• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७५८ - कुटपिट बादछाद

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२० १२९

अभिलेख नं. ७५८/२०१०

रीट नं. २९८/४३१

नेपाल प्रधान न्यायालय सिङ्गल बे‍ञ्‍‍च

अं.नं. ४३१

मुदा कुटपिट बादछाद

 


अपिलाट प्रतेवादी वि. विस्नु बहादुर श्रेष्ट

विपक्ष वादी दुर्गामानसीं थापा क्षत्री   समेत


ईजलाश


श्री माननीय न्यायाधिश महेन्द्र बहादुर महत क्षत्रृ

फैसला

यस्मा राइफल लिएका मिलटरी १५˟१६ जवान समेतका मानीस आई कमाण्डरका आडरले ४˟५ जवानले हामीलाई कुटपीट वादछाद गरी फुस्रेसम्म पुर्‍याई हाम्रा नाउमा उजुर नगर्ने कागज गर छाडी दींछु भनी कागज गराई छाडी दिय जाच गरी सजाये गरी पाऊ भन्‍ने दुर्गामान वर्सामान थापा क्षत्रीको उजुरी द्रखास्त वयान रहेछ।

जलकेनीमा खुन मुद्दा तैकात गर्न गै फीरी आउदा धरानमा म बजारतर्फ मानिस भेट्न गयेको अवस्थालाई मास्तीर गै खान वंदोवस्त गर भनी पठायेको सी. चन्द्र बहादुर समेतले म आउदा कुटपिट गर्न लागेका थिये नकुट वेराम छ भने वाध भने वाधी फुस्रे पुर्‍याई कागज गराई छाडी दियेको भन्‍ने सु वे. जित बहादुर सुवेदार आडर बमोजिं हामीले कुटपिट् वाडछाड गरेका हुं भन्‍ने सि. चन्द्र बहादुर समेत ५ जना सिपाही समेतको प्रतेवादी वयान रहेछ।

सुवेदार स्मेत छ जनाले कुटपिट गरेको देखीदा सुवेदारलाई कैद ४।१०।१५।डंड रु ४४० अरु ५ जनालाई कैद ।९।१२ डंड रु ७३।–।१ जनही गर्ने मुखिया विचारीको कागज आएको छैन तापसी विचारी मुखीया रोहवरमा भएका निजहरुले रोक्नु पर्ने नमाने जाहेर गर्नु पर्ने नगरेको नियत खराब देखिदा जागीरबाट वरखास्त गर्न र अरु सजाये गर्न निकासा वक्से बमोजिं गर्ने समेत ठहराई ०८।३।१९ मा मोरङ विराट्नगर गोश्वारा समेतले जाहेरी फैसला गरेको रहेछ।

जागीरबाट वर्खास्त गर्ने स्मेत निकासा वक्से बमोजिम गर्ने ठहराई जाहेर गरेकोमा चित्त वुझेन भन्‍ने भन्‍ने समेत वि.विष्नु बहादुरको अपिल परी आई पेस हुन आयेको वुझ्दा ईनै अपिलाट् सरह का.मु.वटु कृष्णको अपील परी आउदा इनी अपिलाट्को अपिल मिसिल सामेल थियन तापनि प्रमाणबाट रु ५।– जरीवाना सम्म गर्ने गरी ०८।११।२९।४ मा प्रधान न्यायालय तेश्रा फाट्वाट मैले फैसला तोक निकासा गरी सकेको यो अपिल जिकिर स्मेत विचार गर्दा पनि सो अघि निकासा भएको मनासिव हुदा अरु केही गर्नु परदैन अपिलाट्लाई जनाउ दी मिसील मिसील फाटमा बुझाई दिनु।

 

 

                               महेन्द्र वहादुर महत

                                न्यायाधिश

 

ईती सम्वत २०१० साल माघ २० गते रोज ३ सुभं।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..