निर्णय नं. ७६५ - मीलापत्र बमोजीं गरेन
अभिलेख दर्ता नं. ७६५।२०१०
नि नं. ८२
नेपाल प्रधान न्यायालय फुल बेञ्च
को अनं. ८२
अपीलाट् प्रतेवादी काई घंटाघर तकीया बस्ने हवीवन वीवी स्मेत
विपक्ष वादी काई बटुटोल बस्ने रहमतुल्ला मीञा
मुद्दा मीलापत्र बमोजीं गरेन
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एमए. वीएल।
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या
श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत छेत्री
फैसला
यस्मा नेपालमा बनेको हीन्दुस्थानी तकीयामा हेर वीचार गर्न र तपसील बमोजीम काम गर्ने गरी हवीवन वीवीस्मेतले सोतकीयाभीत्रको घरमा वसी आयकोमा नीज हवीवनस्मेतले तकीया भीत्र घर बनाउन नपाउने प्रमाण पेस गरी उजुर गर्दा अडाले वेहीसाब गर्न लागेकोले पाउमा बींती गर्दा दुवै थर झीकाई जाहेर हुदा घर बनाउन पाउदैन भन्ने मर्जी भयेपछी घर बनाउन नपाउने भै मीलापत्र भयेकोमा सो घरमा बस्ने हवीवनवी स्मेतले ५ साल चैत्र ५ गतेदेखी आजसम्म तपसील बमोजिं झावडारुको दागवतीको काम मुर्दालाई नुहाउन दीनुपर्ने हांरो जातमा कोही मरीगयो भने खबर दिनुपर्ने मुर्दापुर्न खाल्टो खंने मानीसलाई अबर गर्न जानुपर्ने तकीयामा माल टुटफुट् नोकसानी भये थकालीलाई खबर दीनुपर्ने सो तकीयामा रहेका मालहरु जीमामा लीने स्मेतको काम नगरी उठीजाउ भन्दा उठी नगयेकोले सबै पंचका हकमा रहमतुलालाई जाहेर गर्न पठायेका छं केटाकेटीहरुले फोहोर मैला गर्ने हुदा पंचले दीयेको रु २०१। ली बाहीर बंदोवस्त गरी बसौला घरमा बस्न आये रुपैया फीर्ता गरौला भन्ने असौदा वीवी आमरदीं वीवी स्मेतको ८२ सालमा कागज भै सो घरमा बसी महजीतको काम काज गरी झारु बडारु गरेमा भंसार गोस्वारा मार्फत मोरु ११६। पंचले चंदा उठाई रु ६०।-दीने गरेको छ गर्छन भने मीलापत्र बमोजीं गराई पाउँ गर्दैनन् भने प्रतेवादीहरुलाई नीकाला गरी पाउ भन्ने रहमतुला मीञाको उजुरी वयां।
मीलापत्र बमोजीम महजीतको बडारु स्मेतको काम काज गरी आयेको छं तकीया महजीतमा झारु बडारु देउताथान भीत्र सफाई र देउथानमा वती बालने र पुजा पाट् गर्न आउनेलाई दरीहरु हबाउने र अरु रेखदेखस्मेत गरी आयेकै छु येस बाहेक मीलापत्र बाट मैले अरु काम गर्नु नपर्ने भयेकोले गरेको छैन मोरु ११६। भंसार गोस्वाराबाट असुदावीवीलाई दीने गरी आयेको छ पंचहरुबाट रु ६०। लीयेको छैन भन्ने हवीवन वीवीस्मेतको वयान,
मीलापत्रमा सावीक बमोजीम काम गर्ने भन्ने भै यो काम गर्ने भन्ने नखुलेकोले सरजमीन बुझदा वादीका दावी बमोजीं साविकमा प्रतेवादिहरुले गर्नु पर्ने भन्ने मुचुल्का गरी दीयेबाट सो मुचुल्का बमोजीम साबीकमा गर्नुपर्ने देखीयेको साविकमा झारु वडारु काम सम्म गर्ने गरेको छु भन्ने प्रतेवादीको भनाईबाट अरु साबीक परेको काम गरेको नदेखीने हुदा मीलापत्र बमोजीम सावीकमा लेखीये बमोजीम गर्नु पर्ने काम प्रतेवादीले नगरेको ठहर्छ भनी ७ साल आखाड १८ गते सदर जङ्गीको तवाल्ती फैसला गरेको,
सो ईन्साफ मनासीव गरी ८।२।३०गते अपील दोश्रा फाटले फैसला गरेको,
सो ईन्साफमा चित्त बुझेन भन्ने हवीवन वीवी स्मेतको अपील परेको यो मुदा प्रधान न्यायालय सीङ्गल वेञ्चबाट दुवैथर राखी नीर्णय गर्न झगडीया रहमतुला मीञालाई झीकाई डीभीजन वेंचमा राखेको प्रधान न्यायालय डीभीजन बेंचबाट नक्सा गरी थीतीरीतीको कुरा परेबाट नीर्णयलाई पुलबेंचमा राखनु भन्ने आदेस बमोजीं पेस हुन आयेको यो मुद्दा वा स्मेतको अपीलाट् हफीज महमद र झीकीयेको रहमतुल्ला मीञासमेतलाई राखी बुझदा सुरु र अपीलबाट भयेका फैसला उपर वादी रहमतुलाको अपील उजुर नपरेको स्मेतबाट इन्साफ अपील दोश्राफाट्को मनासीव छ सुरु अपीलका फैसला बमोजीमको काम प्रतेवादी हवीव नवीस्मेत गरेनन् भने तेसबखत उजुर गरेमा प्रतेवादी नीज हवीवन वीवी स्मेतलाई उठाउने नउठाउने उसै बखत ठहरे बमोजीम हुन्छ भनी वादी रहमतुल्लालाई सुनाई दीनु मो रु ।२७ सताईस पैसा कोट्फी राखी अपील दर्ता गरेको कोट्फी लागेको मुदा हुदा ईन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा प्रतेवादी अपीलाट् हवीन वीवी स्मेतलाइ कोटफी सवालले केही गर्नु पर्दैन मीसील प्रधान न्यायालय मीसील फाट्मा बुझाई दीनु
न्यायाधीस न्यायाधीस प्रधान न्यायाधीस
इती सम्वत् २०१० साल माघ २५ गते रोज १ सुभ्म्