• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७५६ - वक्स कायें गरी पाउ

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/१९ ९४

अभिलेख नं. ७५६/२०१०

रीट नं. ४१४/४७६

नेपाल प्रधान न्यायालय डिभीजं बे‍ञ्‍‍च

मुद्दा नम्बर ४७६

 


नीवेदक वादी वुटौल तप्पे जकसीमानगढ बस्ने रामदाश तेली

प्रतेवादी वुटौल तप्पे खुटहर परासी वस्ने काली चरण -१ रामराज तेली-१ औध तेली -१ स्मेत ५ ज्वां


मुद्दा वक्स कायें गरी पाउ

इजलास


श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम् ए वीएल्

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत वीएस्सी वी एल्

फैसला

येस्मा अधी वक्सपत्र पेस भै अपुताली मुद्दा परेकोमा न्यायालय लगायेतवाट छीनी सकेको भनी नालेस ली दीयेन हक नपुग्ने वाट डीग्रि गराउदैमा मेरो हक नजाने हुनाले गोश्वारावाट वुझी पाऊ भन्‍ने विंतिपत्रका वेहोरा साँचो हो र अैं बमोजिंको उजुर दिन्छ भने ठाडै बुझी अैं सावल बमोजीं गर्न लगाउनु भनी जील्ला अपील्मा पठाई दीनु भंने २००२।९।२० मा हुकंको प्रमाङ् भै गयेकोमा

फुपु संपती याले सीमान गडको जगा वीगाहा ७९१।३ बक्सपत्र गरी दीयेको फुपु गरी मैले काज कृया गरी जगा भोग गरी आयेकोमा साल १ को कंरु २०१ मुनाफा दिने लिने गरी दी म वनारसमा नोकरी गर्न गयेकोमा वीच वीचमा मुद्दा पारी प्रधान न्यायालय लगायेतबाट हारजीत गरेको रहेछ ०६ आश्वींमा वनारसबाट फर्की आई नालेस गरेको छु वक्सको जगा मेरे कायं गरी पाऊ भनी वादी राम दाशको २००६।११।१३ को फेराद वयान रहेछ।

कांछी आमा २००४ साल आश्वींमा कालगतीले परलोक भयेकी काज कृया सीउ वालखहरुले गरेको घरजगा हरु मलाई खानु भनेको छ भनी घरमा वस्न नदीयेकाले म हकदार छडाछडै काज कृर्या गरी घर जगामा खिचोला गरे हामीहरुको हक कायं गरी पाऊं भननी नालेस गरेकोमा न्यायालय लगायतबाट मैली जीती पायकाले स्व फैसला बमोजीं मेरै कायं गराई पाऊ भंने २००७।१।१२ को कालीचरण रामराजहरुको प्रतेवादी र ।

जगाको हकमा हामीले भोग तिरो गरी आयेको हुं वक्सपत्रको जगामा अंशमा डावी गर्दा भनी नालेस गरेको भन्‍ने २००७।२।१० को औधुतेलीको प्रतेवादी परेकोमा

अपुताली तर्फ ऊजुरवालाको वावु स्मेतले मुद्दा गरी हारी सकेकोले वादीको उजुर नपुग्ने बकसपत्रको लीखतमा लागेको स्हीछाप नवुझिने भंने कैफियतवाट देखियेकोले तेस्तो लेखत अैंले प्रमाण नलाग्ने हुदा वादीको उजुर नलाग्ने भै खारेज हुने ठहर्छ भनी २००७।३।२९ मा वुटौल अपिलवाट फैसला भै।

अपिल्को इन्साफ मुनासिव गरी २००७।८।।८ मा प्रधान न्यायालय दोश्रावाट फैसला भयेकोमा

श्र्व इन्साफमा चीत वुझेन दोहोराई इन्साफ जाँची पाऊं भन्‍ने वादी रामदाशको निवेदन पत्रमा वेहोरा साचो भये मिसिल झिकी इन्साफ जाची अैं सवाल बमोजिं गर्नु भन्‍ने आदेस बमोजिं झिकाई आयेको मिसील पेश भै १ नं. फाराम २ नं रसिद झिकाई सरजमीं समेत झिकाउन भन्ने आदेश वमोजिं बुझेमा आयेको रैतान १ तर्फी लगत र हाजीर रहेका वादीको वारेस राम अवध प्रतेवादीको वारेस स्मेत रामराज तेली स्मेत दुवै थर झगडीया राखी बुझदा यो वादी राम दाशको वावु सिउ वालकको र यसै मुद्दाका प्रतेवादी रामराज स्मेतले अघि अपुतालीमा मुदा पर्दा यै वकसपत्र स्मेत प्रमाण दि मुदा चलेकोमा वादीको वावुले हारी २००६।१।१४ मा प्रधान न्यायालय तेश्रावाट फैसला भै रहेकोमा स्व मुद्दामा न्यायालयवाट भयेको इन्साफमा चित्त वुझाई वसेको देखियेको र रामदाशका नाउमा भयेको भनी पेश गरेको २००२ साल्को वकसपत्र अैं बमोजिं पास भयेको स्मेत नदेखीनाले अरु अपील र न्यायालय दोश्राका फैसलामा लेखीयाका वुंदा प्रमाणवाट अपिल्को सदर गरी छीनेको प्रधान न्यायालय दोश्रा फाटको इन्साफ मुनासिव छ मुद्दा दोहोरायेमा सुरु डंड र ४९।। को हाकींका नाउमा कराउनेको १० नं. ले सैक्रा १० ले रु ।३।।। वाडी रामदाशलाई डंड हुंछ रुजु नभै वारेस हुदा असुल गर्न लगत दि मिसील मिसिल फाटमा वुझाई दीनु ।   

 

          भगवती प्रसाद सिंह                            हरि प्रसाद

          न्यायाधीश                                 प्रधान न्यायाधीश

 

इती सम्वत २०१० साल माघ १९ गते रोज २

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563