• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६० - करकाप

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२० १३१

अभिलेख दर्ता नं. ७६०।२०१०

दे नं. ९६/९२९

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ. नं. ९२९

मुदा करकाप


अपिलाट -वादी लछिमन कासुला भ.पु.ई. भलाछेटोल

विपक्ष प्रतेवादी नन्दकुमार कुसाथा समेत


ईलाश

 


श्री माननिय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्रृ

फैसला

     यस्मा ०७ साल भाद्र८ गते बेहान मकैवारी हेरी आउछु भनि गएको मकैवारी हेरी घर फर्की आउदा भ.पु.ई धंखापानी अगाडी वाटोमा प्रतेवादीसंग भेटमै प्रतेवादीले मलाई समाई कुटपीट गरी मेरो खासटोलेमेरो मुख छोपी मेरा दाया वाया बुढी औलामा छापमसी लगाई ५˟६ थान कागजमा थीचाई लिय कुटपीटतर्फ छुट्टै नालेस दिनेछु ५˟६ थान कागजमा सै गरायमा सजाय गरी पाउ भन्‍ने वादी रहेछ।

म नन्दकुमार, तुलसी ०७ साल भाद्र २ गते गोसाईकुंड गै घर आएकोले वारदातका दिन गाउँघरमा नभयेका म लतन बहादुर वेरामी भै सो वारदातका दिन घरैमा छु वादीले नालेस गरेको बाली मुदामा वीगो छाडीलौ भन्दा हामीले नमानेको इवीले ०३ सालमा गरी दिएको कवुलियतको दोहोरी र वाली बुझेको भरपाई वदर गराउन यो नालेस गरेभने नन्दकुमार, तुलसी, लतन बहादुर समेत ३ जनाको प्रतेवादी रहेछ।

प्रतेवादीबाट पेस भएको ०३।९।१ को कवुलियतको दोहोरी ०६।११।४ को र ०६।३।३० को वाली वुझायको वादीलाई देखाई सुनाउदा करकापसंग गराई लिएको हो भनि वादीले वयान गरेको रहेछ।

वुझियसम्मबाट पर्स भएका ३ थान कागज प्रतेवादीहरूले करकापसंग गरायको ठहर्छ भनि ०८।९।२६ मा सुरू भक्तपुर अदालतले फैसला गरेको रहेछ ।

सो कागजमा वादी दावी बमोजिम छापवाला सैछाप भएको नदेखिएको १ ल्यापचे मात्र लागेको ०७ साल भाद्रमा करकाप गरे भन्‍ने वादी करकाप गरे भनेको ३ सालको कागजको लेखक सींगबहादुर ०६ सालमा मरिसकेको भन्‍ने म्याद तामेलीमा देखिएकोले समेत वादीले झुट्टा उजुर गरेको र सुरुले गलती ईन्साफ गरेको ठहर्छ भनि ०९।५।१६ मा अपिल तेश्रा फाटले फैसला गरेको रहेछ।

अपीलको इन्साफमा चीत्त बुझेन भन्‍ने वाडिको अपिल परी तारेखमा रहेका वाडी अपिलाट र छलफलमा झिकाई आयेका प्रतेवादीहरुलाई स्मेत राखी पेस हुन आयको बुझ्दा अपिलाट वादीले प्र.नन्दकुमार उपर मेरो मोहियी हकको जगा ०२।७।४ मा कवुलियत गराई कमाउना दियको ०६ सालको वाली नबुझायकाले वाली भराई पाउँ भन्‍ने ०७।३।८ गते नालेस गरेकोमा उजुरी वमोजिम कवुलियत गरी जगा कमायको जगाको उवजनी थोरै हुदा ०३ सालमा जगा छाडछु भन्दा झाराखर्च दिन परदैन ठेंगीए बमोजिमको वाली बुझाई खानु भन्‍ने कवुलियत गरी दोहोरी दियको सो बमोजिम वाली प्रमाण मिसिलवाट वुझाई सकेको छु भन्‍ने प्रतेवादी परेको देखिएको सोही ०३ सालमा गरेको भनेका कवुलियत दोहोरी र ०६ सालको बाली बुझायको रसीद भनी प्रतेवादीबाट पेस भएको कागजलाई वादीले करकापसंग गरायको भनि यो मुदामा वयान गरेको प्रतेवादीका लेखाई बमोजिम ०३ सालमा अर्को कवुलियत गरेको भय ०२ सालमा गरेको कवुलियत चेत गराउनु पर्ने नगरायको र ०६ सालको वाली बुझाई खुसी राजीबाट वादीले रसिद गरी दीएको भए फेरी वालीमा उजुरै गर्न नपर्ने पछी जालरचि फेरी वालीमा नालेस गरेको भए पैले करकापमा उजुर गरी वालीमा उजुर गरेको हुनुपर्ने सो नभै ०७ साल आषाडमा वालीमा नालेस तेसपछी आस्यींया करकापको यो नालेस परेको यो करकापको नालेस परेपछीमात्र ई प्रतेवादीले वाली मुद्दामा प्रतेवादी दियको देखिएको अघी २ सालका कवुलियतमा मुनफा वाली स्मेत लिने गरी कवुलियत भएको प्रतेवादीबाट पेस भएको अघी ०२ सालका कवुलियतमा मुनाफा वाली समेत लिने गरी कवुलीयत भएको प्रतेवादीबाट पेस भएको ०३ सालका कवुलियतका दोहोरीको वेहोराबाट लागे डरीयको वालीमात्र लिने खोस पोस गर्ने छैन भन्‍ने र मुनफा वाली नलिने लेखिएको वालीको भरपाई स्मेत गरायको असम्भव कागज खुसि राजीले नहुने सो कागजको लेखक साक्षी मरेको भन्‍ने वुदालाई करकाप गर्नेले आफनो बुदा खडा गर्न नाउसम्म मर्नेको पारेको देखिने र ल्यापचे सहीको गंती फरक पर्ने कुरा सोभाविकै हो कारण जबरजस्ती करकाप कुटपीट गरेका मौकामा सहीको गन्ती हेका रहन मुसकील र छलफलमा वादीको रुपरंगबाट बिलकुल सिधासाधा सोभाव वादीको र प्रतेवादी नीकै बढाई बनावटी कुरा गर्ने सोभावको देखियेको र अरु सुरु अदालतका फैसलामा लेखिएका वुदा प्रमाण स्मेतबाट करकाप ठहरायको ईन्साफ सुरु अदालतको मुनासिव अपिलको गलती ठहर्छ।

अपिल तेश्राफाटका ०९।५।१६ का फैसला र ०९।६।२ का लगतले तपसिल बमोजिम गर्ने गरेकोमा अपिलको इनसाफ उल्टी भै सो बमोजिम गर्न नपर्ने भएकोले समेत तपसिलका कुरामा तपसिल बमोजिम गर्न तहसिलमा लगत दिनु।

तपसिल

देहायका प्रतेवादीहरुके सुरुबाट लिने गरेको देहाय बमोजिमको डण्ड नलागने हुदा लगत कट्टा गर्ने गरेको इन्साफ सुरुकै मुनासिव हुदा देहाये बमोजिम लागने हुदा अपिलको लगत काटी सुरुकै लगत कायम गर्नु भनि भ.पु. तहसिललाई पूर्जि गर्ने  ----------------------------१

भ.पु.ई. ञालाछेटोल बस्ने नन्दकुमार कुसाथाके मोरु पाच -------५।-

ऐ ऐ बस्ने लतन बहादुर ऐ के रु ------------------------------५।-

ऐ ऐ बस्ने तुलसी कुसाथाके रु ----------------------------------५।-

ऐ ऐ बस्ने विल बहादुर लामाके रु ------------------------------५।-

ऐ ऐ बस्ने काजिलाल लामाके रु ---------------------------------५।–

प्रतेवादीका देहायका साछीके झुट्टा बकेमा भनि सुरुले जरिवाना गर्ने गरेको नलागने हुदा लगत कट्टा गर्ने भनेकोमा लागने नै हुदा अपिलको लगत काटी सुरुकै कायें गर्न ऐ.लाई पूर्जी गर्ने २

भ.पु.ई ञाछेटोल कालाछे बस्ने तुईसायके मोरु -------१।

ऐ जेलाटोल बस्ने रामजी गुसाईके रु--------------------१।

ऐ ञालाछे बस्ने विल बहादुर लामजुके रु -------------१।–

ऐ ञालाछे बस्ने किसन बहादुर चोथामीके रु ------------१।–

वादीका साछी देहायका जवानके झुट्टा बकेमा भनि अपिलले रु १। का दर्ले जरिवाना गर्ने गरेको नलाग्ने हुदा लगत काटी दीने -------३

भ.पु.यलाछे टोल बस्ने लतं बहादुर ज्याछाके रु -------------१।–

ऐ.बस्ने गणेश बहादुर कोजुके रु ---------------------------१।–

वादी लछुमनके अपिलबाट मोरु ५। डण्ड गर्ने गरेको नलागने हुदा असुल उ फेर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु -------------------------------------------------------४

भक्तपुर अदालतका देहायका मानिसलाई इन्साफ उल्टीमा गर्ने गरेको जरिवाना नलाग्ने हुदा असुल भए फेर्ता र वेहोरा जनाई लगत काटी दिनु -------------------------------------५

हकिं सुधा ना.सु. नारानदास राजबाहकके मोरु ---।६०

डी गणेशमान भडारी देउपाटंके रु ---------------।३०

वी गणेसभक्त बनेपालीके रु ---------------------। १०

ईन्साफ पारी छींने सुरु अदालत उपर देहायका प्रतेवादीले अपिल गरेमा हा.का. १० नं बमोजीम सुरु डण्ड मोरु ५। को दसौद मो रु।५० पचास पैसा जनही डण्ड हुन्छ रुजु हुदा असुल गर्नु ---------------------------------------------------------------------६

भ.पु.ई.ञालाछे टोल बस्ने नन्दकुमार कसाथाके रु ----।५०

ऐऐ बस्ने लतन बहादुर ऐ .के रु ----------------------।५०

ऐ ऐ बस्ने तुलसी ऐ के रु ---------------------------। ५०

अपिल तेश्राका देहायका मानिसके उल्टीमा हा.का. १५ नं. बमोजिम तजवीजी मोरु १। यक जरिवाना हुन्छ देहाय बमोजिम असुल गर्ने --------------------------------------------७

हकिम सुवा देवप्रसाद उपाध्या काई किलागलके ------।६०

अ.ख. दोदराज जीसीका ई डिलीबजार मैतीफाटके रु ----------।३०

वि प्रें बहादुर कवर का. ई सिनामंगलके रु---------------------।१० 

 

महेन्द्र बहादुर महत्

         न्यायाधीश                                      

ईति सम्वत २०१० साल  माघ २० गते रोज ३ सुभं।

 

 

 

 

 

 

 

 

 

 

बुझीसम्मबाट पेस भएका ३ थान कागज प्रतेवादीहरुले करकापस्ग गरायको ठहर्छ भनि ०८।९।२६मा सुरु भक्तपुर अदालतले फैसला गरेको रहेछ।

सो कागजमा वादि दावि बमोजिम छापवाला सै छाप भएको नदेखिउको १ ल्यापचे मात्र लागेको ०७

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563