निर्णय नं. ७६२ - सुन नासो
अभिलेख दर्ता नं. ७६२।२०१०
दे नं. ५२२/७२५
नेपाल प्रधान न्यायालय फुल बेञ्च
फौ.ठानं. ७२५
मुदा सुन नासो
नीवेदक ल.पु.ई. गावहाल बस्ने हर्खरत्न गुभाजु
विपक्ष -ची. ई. कुलेखानी बस्ने कृष्ण गोपाल श्रेष्ठ
इजलाश
श्रीमाननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम. ए. वि. एल.
श्री माननीय न्यायाधीश भैरवराज पंतो पाध्याय
श्री माननीय न्यायाधीश महेंद्र बाहादुर महत छेत्रृ
फैसला
येस्मा चीसापानी गडीका चलानीसाथ आयेको म भिंफेदीतर्फ जाने भयको घरमा जाहान कोही बस्ने नहुदा सुनचादीको माल लीगयेको गडीमा पास हुन दीदैन भनेकोले २००६ साल श्रावण १ गते चीनाजानीको मानीस कुलेखानीमा कृष्ण गोपाल काका फर्कीदा लीने गरी राख्नु भनी इन्दमानलाई पठायको पछी केही दीं अझ नदीयकोले वाकी सुनको वीगो रु ३०७६० भरी पाउँ भन्नेस्मेत हर्खरत्न गुभाजुको वयान रहेछ।
म गडीमा साबीत भयको होइन मैले सुन जींमा लीएको र राखेको स्मेत छैन भंन्येस्मेत कृष्ण गोपालको वयान रहेछ।
मैले यौटा कागज कुलेखानीको दि पठायकोले दिएको छ मैले सुन लगेको थियन चीसापानी गडीका चलानीमा लेखीए बमोजिं साबीत भयेको होईन भंन्येस्मेत खं बाहादुरको वयां रहेछ।
हर्खरत्न ले सुन दी पठायकोले कृष्णगोपाल काहा राखेको हुं भिंफेडीबाट फर्कदा हर्खरत्न लाई दिनु भनेको हु कागज गरायको छैन भंन्ये स्मेत इन्द्रमानको बयान रहेछ।
मलाई कौनै कुरा थाहा छैन भंन्ये स्मेत नारा कृष्णप्रसाद आचार्यको वयान रहेछ।
कृष्ण गोपालले मेरो सुन दीयन भनी हर्करत्न ले भंदा सुनेको हुं अरु कुरा था छैन मैले खुमासद गरी हर्करत्न लाई सुन दी ल्याएको होइन भंन्ये मानीकलालको बयान रहेछ।
बुझीए संमका प्रमाणले चीसापानी गडीका चलानीमा सावीत भयेको भंन्ये लेखीएको तेस उपर उजुर नपरेको सावीती बमोजीं इन्दीयन डाकवालालाई दी पठायको भंन्येतर्फलाई कैले के कैले के भंन्ये गरेको भंन्ये चलानीमा लेखीएको खंव हादुरले वयान गर्दा चीठी स्मेत लगेको हु भने काले नीजले लगेको ठहर्दैन सो नठहरेकाले नाराकृष्ण प्रसादलाई दीएको भंन नहुने कृष्ण गोपाल जिंमा रहेको सुं जफत गर्न पक्राउ भयको नहुदा नीकासा भय बमोजिं सजाय गर्न र लेखत नभएपनी नासो धरौटका १० नं ले भरी भराउ गर्न हुनेहुदा ज्मा वीगो २०७६०। भराई दिने ठहराई २००६।९।१४ मा सदर जंगी कोतवालीले जाहेर गरेको रहेछ।
सुन जिंमा लीएमा गडीया सावीत कुटपीट गरी गराय भंन्ये रोहवरमा वींती गरेको घा खत नदेखीयकोले जाहेर गरेको मनासीव सुन नीकासी गर्न उधोग गरेका सैक्रा ५ का दर्ले हर्षरत्नलाई डंड गर्नु भंन्ये २००६ साल पौख २२ गते १ छापे तोक सदर भयको रहेछ।
हुकुं प्रमांङगी बमोजिं जाहेर हुने भयेको नीस्सा माल लीयको दाखील नभयको प्रतेवादीले वयान गर्दा ईन्कार गरेको माल पठायको चीठी भनेमा सुं भंन्ये संम लेखीयकोले सुन लीए राखेको र निकासी गर्न लेको समेत ठहर्दैन भनी २००८।३।२५ मा श्री का.मु. प्रधान न्यायाधीशबाट फैसला भयेको रहेछ।
हर्करत्नले दियेको निवेदन पत्रमा इन्साफ जाची अैं सवाल बमोजिं गर्नु भंन्ये आदेश रहेछ।
मुदा पेस हुदा सक्कल चीठी सदे कृतेमा सुनाई साविती भंन्ये चलानीमा लेखेको कुरामा गडीका हाकींको कागज गराई पेस गर्नु भंन्ये आदेश रहेछ।
चीठी लेखेमा सावीत भै चुरोट पठाई दिनु भनी गम गुर्जुलाई लेखेको हुं भंन्ये कृष्णगोपालको र सुन राखी इन्द्रमान गम गुर्जु काहा बसेकोले गम गुर्जुलाई चीठी लेखेको हो भंन्ये स्मेत हर्षरत्नको बयान रहेछ।
कैले लीएको छैन कैले लीएको दी सके भंन्ये स्मेत कृष्णगोपालले भनेकाले सो कुरा हजुरीया जनरल काहा जाहेर गर्दा कागज गराई रहनु पर्दैन भनी फों बाटै कुरा गरेकाले कागज नभएको हो भंन्ये स्मेत मे.क.गुप्त बाहादुरको बयान रहेछ।
आदेश बमोजिं पेस हुन आयको यो मुदा नीवेदक हर्खरत्नको वा कुलव्रज गुभाजु र कृष्णगोपाल श्रेष्ठलाई स्मेत राखी वुझदा सुन नीकासी गर्नेतर्फ प्रमां गरे बमोजिं कारवाई चलेकोमा हर्खरत्नले विगोको दावी गरेको चीसापानी गडीको चलानीमा सुनको माल थान ६ चाडीको थान २ स्मेत माल ली राखी दियेको हु खंव बाहादुर जिंमा पठाई दिनु भनी नीज गुभाजुले भनेको हुनाले मैले पठाई दियेँ मसंग बाकी छैन भनी लीय राखी दीयमा सावीत भयको भंन्ये लेखीयको १ छापे तोक सदरमा गडीमा सावीत भयेको कुटपीट् गरी सावीत गराये भनी रोहवरमा कृष्णगोपालले विंती चढायेको भंन्ये बोली परेको कृष्ण गोपालले लेखेको भनेको चीठी सदे कृतेमा चलेको चीठी लेखेमा सावीत भै चुरोट पठाईदिनु भनी गम गुर्जुलाई लेखेको भनी कृष्ण गोपालले वयान गरेको चीठीको वेहोरामा गम गुर्जुकै कृष्ण गोपालको सलाम यो कागज ली आउने मानीसलाई ताहाको चुं माल दि पठाउनु भंन्ये लेखीएको, हर्खरत्नले कृष्ण गोपाल काहा सुन राख्न पठायको दीयन भंन्ये दावी भयेकोमा कृष्ण गोपालले गम गुर्जुलाई सु माल पठाउनु भंने लेखेको वाडीले सुन ............................ भंन्ये कुरामा प्रमाण लाग्नै नआई नासो धरौटको १० नं मा साक्षी प्रमाण बुझी फैसला गर्नु भंन्ये ................................. र ऐ.को १ नं ले नासो राखेकोमा २०० भंदा बढीको लेखत चाहीने सावीती हुदा लेखत नचाहीने भंनालाई पठाई दिनु भनी गुभाजुले भनेकाले मैले पठाई दिञे मसंग बाकी छैन भनेको भंन्ये सोही चलानीमा लेखीएको नासो धरौटका १० नं ले लेखत नभयकोमा जस्तो प्रतीतले व्यवहार चलाएको उस्तै गरी आफैले उठाई तिर्नुपर्छ भंन्ये लेखीएको सावीती भयको भनेमा सावीत भयको भय सावीती कागज हुनु पर्ने सो कागज भयेकोमा पनी इन्साफ गर्दा सावीत भयेको वेहोरा ठिक छ छैन स्व वीचार गरी इन्साफ गर्नु पर्नेमा कागजै नभयको र चलानीमा सावीत भयको भंन्ये कुरा लेखीएको र मे क गुप्त बाहादुरको वयानमा लेखीयको कुरा पनी नमीलेकोले वयानको कुरा र चलानीको कुरामा दुवै कुरा कायें गरी इन्साफ गर्न नमीलेकोले स्मेत इन्साफ सदर मामीलाका का.मु प्रधान न्यायाधीश मे.क. वल्लभ सम्सेर जङ्ग बाहादुर राणा वीए. वि. एल बाट छीनेको मनासिब ईन्साफ दोहरायमा हर्खरत्न गुभाजुलाई केही गर्न पर्दैन आदेश बमोजिं कृष्ण गोपालको घरजगा वेचवीखन दान दातव्य स्मेत केही गर्न नपाउने गरी रोक्का गर्न काठमाडौ ललीतपुर र चीसापानी रजीष्टेसंलाई लेखी गयेको सो फुकुवा गरी दि मीसील मीसील फाटमा बुझाई दिनु।
महेन्द्र बहादुर महत भैरवराज पंत हरि प्रसाद प्रधान
न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश
ईती संवत २०१० साल माघ २१ गते रोज ४ सुभं