अदालतले फैसला गरेको रहेछ
इन्साफमा चित्त्त बुझेन भन्ने वादी सुकलालको सुरु वागलुं अदालत उपर पाल्पा अपिलमा अपिल परेको रहेछ।
श्र्वहि इन्साफ सदर गरी २००८।१०।२१।२ मा पाल्पा अपिलले फैसला गरेको रहेछ।
सुरुको इन्साफ सदर गरी पाल्पा अपिलले गरेको फैसलामा चित्त बुझेन भनी तारेखमा बस्न नपर्ने गरी इन्साफ सदर भयेमा लाग्ने दंडधरौट राषी वादी सुकलालले पाल्पा अपिल मार्फत प्रधान न्यायालयमा अपिल गरेको रहेछ ।
पेश हुन आयेको यो मुद्दा निर्णय गर्दा ठगीतर्फ दावीबमोजिं ठगी गरेको हो भन्ने कुराको सबुद प्रमाण केही गुज्रन नआयेको र कुटपिट तर्फ पनि नाल ठोकेको जुताले बाञा गालामा हानी वंगारा फुकालेको भया स्व वायाँतर्फका गालामास्मेत घाचोट लागेको र घाजाँचका मुचुल्कामास्मेत स्वहि बमोजिं लेषिये जनियेको हुनपर्ने स्व लेषियेको स्मेत वादी अपिलाट साचो कुरामा चल्दोरहेछ भन्न नहुने र अरु सुरु अपिल्का फैसलामा लेषियेका बुदा प्रमाणबाट सुरुको सदर गरी छीनेको ईसाफ पाल्पा अपिल्को मुनासिव छ इन्साफ पारी छीन्ने हाकिं उपर अपिल गरेबापत अपिलाट सुकलाल गुरंके सुरु डंड रु ११२।५० को दोश्रा अपिल हुदा हाका १० नं. ले सैकडा ५ ले मोरु ५।६३ पाच सय रुपैया त्रिसठ्ठी पैसा थप डंड हुंछ श्व डंड तारेषमा बस्नु नपर्ने गरी ०९।३।९।१ मा पाल्पा अपिलमा धरौट राषेको देषिदा श्व धरौट रहेको मोरु ५।६३ सदर स्याहा गर्नु भनि पाल्पा अपिललाई लेषि पठाउनु भनि तहसिलमा लगत दीनु। यो मुदा किनारा भयाको जनाऊ अड्डैबाट दिनु
प्रकाशशम्सेर
न्यायाधीश
इति संवत २०१० साल वैशाख ३० गते रोज शुभम्