निर्णय नं. ७६३ - संधी सर्पन
अभिलेख दर्ता नं. ७६३।२०१०
दे नं. ४७३/७५३
प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं. ७५२
मुद्दा संधी सर्पन
अपिलाट
का.प.ई पनौति सल्ले गाऊ बस्ने विरबाहादुर तमाङ
विपक्ष
का.प.ई. पनौती सल्ले गाउ बस्ने तिर्थलाल हुमेगाईस्मेत।
ईजलास
श्री माननिय न्यायाधिश महेन्द्र बाहादुर महत क्षेत्रृ
फैसला
वीर बाहादुरको हाल अवादिमा दरखास्त परि मालबाट आवाद नहुने ठहरि मालबाट फैसला भयेको ४ कीला भीत्रको जगामा घर बनाउन लागेमा १४ घराले संधी सर्पनमा नालेस गर्न पठायेमा वारेसनामा दवाई नालेस गरी वालिको जगा छाडी मिलापत्र गरेछन हामी सवैको संधीसर्पनको जगा हुनाले मिलापत्र गरनेलाई र संधीसर्पन गर्ने मां बाहादुरलाई सजाय गरी संधीसर्पनको जगा संधीसर्पन काये गरी पाउँ भनेस्मेत तीर्थलालको वादि रहेछ।
सो जगा अघीको दर्खास्त भयेको होईन सुकंबासी हुनाले ३ सालको विचंमा मेरा नाउमा मकै विउ ।२।।७ मा दर्ता गरि ६ सालको तिरो कुझिली रशिद गरी दीयको छ घर बनाईसकेको छु संधीसर्पनको जगा होईन भंने विर वाहादुर र वारेसनामा दवायेको स्मेत होइन भंने मां बाहादुर स्मेतको प्रतेवादि रहेछ।
घर धुरी वलेसि पाखा संम सुकंवासी सह्र द्रर्ता गर्ने भंने प्र वीरेतामांलाई र दर्ता गरी दिनु भंने मु. स्यांलाललाई सुनाई दिने सो घरधुरि बलेसि पाखा बाहेक वादिका दावि बमोजिंको जगा संधीसर्पन कायें गर्ने गरी काप. अ. को ८।८।२२ को फेसला रहेछ।
बुझियका प्रमाण बुझि १८ जनाको काप.अ.मा. दियको नालेस स्मेत बुझि पाउँ भंने स्मेत वीरे तामांको अपिल रहेछ।
विजंको पुर्जा र दर्ताकै मीती देखिको रशीद अपिलाटले दाखेल गर्न नसकेकोले ईन्साफ सुरुको मनासिव भंने ०९।२।२।५ को अ.पै फैसला रहेछ।
काप.मालले ०८।१०।२२।३ पर्चा गरेको झिकि बुझि अैं ले कति संधीसर्पन रहेछ नापी नकसा गरी म सकंवासीको घर वाश थामी पाउ भंने स्मेत वीर बहादुरको अपिल रहेछ।
यस्मा अपिलबाट विरबाहादुरलाई स्मेत राखी निर्णय गर्दा विजं पुर्जा र दर्ताको मिति देखिको रशिद स्मेत दाखेल गर्न नसकेकोले अपीलाट विर बाहादुरको घरसंम थामि जगा संधीसर्पन कायें गर्ने ठहराई सुरूले र सुरुको ईन्साफ मनासिव गरी अपिल पैलाले छीनेको मनासीव छ ईन्साफ पारीछीने हाकिं उपर अपिल गरेमा हा.का. १० नं. ले सुर डंड मोरु ५। को दोश्रा अपिल हुदा सेक्रा ५ ले मोरु ।२५ पैसा थप डंड हुन्छ रुजु हुदा अैं सवाल बमोजिं गर्ने भनी अ.त.दे.मा लगत दि मिसिल सुरुमा पठाई दीनु भनि मिसिल फाटमा बुझाई दिनु।
महेन्द्र बहादुर महत
न्यायाधीश
इति संवत २०१० साल माघ २३ गते रोज ६ सुभम् -----------------------