• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६४ - पाटी

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२३ १०१

अभिलेख दर्ता नं. ७६४।२०१०

नि नं. ८९४

नेपाल प्रधान न्यायालय डीवीजन बेञ्‍च

ठा.नं. ८९४

मुद्दा पाटी


नीवेदक भपुई वोडे लाछीटोल बस्ने प्र. भवानी दास श्रेष्ठ।

 

वीपक्ष। भपुई बोडे लाछी टोल बस्ने वादी हेराधं कायष्ट।


इजलास

 


श्रीमाननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एमए. वीएल।

श्रीमाननीय न्यायाधीस भैरवराज पन्तो पाध्याय

फैसला

     भक्तपुर बोडे लाछीटोलमा पाटी बनाउन नक्सा पास गरी पाउँ भनी प्र. भवानीदासले अघी २००१ सालमा दर्षास्त दीदा सो पाटी बनाउने भनेको जगामा ईट्ले छापो राषेको भंने ठाउ देषीएकोले सो ठाउमा पाटी बनाउन नपाउने ठहरी भक्तपुर देयडेल देषी प्रधान न्यायालय लगायतबाट फैसला भएकोमा हाल नक्सै पास नगरी सो बाटो सह्रको रैकर लाछी भंने जगामा २००६।११।३० गते बाटो पाटी बनाउन जग लगाई २।३ हात जती गाह्रो उठाई ल्याएकोले रोक्‍का गरी भत्काई इलाछीको जगानै कायें गरी पाउ भने २००६।१२।३को वादी हेराधंको वींतीपत्र वयां रहेछ।

भक्तपुर लाछीटोलको पूर्व वादी हेराधंको घर पछीं लाछी भन्‍ने जगा उत्तर बाटो दक्षीण राजलालको पाताल यती ४ कीला भीत्रको जगामा अघी मेरा पुर्षाको सोवासी घर थीयो पछी भत्की पाताल भएकोमा ७५।७६ सालमा ईटले छापी धां सुकाई आएको जगा मध्य वादी देहेराशधंको घर मुनी धर्मसाला पाटी बनाउन नक्सा पास गरी पाउ भनी २००१ सालमा मैले दर्षास्त दींदा सावीक देषी धां सुकाउने गरेको जगामा नीस्सा वेगर पाटी बनाउदीन नक्सा पास गरिदीन मनासीब नपर्ने भनी भक्तपुर छे भडेलबाट र अपील अडाबाट फैसला भएकोले न्यायालयमा अपील गर्दा न्यायालय पैल्हा फाटका वीचारीले ३ सहरलाई मात्र नक्सा पास गर्नुपर्छ बोडैस्मेत गाउ घरमा नक्सा पास गर्नु पर्दैन पाटी बनाए हुन्छ भनेकाले २००६ साल माघ मैनाको श्री पश्चमीको दींमा जग बसाई पछीं दषीं उतर १ एक फुट र पुर्वतर्फ २ फुट जतीमा गाह्रो उठाई ल्याई सकेको हु। वादी ईवीवाला झगडीया हुनाले झुट्टा उजुर गरेको भंने स्मेत २००६।१२।३ गतेको प्र भवानी दासको कागज रहेछ।

पाटी बनाउन नहुने ठहरी अघीनै प्रधान न्यायालय लगाएतबाट फैसला भैसकेको हुदा पाटी बनाउन नपाउने ठहर्छ भनी २००७।२।२६ मा भक्तपुर मुनीसीपल्टीबाट पर्चा गरेको रहेछ।

ईन्साफ भक्तपुर मुनीसीपल्टीको मुनासीव भनी अपील तेश्राफाटबाट २००७।८।१८ गते फैसला गरेको रहेछ।

सोही सदर गरी प्रधान न्यायालय चौथाफाट्बाट २००८।३।२७ गते फैसला गरेको रहेछ।

मेरा हकको पाताल जगामा पाटी बनाउन नपाउने ठहराई न्यायालय चौथाफाट्ले गरेको ईन्साफमा चीत्त बुझेन भंने भवानीदासको वींतीपत्रमा मीसील झीकाई ईन्साफ जाची अैंसवाल बमोजीं गर्नु भंने २००८।६।२९ को प्रधान न्यायाधीसको आदेस रहेछ।

यस्मा २००९।५।२४ गतेको प्रधान न्यायाधीसका आदेस बमोजीं नक्सा सर्जमीं भै आई वादी प्रतेवादी दुवै थरलाई राषी पेस हुन आएको यो मुदा बुजी वीचार गर्दा यै झगडा परेको पाताल जगामा पाटी बनाउन नक्सा पास गरी पाउ भनी यै प्रतेवादीले अघी २००१ सालमा दर्षास्त दीदा सुरुदेषी न्यायाय लगायतबाट ईटले छापीराषेको टोलको लाछी कीसींको जगामा पाटी बनाउने देषीएको जगा स्मेत नदेषीएको भनी नक्सामा र धां सुकाउने गरी आएको भनी दर्षास्तमा लेखीएकोले पाटी बनाउन नक्सा पास गरीदीन मुनासीब नपर्ने भनी फैसला भैसकेकोले पाटी बनाउन नपाउने ठहर्छ भनी भक्तपुर छेभडेलबाट र सोही सदर गरी अपील तेश्रा प्रधान न्यायालय चौथाफाट्बाट फैसला गरेको हाल नक्सा सर्जमीं गर्न पठाउदा पनी ३० जना स्जमींले जनतालाई घाम ताप्न र जात्रा चलाउन पर्ने हुदा पाटी बनाउन दीन मंजुर छैन भनी मुचुल्का गरी दीएकोले पाटी बनाउन नपाउने ठहरायेको ईन्साफ प्रधान न्यायालय चौथा फाट्को मुनासीब ईन्साफ पारी छींने हाकीं उपर बींतीपत्र दी मुदा दोहर्याएमा प्र. भवानीदास श्रेष्ठके सुरु डंड मोरु १२। को हा.का. का ११ नं ले सैयकडा १० ले मोरु १। २० एक रुपैया वीस पैसा डंड लाग्छ रुजु हुदा असुल गर्नु भनी तहसीलमा लगत दी सो झगडा परेको पाताल जगामा पाटी बनाउन स्मेत कसैले केही गर्न नपाउने गरी सावीक बमोजीं गरी दीनु भनी मीसील भक्तपुर छेभडेलमा पठाउन मीसील फाटमा बुझाई दीनु ।

 

 

 

भैरवराज पंत                                     हरिप्रसाद प्रधान                   

  न्यायाधीस                                        प्रधान न्यायाधीस   

ईती सम्वत २०१० साल माघ २३ गते रोज ६ सुभम्

   

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563