निर्णय नं. ७५९ - जगा वाली
अभिलेख दर्ता नं. ७५९।२०१०
नि नं. ५५६
प्रधा न्यायालय डीभीजं बेञ्च
ठा. नं. ५५६
मुद्दा जगा वाली
उजुरवाला वादी प ४ नं भीरकोट वासजरा वाजेथोक बस्ने गुणषर ऊपाध्या
विपक्ष ऐ ऐ बस्ने लुरे कामी स्मेत
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए. विएल।
श्रीमाननीय न्यायाधीस भगवती प्रसाद सींह राजपुत विएसी वीएल.
फैसला
यस्मा मेरा बाबु छेवालालका नाउँमा र ९५ सालको घरदरमा मेरा दाजु जीवुको नाउँमा दर्ता भयेको तीरो रु ।५० लागेको रानीडाडा भुंरे भंज्याङ भंने पाषो बारी जीवु येज्ञलाल, चक्रपाणी देवीलाल म गुणाषर स्मेत ५ भाईको ५ वंडा भै १ भाग मेरो भागमा परेको दाजु येज्ञलालको अंस दाजु मरी भाउजु छवीको हक भै नीज भाउजुबाट राजीनामा गरी ली हामी ४ भाईले बंडा लगाई १ बंडा मेरो र तेसपछीका दाजु देवीलाल मरी भाउजु हाडनातामा कर्नीमा बीग्रेकीले नीजको अंस पनी हामी ३ भाईले लीदा १ भाग मेरो हक भयेको पूर्व दंडपाणीको घर पस्चीं चक्रपाणीको पाषो वारी दषीं जीवुको पाषो वारी ऊतर धर्म बाहादुरको पाषो वारी र ठाडोबाट यती ४ कीला भीत्रको मेरो भागमा सालको तीरो रु ।१६।३ तीर्नुपर्ने रानीडाडा भुरे भंज्याडा गहते भंने पाषो वारीको मेरो १० कर्मको ०५ सालको मकै वाली प्रतेवादीहरुले हुल वल ल्याई लुटे वीगो ज्मा १३३। भराई जगा मेरो हक सडर गरी पाउँ भंने स्मेत गुणाषरको बादी रहेछ।
भईछेको वावु मुसेकामीका नाउमा २५ सालको जाचमा कोडाले द्रर्ता भे हाम्रा बाबु ३ भाईले ३ वंडा गरी पायेको ठाडो वाटो देषी पस्चीं धंवीरे सार्कीको नाउको कोडालो द्र्ता भै धंवीरेबाट धंनाराले राजीनामा गरी ली घर बनाई बसेको धंनारानको र मेरो येकै लाईनमा घर भयेको वाडीको १ लाईनमा भै वीचमा षोल्सो परी षोल्सो ऊतर कामी सार्किटको षोल्सा दषीं नदीके कामीले लीयेको सीरानपटी वादीको बाबुको जगा भै षोल्सा वारी २ कोदाले षोल्सा पारी २ कोदाले द्रता भे षाई आयेको जगा हो मईछेको जगालाई जीवु चक्रापाणी मरेको जगा भनि साध राखी हाम्रो हक भोगको जगा षीचोला पारि कामीको र सार्कीको बाटो मुनी मेरो वाटा माथी भयको धंनारानको र हाम्रो साध जोडीयाको ठाउँमा वाडीले झुटा दावी गरेको हो सो दावीको जगा हाम्रो हकको हो भंने स्मेत ईछे कामीस्मेत येकाघरका ज्मां ६ को प्रतेवादी रहेछ।
वादी प्रतेवादीको दावीको जगाहरुको दर्ता ऊतार र झगडा परेको जगाको नकसा सरजमीं बुझेको रहेछ । बुझदा सरजमींका मानीसले झगडा परेको जगा वादीकै हो भनी लेषीदीय पनी झगडा परेको जगा वेगल कील्ला बुझीयाको वादीहरुको जगा षोल्सी पारि छुट्टै देषीयाकोले वादी दावी झुट्टा ठहराई ०६।६।२७ गते स्याङ्जा अदालतबाट फैसला भयेको रहेछ।
नकसा सरजमींले मेरो दावीको जगा मेरो भनेको झगडा परेको जगा प्रतेवीको भया सो कुराको सबुड दीन सकनु पर्नेमा मेरो अंस अपुताली स्मेतबाट लीयको जगा हराई फैसला गरेमा चीत्त वुझेन भन्येस्मेत वादी गुणषरको अपील परेको रहेछ।
प्रतेवादीले मुसेको द्रर्ताको जगा भनी जीकीर लीयेको सो जगा नीजको घर मुनी स्मेत देषीयाको द्रर्तामा कील्ला नहुने बुझीयाको सरजमींले जगा वादीकै हो भनेका प्रतेवादीले साक्षी डीन सकडीन भनेकाले स्मेत वाडी डावी बमोजीं जगा वाडीकै ठहर्छ वाली वीगो स्मेत भराई डीने ठहराई पाल्पा अपीलबाट ०६।११।३ मा फैसला भयेको रहेछ।
मेरो घर जोरीयाको जगालाई गरीप हुदा ईनसाफ पाईन पाल्पा अपीलले गरेको ईनसाफमा चित बुझेन भंन स्मेत प्रतेवादीहरुको अपील परेमा छलफलमा झीकायेको वादीले तारेष गुजारेको झगडा परेको जगा प्रतेवादीको जगा मीलान देषीनाले ईनसाफ सुरु अदालतको मनासीब अपीललको ऊल्टी ठहराई न्यायालय तेश्राबाट ०७।८।२ गते फैसला गरेको रहेछ।
स्व इनसाफ ऊपर चित बुझेन भंने वाडी गुणषरको अपील परेमा मीसील झीकी ईनसाफ जाची अैंसवाल बमोजीं गर्नु भंने का.मु श्री वल्लभ संसेर जंवराको ०८।३।७ को आदेस भयेको रहेछ।
मीसील सामेल रहेको नकसामा झगडीयाको सही छाप नभयेकोले प्रतेवादी वसि नकसा भयेको हो हैन स्व कुरा बुझी कागज गराई प्रतेवाडीलाई तारेष तोकी पठाउनु भंने श्री माननीय प्रधान न्यायाधीसबाट ०९।३।७ मा आदेस भै प्रतेवादी हाजीर हुन आई यो मुद्दा पेस हुदा झगडा परेको जगाको मीसील सामेल रहेको नकसा दर्जा पुगेको कारीन्दाबाट नभयेकोले फेरी अैं बमोजीं रीत पुर्याई नकसा स्मेत गरी पेस गर्नु भंने डीभीजं वेंञ्चबाट २०१०।५।२४ आदेस भयेको रहेछ।
यो मुद्दामा तारेषमा रहेको ऊजुरवाला गुणषरको वा. हें प्रसाद राईके हामी स्मेतको वाली लुटे हामीलाई राषी बुझदा झगडा परेको जगाको जीलाबाट भै आयेको १०।८।२६।६ को नक्सा हेर्दा वादी गुणाषरले मेरा तीरा भीत्रको भनी डावी गरेको नकसामा थोपलाको चींन्न जनायेको ईछे कामीस्मेतको घरदेषी माथी ऊतर पट्टी पानी नभयको षोल्सी देषीपूर्व धर्म बाहादुरको घडेरी वारी मुनी वाडीहरुको घरहरुबाट आयेको बाटो मुनी मेरो र चक्रपाणी जीवाषरको जगा छ भनी दावी गरेको प्रतेवादी ईछे कामी स्मेतले पानी नभयको षोल्सी देषी पस्चीं साध वाडीहरुको हो अरु वाडीले पक्रेको झगडा जनीयेको जगा भीम जीवाषट चक्रपानी भनी लेखीयाको स्मेत सबै मेरो तीरा भीत्रको भनी प्रतेवादीलेस्मेत नकसामा जीकीर लीयेको नकसामा झगडा परेको जगा प्रती भनी भनीयेको आदेस बमोजीं बुझीयेका सरजमींले झगडा परेको जगा वाडीकै हो भनी धेरै सरजमींले लेषीदियेकाले प्रतेवादीको सबै कुरा झुट्टा हो की भंनालाई नकसामा साध सीवाना भनी थोपला डी मेरो झगडा परेको जगा देषी नगीचै दषींपटी ई प्रतेवादीको स्मेत घरहरु देखीयाको नीजहरुको घरदेषी पस्चींतर्फ गुमानसीं कामीको घर देषायेको स्व संगै पस्चींतर्फपटीबाट ऊतरतर्फ टेक बहादुरको घर स्मेतमा गयेको ठाडो गोरेटो वाटो प्रतेवाडीको घर मुनि बाटमा जोडीयाको देषीयाको ईनी वादी प्रतेवादीको घरायेसमा झगडा भै द्रर्ताको कील्ला दुवै थरको नभयेबाट केही प्रतेवादीको जगा चापी वाडिले आफ्नो नाप चापी वाडिले ऊजुर गर्दा प्रतेवादीले पनी वाडी तर्फको जगा दावी गर्ने हुनाले नकसा मीसीलको रुपबाट विचार गर्दा गाउँ ठाउँमा केही पक्का सीवाना भै दुवैतर्फबाट नाप भंन माग गर्ने रीती थीती रहेकै कुरा हुनाले सो टेक बाहादुरको घरबाट आयेको वीचको बाटो प्रकृती सीवाना नै कायें मानुपर्ने भै स्व बाटो देषी पुर्वतर्फ नकसामा झगडा जनीयाको जगा प्रतेवादीको तीरा भीत्रको जगा स्व बाटो देषी पस्चींतर्फ वाडीहरुको तीरा भीत्रको जगा ठहर्छ। अब वालीको हकमा वाडी प्रतेवादी दुवै थरले झगडा परेको जगा हाम्रो येकलोटी भनी डावी लीयेको मा येकलौटी भंने कराको पक्का लीषत सबुड दुवै थरबाट आउने नसकीईने भयबाट दुवै थरको ठहरेकाले वाडी प्रतेवाडी दुवै थरीको भनाई जीकिर झुट्टा ठहर्ने आयेबाट वालीको वीगो पाउँ भंने वाडीको दावी पुगन सक्दैन सो दावी नपुगेकाले वाडी प्रतेवादिलाई र सरजमीं साछी अडा अडालाई स्मेत केही गर्न पर्दैन अरु तपसिल बमोजीं लेषीयाको लगत तहसीलमा डी मीसील मीसील फाट्मा बुजाई दीनु।
तपसील
प्रधान न्यायालय तेश्रा फाटका ७।८।२ गतेको फैसलाले टंक कामीस्मेतलाई पाल्पा अपीलका ०६।११।३ का फैसलाले लागेको डंड लागेको डंड नलाग्ने भनी ०७।९।२ मा लगत डीयेको हुनाले ई कलंमा अब येस्मा केही गर्नु परेन।
देहायका मानीसके स्याङजा अदालतका ०६।६।२७ गतेका फैसलाले देहाय बमोजीं सलामी र जीताउरी लीने गरेको मा पाल्पा अपीलका फैसलाले नलागने भनी लगत काटने गरेकामा न्यायालय तेश्राका फैसलाले पाल्पा अपीलका पैसला बमोजी नगर्न लगत काटी सकेको भया सुरू लगत कायें गर्नु भनी सुरु अदालतलाई पुर्जी गर्ने भनेकोमा माथी ईन्साफ षंडमा लेषीमा बमोजिं सुरु अदालतले लीने गरेको पनि लागने भयेकाले न्यायालय तेश्राका फैसलाले लागने लगत कसी असुल भयाको भया फीर्ता नभये बेहोरा जनाई लगत काटीदीनु भनी स्याङजा अदालतलाई पुर्जी गर्ने कलं।
पं ४ नं भीरकोट वामतारा भुङरे भजाङ् बस्ने ईछे कामीके सलामी रु १ जीताउरी ।१९स्मेत ज्मा मोरु १।१९ को कलं।
ऐ बस्ने सोभा कमेनीके ऐ कलं।
ऐ वस्ने जुं लाई ऐ के ऐ कलं
ऐ बस्ने चंसीलाई ऐ के ऐ कलं।
ऐ बस्ने लुरे कामीके ऐ कलं।
प.४ नं भीरकोट वाम नुङरे वानीथोक बस्ने वादी गुणाषर पाध्याके सुरुबाट डंड मोरु ११।३६ गर्ने गरेकोमा अपीलका फैसलाबाट मोरू २।१३ लागने अरु वाडी ९।२३ पीर्ता डीने भनेको न्यायालय तेश्राका फैस्लाले अपिलका फैसलाले कटीमटी गरेको वाकी फीर्ता दीनु भनेको यो बमोजिं नगर्नु अपीलको लगत काटी सुर फैसला लगत कायें गर्नु भनेकोमा सुरूबाट नीजलाई भयेको डंड नलागने हुदा असुल भये फीर्ता नभये वेहोरा जनाई लगत काटी डीनु भनी स्याङजा अदालतलाई पुर्जी गरि पठाउंने कलं
देहायेका मानीसके देहाय बमोजीं सुरुबाट जरीवाना गरेको नलाग्ने भनी पाल्पा अपीलले लगत काटने गरेकोमा न्यायालयका फैसलाले लगत काटी सकेको भया फेरी लगत कसी र नभया सुर लगत वमोजीं गर्नु भनि सुरु अ. लाई फिर्ता गर्न लगत दीयेको ई ई नंवर पनी निजहरुलाई नलागने भयेकोले असुल भया फीर्ता नभये बेहोरा जनाई लगत काटी दिनु भनी सुरू अ. लाई पुर्जि गर्ने कलं।
प ४ नं भीरकोट वालतारा वासेथोक बस्ने सु मोहन बाहादुर अधीकारी छेत्रीके मो र १। को कलं।
ऐ. ऐ. बस्ने रा तीलक बहादुर अधिकारी छेत्रीके ऐ कलं।
ऐ बस्ने भीस्म बाहादुर ऐ के ऐ कलं ।
ऐ बस्ने कालु पाध्याके ऐ कलं।
ऐ बस्ने रनवीर थापा मगरके ऐ कलं।
ऐ बस्ने हस्त बाहादुर अधीकारी छेत्रीके ऐ कलं।
ऐ बस्ने सोभीत बाहादुर ऐ के ऐ कलं।
ऐ बस्ने रानीडाडा वस्ने धनलाल पाध्याके ऐ कलं।
ऐ बस्ने दान प्रसाद पाध्याके ऐ कलं।
ऐ बस्ने मनीलाल पाध्याके ऐ. कलं।
ऐ. रानीडाडा बस्ने नंदकेसए उपाध्याके ऐ. कल्।
वाडी गुणाषरले प्रतेवादीहरुबाट वालिको विगो भराई पाउने भयेको न्यायालयका फैसलाबाट नपाउने भै लगत काटी डीसकेकोले तेसतर्फ अव केही गर्न परेन प्रधानन्यायालय तेश्राका फैसलाले ईनसाफ उल्टीमा भनी पाल्पा अपीलको देहायका हाकीं कारींन्दालाई जरीवाना गरेको नलाग्ने हुदा असुल भया फीर्ता नभये वेहोरा जनाई लगत काटी दीनु भनी लगत दीने कलं।
हाकीं सु. गुर प्रसाद मैनालीके मोरु ।५० पैसाको कलं।
अनासु हरी बाहादुर श्रेष्ठके मोरु ।३ पैसाको कलं।
वी रामेश्वर प्रसाद पाध्याके मोरु ।१५ पैसाको कलं।
न्यायाधीस प्रधान न्यायाधीस
ईति सम्वत् २०१० साल माघ २० गते रोज ३ सुभं