• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७७२ - जगा

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२९ १०२

श्री

प्रधान न्यायालय सिङगल वेञ्च

अ.नं.७९६

अपिलाट् वादी मोरं.प्र. नगरपुर मौजे कंचंवाडी वस्ने गोविन्द लाल राजवंसी

 

विपक्ष प्रतेवादी ऐ ऐ वस्ने जी.हंस नारायण राजवंसी

मुद्दा जगा

इजलास

श्री माननिय न्यायाधिस प्रदिप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्शेर जङ्ग वहादुर राणा

फैसला

यस्मा मौजे कंचंवाडीको छल छलीया राजवंसीका नार्उको जगा निजले माल्पोत वाकी राख्दा ९४ साल नापीमा रैतान नं.६६मा जीमीदार तालुक भयको जगा विगहा ६९।।।.।४ जीमीदारले रैती वंदोवस्त गरी दीन पाउने हुदा ९९ सालका वाली देखीलाई उस्वखतका जीमीदारले सो ६६ जगा मध्य नं.५६९ को र.नं. ५७० को समेत जम्मा जगा विगहा ६३।।१।।२ मेरा नार्उमा नंवरी गरी दी तेस्मध्य७ विगहा जगा वासे जात्रु १ सुकारु १ समेतलाइ  २००० साल्मा राजीनामा गरी दी उसै साल खारेज भै  गयकोछ  वाकी जगा विगहा ५६।।१।।२ जगाको तीरो तीरी रसीद ली भोग चलन गरी आयको २००५ सालको तीरो हंस नारायणलाई वुझाउदा टीपन मात्र गरी दीय, कीन टीपन् गरी दीयको भंदा जीरात् गराई लीन्छु भनी यो ०६ सालको भदै धान वाली समेत मेरा अधियारवाट दाउनी गरी धान मन ४६ र पटुवा मन ५ समेत जवरजस्ती हात हाली लगे विगो कंरु.६०० जी. हंसनारांवाट भराइ  सजायं गरी पार्उ भंने समेत वेहोराको गोविन्दलाल राजवंसीको फेराद पत्र परेको नकलवाट देखियको ।

वादीले दावि गरेको जगा जीमीदार छलछलीयाका नाउमा रैती नं.६६ मा दर्ता भयेको जगा विगहा ६९।।।४ , ९४ सालको नापीसंम कसैले सकार नगरी जीमीदार तालुक दर्ता भयको तेस्तो जीरात जगा वादीलाइ  अैं सवालले कुलदीपले दीन नहुने २००१ सालमा कुलदीपवाट मैले लीयपछी पनी थाहा नभएकोले साविक वमोजिम रसीद गै रहेकै २००५ साल्मा जीरात जगा भन्ने पत्ता लागेकाले मालपोत जती मात्र वुझी टीपन गरीदी अव यो जगा जीरात रहेछ रैतानी सरह खान पाउदैनौ भनी सुनाइ  दीयकोले झुट्टा उजुर गरेको हो भंने समेत व्यहोराको जी. हंसनारायणको प्रतेउत्र  परेको नकलवाट देखियको ।

       ९९सालमा सो जगाको वाकी पोत ४११ स्मेत ली कुलदीपले दीयको सालसालको पोत सालसालै पनी वुझीली राखेको जी. हंसनारांले पनी ४ वर्ष सम्म मालपोत वुझी रसीद गरी दीयको मालले ७० सालको गोडामा रतीया राजवंसी भंने लेखियको देखिने र ७० साल देखि ८८ साल सम्म दर्तावाला मानीस जीमीदार थियो भंने देखिदैन भंने जवाफ दीयको मालवाट आयको सिर किताव हेर्दा १ नं.मा दर्ता भयको नदेखियको तेस्तो जगा जीमीदारले वंदोवस्त गर्न पाउने हुनाले समेत सो जगा विगहा ६३।।१।।२ कुलदीपले वादीलाई दीयको मनासीव र ०६ सालको भदैवालीका हक्मा प्र.ले ईन्कारी नलीयकाले प्र.वाट वादिलाई रु.६००। भराई दीने ०६ सालको वालीका हक्मा रोका रहेको वादीले नै पाउने ठहर्छ भनी सुरु झापा अमीनीवाट२००७।३।३।६ मा फैसला भयको रहेछ ।

      सो झापा अमीनीको फैसलामा चीतवुझेन भन्ने जी. हंसनारानको अपिल रहेछ ।

      मिसील क्रांतीमा परेको भंने भयवाट जितने वादीलाई समेत झिकाई भयसम्मको मिसीलको नकलहरु पेस गराई हेर्दा ९४ सालमा जीमीदारी तालुक भयको जगा हो भंने वादी सावितै भयको तेस्तो जगा जीमीदारले रैतीलाई दिनै नहुने तेस्तो जगा दीयमा जीमीदार नांगो भै सर्काको नोक्सान पर्ने दुवैथरले तारेख छाडेतापनी  सीरजीरातको जगा हुदा डिसमीस नहुने हुनाले अरसट्टावाट स्मेत जगा सिरैसरह जिमीदार तालुकको देखियाकाले रैतानी  ठहर्छ भनी झापा अमीनीले  गल्ती ईन्साफ गरेको ठहर्छ भनी झापा गोश्वारावाट २००९।३।३२।३ मा फैसला भयको रहेछ ।

      जीरायतका जगा जती सीरकीतावमा नं.१ मा जीरात भनी लेखियकैछ , सो जगा जीरात नठहर्ने देखि जी. हंसनारांले पनी चितवुझाई तारेख छाडी वसेकोमा पनी सकारे वादी गराई अन्यायसंग  झिरायत ठहराई फैसला गरेको वदर गरी पार्उभंने स्मेत वेहोराको गोविन्दलाल राजवंसीको अपिल रहेछ ।

       यस्मा झिकायको झगडिया हंसनारायणले म्याद गुजारी वसेकाले तारेखमा रहेका अपिलाट गोविन्दलाल राजवंसीको वारेस पद्ममान श्रेष्टलाई छलफलमा राखि वुझी ईन्साफ तर्फ विचार गर्दा९६।९।१५।६ को सनदईस्तीहारले रैतीवाट पोतवाकीमा जीमीदारी तालुकमा दर्ता भयको जगा रैती वंदोवस्त गर्न पाउने भंने लेखियको र ०५ साल्को माल्पोत वुझी टीपन गरी दीयमा प्रतेवादी सावितै भयको मुद्दा परीसकेपछी २००८ सालको पोत वुझेको रसीद गरीदीयको भनी विन्तीपत्रसाथ रसीदको नकल अपिलाटले पेस गरेको छलफल निमीत प्र.जी. हंसनारायणलाई १५ दीने म्याद दी झिकायको सो म्याद २०१०।७।२६ मा तामेल भयको सो म्याद भित्र हाजीर नभै गुजारेको र अरु सुरुका फैसलामा लेखियको वुदा प्रमाण समेतवाट ईन्साफ सुरु झापा अमिनीको मनासिवछ । झापा गोश्वाराले गरेको इन्साफ गल्ती ठहर्छ श्वठहर्नाले तपसिलका मानीसलाई तपसीलमै लेखिय वमोजिम गर्ने गरी तहसील्मा लगत दी मिसील मिसील विभागमा पठाइ  दीनु ।

तपसिल

जि मोरं प्र.नजरपुर मौजे कंचंवाडी वस्ने जी. हंसनारायण राजवंसी के सुरु झापा अमीनी उपर अपिल गरेवापत पैल्हा अपिल हुदा हा.का. १० नं.ले सुरु डण्ड कंरु १५२।।को सैक्रा १० ले कंरु १५। पन्द्र रुपैञ्या चार आना थप डण्ड हुन्छ वेरुजु हुदा अैं वमोजिं असुल गर्नु            

वादी ऐ ऐ वस्ने गोविन्दलाल राजवंसी के झापा गोश्वाराले लीने गरेको डंड कंरु १३१।।। हाल नलाग्ने ठहरेकाले असुल भयकोभय  फेर्ता नभय वेहोरा जनाई लगतकाटी दीनु भनी झापा अमीनीलाइ पुर्जी गर्ने                                                           

प्रतेवादी ऐ ऐ वस्ने जी. हंसनारान के झापा गोश्वारावाट लीने गरेको सलामी कंरु १ एक हाल नलाग्ने ठहरेकाले असुल भय फेर्ता नभय वेहोरा जनाइ  लगत काटीदीनु भनी झा.अ.लाई पुर्जी गर्ने३

वादी ऐ ऐ वस्ने गोविन्दलाल राजवंसी के प्रतिवादी हंसनारांवाट कंरु ६००। विगो भरीपाउने ठहरी झापा अमीनीवाट फैसला भयकोमा हाल सोही झापा अमीनीको ईन्साफ सदरभै वालीको विगो कंरु ६००। प्रतेवादीवाट भरीपाउने भै ठहरेकाले सो झापा अमीनीको लगत काटीदीनु भनी झापा अमीनीमा जनाउदीनु भंने झापा गोश्वाराको लगत काटीदीनु झापा अमीनीका फैसला वमोजिम नै गर्नुभनी झा.अ.लाई पुर्जी गर्ने                                                     

प्रतेवादी जी. हंसनारायण के अमीनीवाट लीने गरेको डण्ड कंरु १५२।। नलाग्ने ठहरेकाले फिर्ता खर्च लेखिदीनु भंने झापा गोश्वाराको फैसला भयकोमा हाल झापा अमीनीका फैसला वमोजिं सो डण्ड कंरु १५२।। लागने नै ठहरेकाले झापा गोश्वाराका फैसला वमोजिम फेर्ता खर्च लेखिदीनु पर्दैन फेर्ता गैसकेको भय अैं सवालको रीतपु-याई असुल गर्नु भनी झापा अमीनीलाई पुर्जी गर्ने       

 प्रतेवादी ऐ ऐ प्र.वंपधुर मौजे सुरुंगा वस्ने पटवारी विष्नु प्रसाद पोखरेल के झा.अ.वाट लीने गरेको डण्ड कंरु ५ पाच नलाग्ने हुदा असुल भयकोभय फेर्ता नभय वेहोरा जनाई लगत काटीदीनु भंने झा.अ. गो.को फैसला भयकोमा  हाल झा.अ.का फैसला वमोजिं सो डण्ड कंरु ५ लाग्ने हुदा झा.गो.का फैसला वमोजिं फेर्ता दीनु पर्दैन गै सकेकोभय फेरी लगत कसी असुल गर्नु भनी झा.अ.मा पुर्जी गर्ने                                                                     

झापा अमीनीका देहायका मानीसहरु के गल्ती ईन्साफ गरेमा भनी झापा गोश्वाराले लीने गरेको देहाय वमोजिंको जरीवाना हाल नलाग्ने ठहरेकाले असुलभय फेर्ता नभय वेहोरा जनाई लगत काटी दीने 

हाकीं लेफटें प्रेम प्रसाद उपाध्या के कंरु                                      ७।।

वि. सारदा प्रसाद पाध्या के कंरु                                         २।।

ईन्साफ उल्टीमा झापा गोश्वारालाई जरीवाना गर्नपर्छकी भन्नालाइ  सनदईस्तीयर हाल्को अपिल साथ पेस गरी मुद्दा उल्टीयकाले  उल्टीमा झापा गोश्वारालाई केहीगर्न नपर्ने                     

 न्यायाधीस

 इती सम्वत २०१० साल माध २९ गते रोज  ५ सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563