• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७५५ - बेहीसाव संग थुने भन्‍ने

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/१९ १३७

अभिलेख नं. ७५५/२०१०

रीट नं. २३२/३९१

नेपाल प्रधान न्यायालय डीभीजन बे‍ञ्‍‍च

फौ.ठा.न. १०४

मुद्दा बेहीसाव संग थुने भन्‍ने

 


उजुरवाला का.ई ब्रह्मटोल बस्ने हीक्मत सीह भंडारी क्षत्री -------------------     

 

वीपक्ष पश्चीं ३ नम्बर गोश्वाराका वडा हाकीं पुर्णसीं स्मेत --------------------


ईजलाश


श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम् ए वीएल्

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत वीएस्सी वी एल्

फैसला

येस्मा २०१० साल अषाढ २२ गते म पोखरामा भयेको अवस्थामा वडा हाकींले बोलाउन पठाऊनु भै जांदा जमरां भान्साकारले कम्युनीष्टको पर्चा छर्न लगायेकोमा पोलेबाट पक्राउ गरेको हुं भनी वयान गराऊदा इन्कारी वयान गरेकोमा चलानीसाथ केन्द्रमा पठाये  गृह मन्त्रालयका सेक्रेटरी ज्यूबाट पनि इन्साफको वीचार नगरी सेंटल जेलमा पठाई दीए अैंले सम्म कुनै कारवाई भएको छैन फुर्सत गराई पाऊ भनी हीक्मत सींहको र नीजका हकमा रामेश्वर प्रधानको स्मेत बींतीपत्र परेकोमा आदेश बमोजिं पर्चीं ३ नं गोश्वारा बुझी पेश हुदा कुं अैंका आधारमा कुं व्यहोरासंग थुनेको के कारबाई भयेको छ गृह मंन्त्रालयमा लेखी जवाफ झीकाई पेश गर्नु भन्‍ने २०१०।९।११।६ मा र २०१०।१०।८।५ मा भयेको आदेस अनुसार झिकाई आयेका जवाफ र एटर्नी जनरल स्मेत राखी छलफल हुदा सभा सङ्गका अैं बमोजीं कारवाईका नीमीत्त थुनीयेको देखीइको अडालति बन्दोबस्तका १५ २ नं. को देहाये ६ दफाको १२ दफाका अैं बमोजीं ३ महीना भीत्र तहकीकात गर्नु पर्नेमा अैं बमोजिं भयेको नदेखीएबाट अैं बमोजीं कारवाई गरी मुद्दा कीनारा गर्न मिसिल तुरुंत सदर अपीलमा पठाई दीनु भनी गृह मंत्रालयलाई लेखी पठाई मीसील दाखील भएपछी अैं सवाल बमोजीं कारवाई गरी ठहरे बमोजिं चाँडो कीनारा गरी दीनु भनी यो आदेस सहीतको मीसील सदर अपील्मा पठाउन मीसील्फाटमा बुझाई दीनु।

 

          भगवती प्रसाद सिंह                            हरि प्रसाद

          न्यायाधीश                                 प्रधान न्यायाधीश

 

ईती सम्वत २०१० साल माघ १९ गते रोज २ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..