निर्णय नं. ७६७ - लीषत वदर गरी पाउ
७६७
श्री
नेपाल प्रधान न्यायालय फुल वेञ्च
ठा.नं. १९
मुदा लीषत वदर गरी पाउ
नीवेदक वीपक्ष
जील्लै महतरी प्रगन्ना कोडारी मौजे महुवा षजुरी वस्ने वादी चीनवहादुर गीरी संन्यासी
जील्लै महतरी प्रगंना कोडारी मौजे धनौरी विर्ता वस्ने प्र. सरश्वतीदेवी संन्यासीनी स्मेत ।
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एमए वीएल
श्री माननीय न्यायाधीस भैरवराज पन्तो पाध्याय
श्री माननीय न्यायाधीस महेन्द्र वहादुर महत क्षेत्री
फैसला
यस्मा मेरो भींनभएको सहोदर जेठी आमा टुन कुमारीदेवीले आफ्ना सौतेनी आमा प्र. सरश्वतीदेवीका पाउवाट रसुली मीञासंग मौजे नौवाषोर पर्साहीको जगा वीगा १२।।२।।।४ षरीदगरीली प्र.सरश्वतीदेवीकै नाउमा दर्ता गरी भोगतीरो उन कुमारीले नै गरी आएको थीयो जेठी आमा टुन कुमारी २००३।३।२ गते परलोक हुनुभएको र जेठी आमाको संतान कोहीनभै म स्मेतको हक हुन आएकोमा २००३।२।२९ गते थैली लीनुदीनु केही नगरी मेरो भाई कृष्ण वहादुर स्मेतलाई साछी राषी सो १२।।२।।।४ जगा मध्ये जगा वीगा २ कंरु. २५०१ मा प्र.मी श्रीदेवीलाई र जगा वीगहा १०।।२।।।४ टुन कुमारीको र प्र.सरश्वतीकै भोगको १३।।।३।१ जगा स्मेत कंरु.२५०१ मा प्र दुर्गा भार्तीलाई प्र. सरश्वतीदेवीले राजीनामा गरी दीएकोले सो लीनु दीनु गरेको वदर गरी टुन कुमारीको जगा मेरो हक सदर गरी पाउ भंने २००३।७।२८ गतेको चीं वहादुरको वादी रहेछ ।
वादीले दावी गरेको जगा रसुल मीञासंग कंरु.१८०१ मा राजीष्टेसं पासगरी ९४।२।२० गते राजीनामा गरीली मेरो नाउमा दर्ता गरी तीरो भरो स्मेत मैले नै गरी आएको मेरो हकभोगको जगा हुदा प्र.मी. श्रीदेवी प्र. दुर्गा भार्तीलाई मैले राजीनामा गरी दीएको टुं कुमारीको जगा नहुदा वादी झुट्टा हो भंने स्मेत २००३।९।१० गतेको सरश्वतीदेवीको प्रतेवादी रहेछ ।
प्र.सरस्वतीकै हकभोग दर्ताको जगा हामीलाई राजीनामा गरीदीएको हो हामीहरु पुरा हैसीयत वाला मानीस हुदा वादी झुट्टा हो भंने स्मेत २००३।९।१० गतेको मीश्र्रीदेवी भार्तीको प्रतेवादी रहेछ ।
प्र.सरश्वतीका नाउमा दर्ता भएको नम्वरी जगाको प्र. सरश्वतीले पेस गरेको रसीदवाट वादीको जेठी आमा टुन कुमारीले हस्तेवाट तीरोतीरेको देषीन नआएकाले स्मेत प्र.सरस्वतीका नाउमा दर्ता भएको जगा टुन कुमारीको भंन नहुने हुनाले वादीले झुट्टा उजुर गरेको ठहर्छ भनी २००३।११।१६ गत जलेश्वर अमीनीले फैसला गरेको रहेछ।
प्र.सरश्वती टुन कुमारीको सौतेनी आमा भएको र टुन कुमारीका नाउमा जीमीदारी स्मेत दर्ता भएकोले मालपोत वाकीमा जीमीदारी लीलां भएको षंडमा षरीदी जगा स्मेत जाला भनी सौतेनी आमाका नाउमा दर्ता गराई राषेने पुरा संभव भएकोले दर्ता को नातावाट जगा प्र. सरश्वतीको भंन नहुने प्र.सरश्वतीको कारींदामा मायानाथले एको हुलया दर्षास्तवाट स्मेत भोगचलं टुन कुमारीको देषीन आएकोले टुनकुमारीको अपुलाती जगा वादी चीं वहादुरले पाउने देषीएकोले टुन कुमारीको जगा परतेवादीहरुले लीनुदीनु गरेको वदर हुने हुदा थैली कपाली ठहर्छ भनी २००७।६।२५ गते महोतरी अपीलवाट फैसला गरेको रहेछ ।
दर्ता प्र.सरश्वतीकै नाउमा रही रसुल मीञवल् गरीदीएको ९४ सालको लीषत र मालपोत तीरेको रसीद स्मेत प्र. सरश्वतीले पेसगरेकोले वादीको उजुर झुट्टा ठहरायेको ईन्साफ सुरु जलेश्वर अमीनीको मुनासीव महतरी अपीलले गली गरेको ठहर्छ भनी प्र्धान न्यायालय तेश्राफाटवाट २००७।१२।२६ गते फैसला गरेको रहेछ ।
भोगचलं जेठी आमा टुकु कुमारीको हुदा न्यायालय तेश्राफाटवाट गरेको ईन्साफमा चीत्त वुझेन भंने वादी चीं वहादुरको वींतीपत्रमा मीसील झीकी ईन्साफ जाची अैं सवाल वमोजीं गर्नु भंने ०८।१।९ गतेको कायंमुकायं न्यायाधीस वल्लभ सम्सेरको आदेस रहेछ ।
यस्मा ०९।२।२ गतेको प्रधान न्यायाधीसका आदेस वमोजीं वुझीएका सर्जमीं मुचुल्कामा र तारेष भर्पाईमा स्मेत प्र. सरश्वती र प्र. मीश्रीदेवी रुजु हाजीर रही सैछाप नगरेको भनी जनी आएको नीजहरु २जना प्रतेवादीले आजसंमपनी तारेष नथमाई म्यादै गुजारी वसेको र प्र. दुर्गा भार्तीले गुज्रेको म्याद तारेष थामीपाउ भनी वींतीपत्र दीएकोमा मुदा जाहेरहुदा वींतीपत्रको वेहोरा स्मेत जाहेर गर्नु भंने प्रधान न्यायाधीसको आदेस भै तारेषमा रहेका वादी चीं वहादुर र छलफलमा हाजीर भएको प्र. दुर्गा भार्ती स्मेतलाई राषी वुझदा जेठी आमा जीमीदारनी टुं कुमारीले थैलीहाली सौतेनी आमा प्र. सरश्वतीका नाउवाट षरिद दर्तागरी जेठी आमा टुं कुमारीले भोगचलन गरी आएको भनी वादी चीं वहादुरको दावी भएको मध्येस मालका सवालको १८ दफाले म्याद भीत्र सावीक जीमीदारले वाकी नवुझाए तेस्ता जमीदारका नाउमा दरीएको जीमीदारी मौजा जोत जीरायत नम्वरी षेत र नातेदार नोकर चाकरहरुका नाउमा दराई आफुले भोगचलं गरी राषेको डीगर मौजाको नम्वरी स्मेत कवुल गर्नेहरुका नाउमा चलं पुर्जी भै जाने भएकोले झगडा परेको जगा टुं कुमारी र सरश्वती कसले भोग चलं गरेको रहेछ भनी भै आएको सर्जमीं मुचुल्का हेर्दा टुं कुमारी थैली हाली प्र .सरश्वतीका नाउवाट षरीद गरीली ९४ साल देखी २००२ साल तक टुं कुमारीले नै भोग चलं गरी आएकोछ भनी जगा वीक्री गर्ने रसुल मीञा स्मेत २८२ जनाले सर्जमीं मुचुल्का गरी दीयेको र प्र सरश्वतीको घरमा ०३।७।२३ गते चोरीभो भनी नीजको मानीस मायानाथले दीएको ०३।७।२६ गतेको हुलीया दर्षास्तमा , झगडा परेका जगाको टुं कुमारीले गरी दीएको सालवसाली कवुलीयत र ०१।०२ सालको रसीद स्मेत चोरीभो भनी लेषीएको सो दर्षास्त मैले दीनपठाएको भनी ०३। ७। २७ गत सर्जमीं हुदा प्र. सरश्वतीले सकार गरी मुचुल्का गरीदीएको देषीनाले प्र. सरश्वतीले दीएको सो हुलीया दर्षास्तवाट स्मेत जगा टुं कुमारीको भोग रहेछ भंने प्रष्ट देषीन आएको , प्र.सरश्वतीको जगा टुं कुमारीले वटैयामा कमाएको होकी भंनलाई जीमीदार जस्तो भएकी टुं कुमारीले प्र. सरश्वतीको जगा वटैयामा कमायो होला भंने कुरा पत्यार नपर्ने , देवानी मुदामा सर्जमीं वुझन नहुने भंने प्र.दुर्गा भार्तीको जीकीरलाई जीमीदारले आफ्नो नातेदारका नाउमा दराई भोगचलं गरी आएको जगा माथी लेषीएका सवालले जीमीदारी साथ रही जीरायत हुन जाने भएवाट सर्कार वादी हुने देवानी मुद्दामा अवं को २२१ नं.ले सर्जमीं वुझन नहुने भंने प्र. दुर्गाको जीकीर मुनासीव भंन नहुने , प्र.सरश्वतीले ०१।२००२सालको रसीद पनी पेसगर्न नसकेको पटुवारी वूझदा सो २ वर्षको पोत प्र.सुरश्वतीले वुझाएकै नहुदा रसीद दीएको छैन भनी षाली फारां गरेको सो सालको रसीद प्रतेवादीसंग भए २००३।२।२९ गते प्र.सरश्वतीले जगा वीक्री गरेकै मौका कींते दुर्गा भार्ती स्मेतले सो रसीद दीन लीन स्मेत सकनु पर्ने नसकेकोले जगै आफनोवाट गै सकेपछी रददी भै सकेको रसीद स्मेत ०३।७।२३ गते चोरी भो भनी झुट्टा हुलीया दर्षास्त दीएकोरहेछ भंनु पर्ने , अर्काका हकको जगा आफनो गराउननीमीत्त आफ्ने भाई प्र. दुर्गा भार्ती स्मेतलाई जगा वीक्री गर्दैमा टुं कुमारीको हक जान नसकने हुदा प्रतेवादीहरुको थैली कपाली हुने र माथी लेषीएका सवाल वमोजीं टुं कुमारीले जीमीदारी साथको जीरायत जगा हुनजाला भनी आफुले थैली हाली कीनी सौतेनी आमा प्र.सरश्वतीका नाउमा दर्ता गराई आफु जीमीदारनी टं कुमारीले भोग चलं गरी आएको झगडा परेका जगा , अघी टुं कुमारीका नाउमा दर्ता भै हाल पटवारीका टीपोटवाट वादी चीं वहादुरका नाउमा दर्ता कायें रही वादी चीं वहादुरले भोग चलं गरी आएको मौजे नौवाषोर पर्सादीको जीमीदारीसाथ रहने जीरायत जगा ठहर्छ सो ठहर्नाले तपसीलका मानीसलाई तपसीलमा लेषीए वमोजीं गर्न तहसीलमा लगत दी जीमीदारीसाथको जीरायत जगा जानी भोग चलं गर्न भनी वादी चीं वहादुरलाई सुनाई दी जीमीदारी साथको जीरायत गरी श्रेस्ता मीलाई दर्ता गर्नु भनी जील्ला माललाई पुर्जी गर्न स्मेत मीसील जलेश्वर अमीनीमा पठाउन मीसीलफाटमा वुझाई दीनु ।
तपसील
प्र.सरश्वतीदेवी संन्यासीनी के महतरी अमीनका फैसलाले टुं कुमारीका हकको जगा मेरो भनी प्र. दुर्गा भर्ती मीश्रीदेवीलाई वीक्रीगरेमा सा.अ.का ५४ नं.ले तजवीजी कंरु.३० डंड हुनेमा स्वास्नी मानिसहुदा डं.स.का २ नं.ले आधा कंरु. १५ डंड गर्ने गरेकोमा प्रधां न्यायालयतेश्राफाटका फैसलाले नलागने भनी फीर्ता दीने गरेकोमा हाल लागने नै ठहरेकाले न्यायालय तेश्राका फैसलाले फीर्ता दीने गरेको लगत कट्टागरी महुतरी अपीलका फैसला वमोजीं कंरु. १५ पंध्र रुपैञा रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दीनु १
प्र.दुर्गा भार्ती १ मीश्रीदेवी १ स्मेत के नीजहरुको थैली कपाली ठहरेको र प्र.सरश्वतीले मेरो भनी राजीनामा गरी दीएवाट लीएको हुदा केही गर्नु पर्दैन २
वादी चीं वहादुर गीरी के महुतरी अपीलका फैसलाले कंरु. १ सलामी लीने गरेकोमा न्यायालयले भाका फैसलाले सलामी नलागने भनी अपील गरे वापत लागने डंड कंरु.१ मा कट्टी गर्ने गरेको हाल न्यायालयमा अपील गरे वापतको डंड नलागने भै महुतरी अपीलका फैसला वमोजीं सलामीको कंरु.१ लागने ठहरेकोमा न्यायालयतेश्राको फैसलाले फीर्ता दीने गरेको नभै कट्टी गर्ने गरेको फीर्ता भै नसकेको हुदा केही गर्न परेन ३
नीज वादी चीं वहादुर के जलेश्वर अमीनीका फैसलाले कंरु.१० डंड गर्ने गरेको महतरी जलेश्वर अपीलका फैसलाले नलागने भनी फीर्तादीने गरेकोमा न्यायालतेश्राका फैसलाले लागने नै ठहराई असुल गर्ने गरेकोमा हाल नलागने ठहरेकाले असुल भए फीर्ता र नभए वेहोरा जनाई लगत कट्टा गरीदीनु भनी तहसीलमा लगत दीनु ४
प्र.सरश्वतीका नाउमा दर्ता भएको झगडा परेको मौजे नौवाषोर पर्साहीको जगा वीगा१२।२।।।४ प्र.सरश्वतीले प्र.दुर्गा भार्ती प्र.मीश्रीदेवीलाई रजिष्टेसं पास गरी ०३।२।२९ गते राजीनामा गरीदीएको वदर गरी सोही मौजे लौवाषोर पर्साहीको टुं कुमारीको नाउमा दर्ता भै हाल वादी चीं वाहादुरले भोगी आएको जीमीदारी साथ रहने जीरायत जगा गरी श्रेस्ता मीलाई दर्ता गर्नु भनी जील्ला माललाई पुर्जी गर्न स्मेत मीसील जलेश्वर अमीनीमा पठाउन मीसीलफाटमा वुझाई दीनु ५
महुतरी अपीलका देहाएका मानीस के गल्टी ईन्साफ गरेमा भनी न्यायालय तेश्राका फैसलाले गर्ने गरेको देहाए वमोजींको जरीवाना नलागने हुदा असुल भए फीर्ता र नभए वेहोराजनाई लगत कट्टा गरीदीनु भनी तहसीलमा लगत दीनु ६
सुवा षोमानन्द उपाध्याय के कंरु. ।।।
वी. चीनीयालाल प्रधान क कंरु. ।।
ईन्साफ उल्टीमा सुरु जलेश्वर अमीनी र प्रधां न्यायालय तेश्राफाटलाई कही गर्नु पर्दैन
न्यायाधीस न्यायाधीस प्रधानन्यायाधीस
ईती सम्वत २०१० साल माध २५ गते रोज १ सुभम्