• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६१ - कुट्पीट्

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२० ९२

अभिलेख दर्ता नं. ७६१।२०१०

दे नं. ३६९/४९

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं. ४९


अपीलाट्- वादी लछीमन कासुला भ.पु. ईञलाछे टोल ।

विपक्षी -भ.पु. ईञलाछी वस्ने नन्दकुमार कुसाथास्मेत प्रतेवादी ज्वां ३।


मुद्दा कुट्पीट्

ईजलास

 


श्रीमाननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षत्री।

फैसला

     येस्मा ०७ साल भाद्र ८ गते ५ का दीन म आफनो खेतकोतर्फ हेरी घर फर्की आउँदा धंखा पारी अगाडी बाटोमा प्रतेवादीहरुले भेटी लेखी राखेको ५।६ थान कागज झीकी स्हीछाप गर भनेकोले गरदीन भंदा ३ जनाको हुल भै कुटपीट गरी करकापसंग मेरो ल्यापचे स्हीछाप स्मेत गरी लीयेकोले करकापतर्फ छुट्टै ऊजुर गर्ने हुदा कुटपीट गरेमा सजाये गरी पाउँ भन्‍ने स्मेत लछीमन कासुलाको ०७।६।१०।३ को फेराद पत्र रहेछ।

वादीले कुटयो भनेका दीन म नन्दकुमार, तुल्सी गोसैथां गैरहेको र म लतं बहादुर मकै कुर्न खेतमा गयेको वारदातको ठाउँमा हुदै नभयको मानीसलाई आफ्नो खेतको नरकटको बारबाट खसी परेको घा खत जचाई मुद्दा परेका ईवीले झुट्टा नालेस गरेकोले हामीले कुटपीट करकाप गरेका छैनौ भन्‍नेस्मेत ............................... लतंबहादुर, नन्दकुमार स्मेतको ०७।७।२०।४ को प्रतीउंतर पत्र रहेछ।

वादी दावी बमोजिं कुटपीट गरेकै ठहर्छ भन्ये ०८।९।२६।५ को भक्तपुर अदालतको फैसला रहेछ।

कुटपीट् गरेको ठहरदैन झुट्टा ठहर्छ भनी सुरुको ईन्साफ उल्टाई ०९।७।६ मा अपील तेश्राफाटले फैसला गरेको रहेछ।

वादी लछीमनको अपील परी तारीख टुटाई रहेको यो मुद्दाको मीसील ईनै वादी प्रतेवादीहरुको येकै वारदातको करकापसंग कागज गरायो भन्ये मुद्दाको प्रमाण नीमीत्त आई सो मुद्दा पेस हुन आयेकोमा यो मुद्दाको टीपोट् कीताब बनेको र तारेख चलायेको नभयेपनी यौटै वारदातको हुदा यो कुटपीट् मुद्दाकोस्मेत नीर्णय दीये हुने देखीई करकाप मुद्दाबाट आयेका दुवै थर राखी यो मुद्दा पनी बुझदा कुट्पीट् गरी करकापसंग कागज स्मेत गराये भनी यौटै वारदातको कुटपीट मुद्दास्मेत प्रतेवादीहरु उपर २ मुद्दा दायेर गरेकोमा वाली मुद्दाको ईवीले बारबाट लडी परेको घा खत जचाई नालेस गरेको हो भनी प्रतेवादीहरुले इन्कारी प्रतेवादी दीयेकोमा करकापसंग कागज गरायो भनी मुद्दामा वादीलाई प्रतेवादीहरुले करकापसंग कागज गरायेकै ठहरी अ.न. ९२९ को करकाप मुद्दा आजैका मीतीमा फैसला भएको हुनाले येकै वारदात हुँदा कुटपीट गरेको ठहरदैन भनी गल्ती ईन्साफ गरेको ठहर्छ।

देहायेका प्रतेवादीहरुलाई भ.पु.अ. को फैसला ऐ का ०७।११।८।४ का लगतले लगत कसी लीने गरेको देहाय बमोजिको दण्ड नलाग्ने हुंदा फीर्ता दीने भनी अपील तेश्राका ०९।७।६ का फैसला र ०९।८।२५ का लगतमा लेखीयेकोमा दण्ड लाग्नेनै ठहरेकाले नलाग्ने भनेको लगत कट्टा गरी लाग्ने लगत कायें गरी लीनु भनी तहसीलमा लगत दीनु।

भ.पु. ञलाछे टोल बस्ने नन्दकुमार कुसाथाके मोरु ------३४।

ऐ बस्ने तुल्सी ऐ के ऐ -------------------------------२५।

ऐ बस्ने लतचा ऐ. के ऐ ----------------------------२९।

देहायका प्रतेवादीहरुले सुरु फैसला उपर अपील गरेकोमा हाकींका नाउँमा कराउनेका ११ नं का अैं बमोजिं दसौद देहाय बमोजिं दण्ड हुन्छ रुजु हुदा अैं बमोजिं असुल गर्न तहसीलमा लगत दीनु।

भ.पु. ञलाछे टोल बस्ने नन्दकुमार कुसाथाके मोहरु ------३।४०

ऐ. बस्ने तुलसिं ऐ के ऐ -------------------------------- २।५०

ऐ बस्ने लतं चा ऐ. के ----------------------------------२।९०

वादी लछुमन कासुलाके पोली सावित गर्न नसकेमा भनी अपील तेश्रा फाटका ०९।७।६  काफैसला र ७९।८।२५ का लगतले लीने गरेको दण्ड मोरु ४४।– चवालीस रुपैया नलाग्ने हुदा असुल भया फीर्ता र नभया अैंसवालको रीत पुर्‍याई लगत कटा गर्नु भनी तहसीलमा लगत दीनु।

देहायका मानीसलाई झुठ्ठा वकेमा भनी अपील तेश्राका ०९।७।६ का फैसला र ०९।८।२५ का लगतले लीने गरेको दण्ड नलाग्ने हुदा असुल भया फीर्ता र नभयमा लगत करा गर्न तहसीलमा लगत दीनु।

भ.पु. ञलाछे वस्ने तुईसीं कामीके मोरु ----१।

भ.पु. ञलाछे बस्ने काजीलाल लावतुके मोरु ----१।

ईन्साफ उल्टीमा भनी देहायेका जागीरदारलाई अपील तेश्राका ०९।७।६ का फैसला र ०९।८।२५ का लगतले लीने गरेको जरीवाना नलाग्ने हुदा असुल भया फीर्ता र नभया लगत कट्टा गर्न तहसीलमा लगत दीनु।

ना.सु. नारांदासके रु -----।७०

अ.डी. गणेस मानके रु ।२०

वी. मुकुंदके रु ----------।१०

 ईन्साफ उल्टीमा देहायका जागीरदारलाई हाकींका नाउँमा कराउनेका १५ नं का अैं बमोजिं देहाये मुतावीक तजवीजी मोह रु १। येक रुपैया जरीवाना हुन्छ। अैं बमोजिं असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।

अपील तेश्रा फाटका

हाकीं सुधा देव प्रसाद उपाध्याय लोहनी का.ई. कालागलके मोरु ------।६०

अ.ख.दोलराज ऊपाध्याय जोसी का.ई. डीलीबजार मैतीफाट् ऐ --------।३०

डी डीली बहादुर श्रेष्ठ का.ई. डीलीबजार ऐ -----------------।१०

महेन्द्र बहादुर महत  

                                       न्यायाधीश  

ईति सम्वत २०१० साल माघ २० गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563