• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६६ - वेरीतसंग थुने भंने

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२५ ११५

७६६

श्री

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

फौठानं ११९

मुद्दा वेरीतसंग थुने भंने

उजुरवाला का.ई.नघलटोल वस्ने गोवींदमान श्रेष्टको हकमा वीन्तीपत्र दीने ऐ की स्वास्नी सुर्ज्येमाया श्रेष्टनी

 

वीपक्ष ए.का.फौ. अ.

ईजलाश

श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एमए वीएल

आदेश

यस्मा मेरो ईवीवाला मेजर नारायेन् सीं स्मेतका जाल्वाट धंचालाई मेरो नातीनी दानमाया ज्यापुनी वीक्री गरे भनी उजुरी गर्दा मलाई पक्रीलगी ईन्कारी वयान दीयकोमा पुर्पछे नीमीत्त थुंन नहुनेमा भाद्र १८ गतेदेखी खोरमा थुनेकाले स्वास्नी सुर्ज्येमायालाई नीवेदं गर्न पठायेकोछु थुनावाट झीकी छाडी तारेखमा राखी अैं वमोजीं गर्नु भंने फौजदारीका नाउमा आदेस पाउ भंने उजुरवालाको तो नं.७२३५ को वींतीवत्रमा कुं अैं सवाल वमोजीं के  व्यहोराले थुनेको रहेछ वुझी जाहेर गर्नु भंने श्रीमाननीय न्यायाधीश महेन्द्र वहादुर महत क्षत्रीवाट २०१०।१०।५।२मा आदेश भएको रहेछ ।

     स्व आदेश वमोजीं लेखीपठायेमा २०१०।१०।१९।२मा रा.का. फौ.अ.वाट जवाफ आएको रहेछ।

      मेरो स्वास्नी आज वेहान मरेकी दागवत्ती काजक्रीया गर्न आमा वावुछदै मैले नहुने भएकाले वावु गोवीन्दमानलाई छाडीदीन आदेशपाउ भंने केशरमान श्रेष्टको २०१०।१०।२५।१को ठाडो वींतीपत्रमा यो वीन्तीपत्र मीसील साथराखी चाडो पेसगर्नु भंने श्रीमाननीय प्रधान न्यायाधीशवाट २०१०।।१०।२५।१ मा आदेश भएको रहेछ ।

      उजुरवाला सुर्ज्येमाया श्रेष्टनीलाई राखी रा.का. फौ.अ.को ज्वाफको व्यहोरा स्मेत पेसभयो येस्मुद्दामा नीज गोवींदमान श्रेष्टलाई थुंनुपर्ने नपर्ने केरहेछ वुझी अैं सवाल वमोजीं गर्नलाउनु भनी यो आदेश सहीतको मीसील अड्डाजाच अदालतफाटमा अड्डाजाच अदालतफाट पठाउनु मीसीलफाटमा वुझाईदीनु उजुरवाला सुर्ज्येमाया श्रेष्टनीलाई पनीअड्डाजाच अदालतफाटमा हाजीर हुन जानु भनी तारेख तोकीदीनु ।

 प्रधान न्यायाधीश

 ईती सम्वत २०१० साल माध २५ गते रोज १ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..