निर्णय नं. ३५ - जगा
नेपाल प्रधान न्यायालय डीभीजन बेञ्च
मुद्दा नम्बर ४३६
निवेदक
बाग्लुं जी पर्वत मौजे टीकावां बस्ने धंप्रशादस्मेत
वीपछि
बाग्लुं जी. पर्वत मौजे टीकावां बस्ने गणेशबहादुर सेरचं
मुदा जगा
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रशाद प्रधान एम ए बी एल
श्रीमाननीय न्यायाधीश भैरवराज पंत उपाध्याय
फैसला
येस्मा टीकावांका मु. बखतबहादुर मगरका तालुक जीम्माको ८४˟९४ सालका १० वर्षे जाचमास्मेत मेरा बाबु धनप्रशाद थकालीका नाउमा चाहार कलं सेर्मा रु ।२५ साफा रु ।७ स्मेत जम्मा तीरो ।३२ लागी दर्ता भयमध्ये रु ।१२ तीराको पूर्व खड्गे कामीको बारी पसीं सर्कि बुढाको बारी उतर मु बखतबहादुरको बारी दक्षीण भाने बुढाको बारी येती ४ किल्लाभित्रको गुह्ये खोलाछेउ भन्ने पाखो बारी जगा अघीदेखि भोग गरेकोमा २००४ साल वैशाख २५ गतेका दिन यो जगा हामीहरुका हक्को हो भनी जगामा दावी खिचोला गरेकाले सजाये गरी मेरै सदर थामी पाउ भंने २००४।१।२८ को वादी रहेछ।
वादीले पक्रेको जगा हाम्रा बाबु बाजेका पालादेखि खानी रकं लागेको खानि खनी भोग तीरो गरी आयेको वादीको बाबु धंप्रशाद हाम्रा गाउमा आइ घर खडा गरी बसेकाले घर सुकंवासी साफा रु ।७ नीजका नाउमा दर्ता भयेपछि ८० सालमा निज धंप्रशादसंग रु ३।५० सापत ली स्व जगा बंधकीमा खान दी तीरो मैले बुझाउने गरी आयेकाले ८८ सालमा घरदर हुदा पनि धंप्रशाद सुकुंवासीमा र म पुनवीरको रु १।३२ मा लगत दर्ता भै खाइ आयेको २००३ सालको बंधकी रुपैञा बुझि जगा छाडीदेउ भंदा आधी बंधकी थामी खंजोत गरेकामा सबै मेरो भनी झुट्टै नालेस गरेको हो स्व जगा नीज्का नाउमा दर्ता छैन सुकुंवासीमा सम्म दर्ता भयेको हो भंने सर्की बुढा१ मंप्रशाद १ गोरे १ पुनवीरस्मेतको ०४।३।१४ को प्रतेवादी परेकोमा बुझीएसम्मका प्रमाणबाट गुह्ये खोला भंने पाखो जगामा प्रतेवादीले खिचोला गरेकै ठहर्छ भंने २००४।४।२४ मा बाग्लुं अदालतका हाकीं डी टीकानीधीको फैसला र सो झगडा परेको जगामा मोरु ३।५० प्रतेवादीले बुझायेको बखत खान पाउछ वादीले प्रतेवादीउपर झुठ्ठा उजुर गरेको ठहर्छ भंने वी. नीलप्रशादले २००४।४।२४ मा रायेपर्चा गरेको वीचारीको रायेपर्चा मनासीब हाकींको फैसला गल्ती ठहर्छ भंने २००४।१०।१९ को पाल्पा अपिलको फैसला रहेछ।
अदालतका हाकींको इन्साफ मुनासीब गरी २००६।२।११ मा प्रधान न्यायालय पैला फाटबाट फैसला भयेकोमा प्रधान न्यायालय पैलाको इन्साफ मुनासीब गरी २००७।१।१२ मा खड्गनिसाना सदर भै रहेको रहेछ
स्व मुदा दोहराइ इन्साफ जाची पाउ भंने पुनवीरको नीवेदनपत्रमा यो मुद्दाको इन्साफ जाची अै सवालबमोजीं गर्नु भंने २००८।५।१३ मा भयका आदेशबमोजीं तारेखमा रहेको प्रतेवादी पुनवीरलाईस्मेत राखी बुझदा झगडा परेको जगा बंधकी दीयको निस्सा प्रतीवादी पुनवीरले पेस दाखिल गर्न नसकेको र घर धुरी र जगास्मेत वादीको बाबु धनप्रशादको नाउमा दर्ता देखीयेको हुनालेस्मेत प्रधान न्यायालयको इनसाफ सदर गरी २००७।१।१२ मा खड्गनीसाना भै छीनीयको मुनासीब छ दोहरायमा जी. पर्वत मौजे टीकावां बस्ने डंवीर मगरके सुरु डंड रु।१० को हाकींका नाउमा कराउनेको ११ नं. ले सैकडा १० ले रु।१ येक पैशा थप डंड हुंछ हाजीर हँदा अैंबमोजीं गर्नु भनी लगत दी मिसील मिसिल फाँटमा बुझाइदीनु ।
भैरवराज पंत हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २०१० साल वैशाख ३१ गते रोज शु